क. लिला राना (राइफल)को निधन प्रति नेकपा (क्रान्तिकारी माओवादी) ८ नं. प्रदेश समितिको भावपूर्ण श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ८ नं. प्रदेश समितिका सदस्य कमरेड लिला राना (राइफल) को औषधोपचारको क्रममा भारतको चेन्नईस्थित एस.आर.एम. अस्पतालमा दुःखद् निधन

प्रकाशित मिति : २०७६ चैत्र १९


२०२० मार्च ३० का दिन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ८ नं. प्रदेश समितिका सदस्य कमरेड लिला राना (राइफल) को औषधोपचारको क्रममा भारतको चेन्नईस्थित एस.आर.एम. अस्पतालमा दुःखद् निधन भएको छ । उहाँ हाल नेकपा (क्रान्तिकारी माओवादी)को प्रदेश सदस्यको हैसियतमा कार्यरत हुनुहुन्थ्यो । उहाँका ५ दिदीबहिनी, २ छोरी, ज्वाइँ र २ नातिनी हुनुहुन्छ । नेकपा (क्रान्तिकारी माओवादी)
८ नं. प्रदेश समिति सेक्रेटरी क. विकल्पले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र उहाँको समस्त शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
 

शोक वक्तव्य

२०२० मार्च ३० का दिन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ८ नं. प्रदेश समितिका सदस्य कमरेड लिला राना (राइफल) को औषधोपचारको क्रममा भारतको चेन्नईस्थित एस.आर.एम. अस्पतालमा दुःखद् निधन भएको छ । सन् १९९१ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका क.राइफल नेकपा मसाल, नेकपा एकीकृत हुँदै हाल नेकपा (क्रान्तिकारी माओवादी)को प्रदेश सदस्यको हैसियतमा कार्यरत हुनुहुन्थ्यो । क.राइफलले लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलन, वर्गसंघर्ष र नयाँ जनवादी क्रान्तिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँको यस निधनबाट हाम्रो सिङ्गो पार्टी ८ नं. प्रदेश समिति, परिवारजन र शुभचिन्तक मित्रहरुसहित हामी सबैलाई अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित बनाएको छ । उहाँको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलन र क्रान्तिमा अपूरणीय क्षति हुन पुगेको छ ।
कमरेड लिला राना (राइफल)को जन्म सन् १९६४ अप्रिल २६ का दिन बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीमा बाबा डम्बरबहादुर राना र आमा पवित्रा रानाको कोखबाट भएको थियो । ३ दाजूभाइमध्ये जेठो छोराको रुपमा जन्मनुभएको उहाँका ५ दिदीबहिनी, २ छोरी, ज्वाइँ र २ नातिनी हुनुहुन्छ ।
क. लिला राना (राइफल)को निधन भएको यस दःख घडीमा हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दछौं । साथै हामी उहाँको समस्त शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
क. विकल्प
सेक्रेटरी
नेकपा (क्रान्तिकारी माओवादी)
८ नं. प्रदेश समिति