क्रान्तिकारी माओवादीको अभियान टोली निरन्तर रुपले गाउँ गाउँमा कृयाशील

फागुन ६ गते पाल्पा तनसेनबाट सुरु भएको अभियानले गुल्मीदेखि मुगु सुदुर पश्चिम प्रदेशमा कार्यक्रम गर्ने

प्रकाशित मिति : २०७६ फाल्गुन ९

- सम्वाददाता तेजविक्रम शाही

नेकपा(क्रान्तिकारी माओवादी)ले फागुन १५ गते देशका सातै प्रदेशमा उद्घाटन गरेर सुरु गरेको ‘राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तार अभियान’ अभियान अन्तरगत ५, ६ र ७ नं. अभियान टोलीले फागुन ६ गते पाल्पा तानसेन बजारमा आफ्नो कार्यक्रम सम्पन्न गरी ७ र ८ गते गुल्मी जिल्लाका विभिन्न गाउँ र सदरमुकाम तम्घासमा कार्यक्रम सम्पन्न गरेर ९ गतेदेखि अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, पश्चिम रुकुम, जाजरकोट, सल्यान, सूर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु हु‘दै त्यसपछि उक्त अभियान टोली सुदुर पश्चिम प्रदेश प्रवेश गर्ने योजना रहेको उक्त प्रदेशका इन्चार्ज तथा नेकपा (क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य रामसिंह श्रीषले जानकारी दिएका छन् । यसरी यो टोलीले चैत्र २४ गतेसम्म ५, ६ र ७ नं. प्रदेशहरुका विभिन्न जिल्लाहरुमा आफ्नो कार्यक्रम सम्पन्न गर्ने भएको छ । 
उक्त योजना मुताविक फागुन ६ गते तानसेन बजारमा कार्यक्रम सम्पन्न गरेको छ । तानसेन नगरपालिका वार्ड नं. ७ मा भएको कार्यक्रममा क. तेजविक्रम शाहीले सम्वोधन गरेका थिए भने स्वागत मन्तव्य क. पदम लामिछानेले गरेका थिए । कार्यक्रमको संचालन क. भुकम्पले गरेका थिए । त्यसैगरी तानसेन नगरपालिका वार्ड नं. ३ पाल्पा गोलोघर शितलपार्टीमा अर्को कोणसभाको अयोजना गरिएको थियो । जसमा क. धनेश्वर पोख्रेलले सम्वोधन गरेका थिए भने स्वागत मन्तव्य क. मानध्वज र संचालन क. महेश श्रेष्ठले गरेका थिए । पाल्पाकै रिब्दीकोट ३ हार्पोकमा गरिएको कार्यक्रमलाई क. भुकम्पले सम्वोधन र क.लीलाबहादुर श्रेष्ठले संचालन गरेका थिए ।

अर्कोदिन फागुन ७ गते गुल्मीको सत्यवति गाउँ पालिका वार्ड नं. ६को खैरेनीमा भएको कार्यक्रमलाई क. धनेश्वर पोख्रेलले सम्वोधन गरेका थिए भने स्वागत जिल्ला सचिव, क.अविरलले गरेका थिए र उक्त कार्यक्रमको संचालन क.भुकम्पले गरेका थिए । त्यसको लगत्तै गुल्मीकै सत्यवति गाउँ पालिका वार्ड नं.१ रुद्रबेनीको कार्यक्रमलाई तेजविक्रम शाही र क. तेज कुमारी थापाले सम्वोधन गरेका थिए । कार्यक्रमको संचालन क. महेश श्रेष्ठले गरेका थिए । साथै अर्को कार्यक्रम रुरु क्षेत्र गाउँ पालिका वार्ड १ रिडिमा क. प्रेम सुवेदी र क.अविरल ले सम्वोधन गरेका थिए भने संचालक क. भुकम्पले गरेका थिए । त्यसपछि सोही नगरपालिकाको वार्ड न.. ४ वलेटक्सारमा आयोजित कार्यक्रलाई  टिका राना र क. धनेश्वर पोख्रेलले सम्वोधन गरेका थिए भने संचालन क. अविरलले गरेका थिए । त्यसै दिन छत्रकोट गाउँ पालिका वार्ड नं. २ भेडुवा गुल्मीमा भएको अर्को कार्यक्रमका वक्ता क.तेज विक्रम शाही थिए भने संचालक क. अविरल थिए । गुल्मी दरवार गाउँपालिका वार्ड नं.३ गैडाकोटको कार्यक्रमका संचालक क. तेज कुमारी थापा र वक्ता क. भुकम्प थिए
फागुन ८ गतेका दिन अभियान टोलीले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पर्ने रेसुङगा नगरपालिकामा सभाको आयोजना गरयो,जसको सचालन क दिलबहादुर कठायत वक्ताहरुमा क.अविरल र क.प्रेम सुवेदी थिए । त्यसै दिन सोही जिल्लाको धुर्कोट गाउँपालिका बर्बोट बजारमा पनि कार्यक्रमको आयोजना गरिएको थियो, जसमा संचालक क. महेश श्रेष्ठ र वक्तामा क. तेज विक्रम शाही थिए ।

त्यसैगरी अर्को कार्यक्रम मदाने गाउँ पालिकामा पर्ने पुर्कोट दहमा सम्पन्न गरियो । उक्त कार्यक्रमको संचालन क दिलबहादुर कठायतले गरेका थिए भने वक्ताहरुमा क. अविरल र क.धनेश्वर पोख्रेल थिए । यसरी फागुन ६, ७ र ८मा पाल्पा र गुल्मीका विभिन्न नगरपालिका र गाउँपालिकाको कार्यक्रम सकेर अभियान टोली फागुन ९ गते अर्घाखाँची जिल्ला प्रवेश गरेको जानकारी अभियान टोलीमा सहभागी क. तेजविक्रम शाहीले दिएका छन् ।