नेपालमा कोरोना के देखिन थालेको थियो,दुई तिहाइको डंका पिटने ओली सरकार छिनभरमै विश्व समुदाय र नेपाली जनताका अगाडि लत्राकलुत्रुक परेको छ । विगतदेखि वर्तमानसम्मका हरेक कार्यमा कमिशनलाई महत्व दिने ओली सरकारका मन्त्रीहरु एक एक गरी जनताको नजरमा ढल्दै छन् । रविन्द्र अधिकारीदेखि गोपाल वास्कोटा, भानुझ ढकाल, योगेश भट्टराईलगायत वर्तमान रक्षा मन्त्री तथा कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक इश्वर पाखरेलआदि ओलीका प्रभावशाली मन्त्रीहरु धमाधम जनताका नजरमा भ्रस्टाचारी देखिएका छन् । यिनीहरुसँगै ओली र राष्ट्रपति विद्यादेवी भण्डारी पनि सति जाने त होइनन्, शँका गर्ने अवस्था आउँदैछ ।
इश्वर पोखरेलले सरकारमा रहेर कमिशनको लागि यति समूहलाई नेपालको प्राकृतिक सम्पदा हस्तान्तरण गरे भने अहिले अर्को बदनाम आम्नी कम्पनीसित मिलेर करोडौको रकम हसुर्ने तानावाना ब«नीरहेका बेला उनको सबै काला कतुर्त बाहिर नांंगिएर आए । परिणाम अहिले ओली सरकारको असक्षमता र आर्थिक अपारदर्शीताको राजनीति पुरै असफल बन्दै छ, । यो असफलतालाई ढाकछोप गर्न नेपाली सेनाको सरणमा जाने तैयारी गदैृ गरेका क«राहरु बाहिर आएका छन् । इश्वर पोखरेललगायत यो सरकारका मन्त्रीका लागि अख्तियार घाडो बन्दै छ । इश्वर पोखरेलको नेतृत्वको रक्षा मन्त्रालय छ, उनी अहिले के.पी.ओलीको अस्वस्थताका कारण र उनी नै कोरोना रोकथाम उच्चस्तरीय समिमिता संयोजक समेत भएकाले यी सबै गलत निर्णयका जिम्मेवार उनी नै देखिन्छन् । उनकै निर्देशनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो गलत काम गरेका थिए, परिणाम उनी बदनाम गराइए । इश्वर पोखरेलकै निर्देशनमा विगतमा यति समूहलाई नारायणहिटी लगायत, कोकर्ण रिसोर्टसहीत अनगिन्ति महत्पूर्ण स्थलका जग्गाहरु कौडीको मूल्यमा दिने काम गरेका थिए । उनैको निर्देशनमा अहिले फेरी ओमनीजस्तो बदनाम कम्पनीलाई कोरोना किट्स लगायत औषधी सामान लिने जिम्मा दिए । यसबाट उनले करोडौ रकम कुम्ल्याउने योजना बनाएकोवारे व्यापक भण्डाफोर भएपछि अख्तियारको कारवाहीमा परिन्छ भन्ने भयले उनको मन्त्रालयअन्तरगतको नेपाली सेनालाई यसको जिम्मा दिने योजनामा लागेका छन् । उनलाई थाहा छ त्यहाँ अख्तियार लगायत पत्रकारको आँखा पुग्दैनन् अनि सेनाको आडमा जति पनि भ्रष्टाचार गरे पनि भोली कठघरामा उभिन पर्दैन भन्ने योजनाकासाथ उनले यो काम गर्दैछन् भन्ने आम भनाइछ ।
कोरोनाको कारण अहिले राष्ट्रिय संकटको अवस्था छ स्वास्थ्य संकट झन झन गहिरिदै छ । सरकारले किन सेनालाई अघि सारेको देखिन्छ भने नेपालको संविधान र कानूनले सेनाले गरेका क्रियाकलापहरु अख्तियारले छानविन गर्ने दायारमा पर्दैनन् । त्यसैले यो एउटा खरिद प्रक्रियाले शंकाको सुई मन्त्रालय वा सम्वन्धित मन्त्री या त्यो संयन्त्रतिर सोझिदैन् ।
आर्थिक अपारदर्शीतको इतिहास नेपाली सेनामा विगतदेखि रहँदै आएको स्पस्ट छ । विगतमा फास्ट ट्रयाकलगायत राष्ट्रका निर्माणका कामहरुमा सेनालाई प्रयोग गरियो, त्यो पनि आलोचनाको विषय भएको यथार्थता हो । अब अन्य मुलुकहरुसँग पनि सेनालाई व्यापारमा प्रयोग गर्नु यो उनीहरुले भन्दै आएको लोकतन्त्रको मूल्य मान्यताभित्र पर्दैन् ? फेरी त्यत्रो बिशाल क्षेत्र ओगटेको स्वास्थ्य मन्त्रालय, जसको कार्यक्षेत्र हो, त्यसलाई हटाएर अर्कै मन्त्रालय, जसको कार्यक्षेत्रभित्र व्यापार, त्यो पनि स्वासथ्यक्षेत्रभित्रको कुरालाई इश्वर पोखरेलले आफू अन्तरगतको मन्त्रालयलाई जिम्मे दिएका छन्, यो निर्णयलाई औचित्यपूर्ण मान्न सकिँदैन भन्नेमा आम जनमत छ । इश्वर पोख्ररेलकै निर्देशनमा जुन मूल्यमा सामग्री किनियो, जेजस्ता चिजहरु आए, कामको अनुभव नगरेको जस्तो कम्पनीलाई ठेक्का दिइयो, यी सबै प्रक्रियाबाट त्यहाँ भष्ट्राचारको प्रशस्त गन्ध आएको यथार्थता हो ।
अहिले आम नागरिकको के भनाइ आइरहेको छ भने ‘सरकारले गर्न नसकेको काम सेनालाई दिने भए क्याबिनेट नै बुझाए भैहाल्यो नि’ । कुनै किसिमको खरिदमा तलमाथि भए पनि त्यो सेनालाई दिँदा छानबिनको दायराभन्दा माथि उठ्ने नै भयो । यो सबै हिसाबले सरकार आफू जोगिने हिसाबतिर लागेको देखिन्छ । यसो गर्नु बेठिक हो भन्ने आम भनाइ छन् ।
अर्को कुरा, संसदीय लोकतन्त्रभित्र भन्ने गरिन्छ कि नागरिक प्रसाशन सामान्य अवस्थामा चल्नुपर्छ । सेना इश्वर पोखरेल नेतृत्वको मन्त्रालयको अधीनमा छ । उनी कोरोना रोकथाम उच्चस्तरीय संयन्त्रका संयोजक पनि हुन् । उनको विगतको छवी ज्यादै चलाखीपूर्वक आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न चाहने व्यक्तिका रुपमा प्रशिद्ध छन् । उनले संयन्त्रको नेतृत्वमा वसेर स्वास्थ्य मन्त्रालय अन्तरगतको काममा सेनालाई नै अघि सार्नुमा विषेश कारण छन् जसमध्ये प्रथम राम्रो काम भएको देखाएर भविश्यमा आफूलाई प्रभावशाली बनाउने र द्धितीय सुरक्षितका साथ सेनासंग मिलेर कोरोनाको आडमा अकुत सम्पत्ति कमाउने । किनभने सेनालाई नै अघि सार्दा भ्रष्टाचार पनि गर्न सकिने अख्तियारको नजरबाट पनि जोगिने ।
सेनाको खास काम भनेको विश्व प्रशिद्ध मान्यता मुलुकको प्रतिरक्षा गर्ने हो । सेनाको मुख्य काम भनेकै बाह्य आक्रमणको बेला हो । कहिलेकाँही मुलुकभित्र बिद्रोहको वातावरण उत्पन्न भयो भनेदेखि सेनाको प्रयोग हुने हो । सेना राष्ट्रको प्रतिरक्षा गर्ने एउटा महत्वपूर्ण निकाय हो । सेना जे कामका लागि स्थापना भएको हो, आधारभूतरुपमा त्यसलाई त्यही काममा लगाउनु उत्तम हुन्छ । वर्तमानमा भारतीय सिमाबाट भित्रिने कोरोनाको समस्या जटिल बन्दै छ । यसवेलामा कोरोना रोकथामका लागि नेपाली सेना पूर्ण रुपले नेपालको सिमानामा तैनाथ गरिनु आवश्यक छ नकि व्यापार व्यावसायतर्फ लगाउने ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार