उदयपुरकाे गाईघाटमा नाै दलकाे विराेधसभा सम्पन्न (फाेटाेफिचर)

उदयपुरकाे गाईघाटमा नाै दलकाे विराेधसभा सम्पन्न (फाेटाेफिचर)


गाईघाट । “लिपुलेक ,कालापानी र लिम्पियाधुरा लगायत गुमेको भुमी फिर्ता गर, अमेरिका सित गरेको एमसीसी सम्झौता तुरुन्त खारेज गर” भन्दै उदयपुरका नौ दलले बिहीबार सदरमुकाम गाइईघाटमा संयुक्त विराेध सभा सम्पन्न गरेका छ्न् ।


देजमो उदयपुरका अध्यक्ष लिल ब. बि.क.ले संचालन गर्नु भएको उक्त बिरोध सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा १ प्रदेशका इन्चार्ज मिनकुमार राउत, नेकपा मालेका राम प्रशाद चौलागाई,नेकपा मशालका जिल्ला प्रबक्ता लिल कुमार राई,जन समाजवादीका के.स. मनकुमार राई लगायत नेताहरुले सम्बोधन गरेका थिए ।


उक्त बिरोध सभालाई सम्बोधन गर्दै क्रान्तीकारी माओवादीदका नेता राउतले बर्तमान ओलि सरकारले नेपालको  कालापानी लगायतको भुमी भारतलाई बेचेको आरोप लगाउंदै अहिलेसम्म गुमेको हाम्रो भुमी फिर्ता गर्न अझै बलिदानीको खांचो रहेको औंल्याए । उनले हालै अमेरिकासित गरिएको एमसीसी संझौताले देश नवउपनिवेशमा परिणत हुने भएकोले उक्त सम्झौता कथित सदनले पास गर्न नहुने कुरामा जोड दिए ।