नेपालमा आइएनजिओमार्फत आउने वैदेशिक सहयोगले भित्रयाएका नकारात्मक पक्षहरु

नेपालमा आइएनजिओमार्फत आउने वैदेशिक सहयोगले भित्रयाएका नकारात्मक पक्षहरु

रुपमा नेपालको सामुदायिक विकासका लागि वैदेशिक सहयोग ल्याउने उद्येश्यका साथ नेपालमा आइएनजीओको प्रवेश भएको हो । नेपालमा यसको सुरुवात २०३४ सालतिरबाट भए तापनि आइएनजिओबाट वा विदेशी दाताबाट ठूलो मात्रामा राष्ट्रिय एनजिओलाई सन् १९९७ बाट लगानी गर्दै आएको पाइन्छ । त्यसवर्ष(सन् १९९७ ) मात्र १५० मिलियन अमेरिकी डलर एनजिओमार्फत् प्रदान गरेको पाइन्छ । त्यस्तै करिब ४ अरब बराबरको रकम विसं २०६४ सालमा एनजिओमार्फत् लगानी भएको छ । यसरी सहयोग गर्ने आइएनजिओहरूले उक्त रकम स्थानीय साझेदारी सङ्घसंस्था(एनजीओ)मार्फत् लगानी गरेका छन् ।
हाम्रो देशको परिवेशमा समाजकल्याण परिषद्मा मात्र दर्ता भएर काम गरेका संस्थाहरू मुलुकभर ४९००० भन्दा वढी छन् । जसले वार्षिक २४ अर्व नेपाली रुपीया बराबरको कारोबार गर्छन । यस्ता आएएनजीओ नेपालमा २३०वटा दर्ता भएका छन् । उनीहरुले मुलुकभर वाषिैक नेपाली रुपीया“ २६ अर्व बराबरको कारोवार गर्छन । यी दुवै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिन्छन् तर अब सरकारले नया“ नीति र नया“ संघसंस्था दर्ता ऐन ल्याउदैछ,जसअनुसार अब भने संघसंस्था दर्ता संघ, प्रदेश र जिल्ला तिनै तहमा दर्ता हुन सक्नेछन् ।

कानुन आयोगले संघसंस्था दर्ता तथा नविकरण सम्वन्धी ऐनको मस्यौदा तयार पारेको छ । जसअनुसार स्थानीय तहभित्र रहेर कामगर्ने गैरसरकारी संस्थाले सम्वन्धित स्थानीय तहमै पुगेर संस्था दर्ता तथा नविकरण गर्न पर्नेछ । प्रदेश स्तरिय काम गर्न चाहनेले सम्वन्धीत प्रदेश सरकाको आधिकारिक निकायमा दर्ता र नविकरण गर्ने छन् । देशव्यापी कामगर्नेले संघीय सरकारको आधीकारिक निकायमा दर्ता र नविकरण गर्ने छन् ।

त्यसभन्दाबाहेक संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी),एशियाली विकास बैंक(एडिबी), विश्व बैंक(डब्लुबि), युरोपियन युनियनआदिमार्फत् आउने सहयोगको बारेमा एकिन नै छैन । विभिन्न मन्त्रालयमार्फत् आउने सहयोगहरूको कुनै लेखाजोखा पाइन्न । ३५०वटा आइएनजिओमध्ये करीब १००वटा त अमेरिकी सहयोगमा सञ्चालित आइएनजीओहरु छन् भने अन्यमा बेलायत, फ्रान्स, जापानआदि रहेका छन् ।
यसरी विदेशबाट आएको सहयोगको पारदर्शी तरिकाले सदुपयोग भएको छ त ? त्यसबाट प्राप्त परिणामले के अनुमान गर्न सहज बनाएको छ भने भएको छैन । जुन उद्देश्यले आइएनजिओको लगानी गर्ने गरे तापनि त्यसलाई देश र जनताको हितमा कसरी प्रयोग गर्नुपर्दछ भन्ने नै हो । अहिले हाम्रो परिवेशमा आइएनजिओहरूको लगानीलाई निषेध गर्न सक्ने अवस्था देखिंदैन । त्यसैले उनीहरूको लगानीलाई कसरी दिगो विकास, आत्मनिर्भर आर्थिक संरचना, उत्पादनको वृद्धि प्रविधिको विकास र प्रसार आदि गर्न सकिन्छ भन्ने नै प्रमुख कुरा हो । त्यसैले अबको परिवेशमा यस्ता लगानीहरू स्वाधीन र आत्मनिर्भर आर्थिक संरचनाको विकास, भौतिक संरचनाको निर्माण, दिगो विकास, उत्पादनमा वृद्धि, नया“ प्रविधिको विकास र प्रसार आदि जनताको प्रत्यक्ष सहभागितामा एउटा निश्चित प्रणालीमा ल्याएर गर्न उचित हुन्छ । अहिले समयको सञ्चालन विधिलाई परिवर्तन गरेर जनमुखी र स्वाधीनतालाई मध्यनजर गर्दै जनताको निगरानीमा पारदर्शी तरिकाले परिचालन गर्ने नीति लिनुपर्दछ । जसले गर्दा जुन वर्ग र समुदायको नाममा आएको पैसा हो, त्यही वर्ग र समुदायको विकासमा प्रयोग हुने वातावरण बनाउनुपर्दछ ।
आजको दुनियामा वैदेशिक सहयोग कुन माध्यमबाट सही र पारदर्शी ढङ्गले जनताको माझमा पस्कने हो भन्ने प्रश्न नेपालजस्तो भ्रष्टाचारले जकडिएको वर्तमानको संरचनाभित्र यो एउटा जटिल प्रश्न बनेर उभिएको छ । साम्राज्यवाद आइएनजीओमार्फत समाजवादी सत्तामा छिरेर जसरी अन्तरध्वंश गराउन सफल भयो, त्यसरी नै क्रान्तिकारी जनसमुदायमा भ्रम पैदा गरेर क्रान्तिबाट विमुख पार्ने प्रयास पनि काफी मात्रामा भएका छन् । क्रान्तिलाई खतम पार्न क्रान्तिकै नाराको खोलभित्रबाट आइएनजिओले आफ्ना योजना तय गरेका हुन्छन । समाज, संस्कृति र चिन्तनलाई टुक्र्याएर खण्डित गरी दिग्भ्रमित गर्ने साम्राज्यवादी योजनालाई क्रान्तिकारीहरूले प्रतिवाद गर्न कुन विधि अपनाउनुपर्दछ यो प्रश्न ज्वलन्त बनेको छ । यसको लागि इतिहासमा क्रान्तिकारी आन्दोलनले विकास गरेको विधिमात्र हामीलाई प्रर्याप्त छैनन् । क्रान्तिकारी आन्दोलनभित्र देखिएको जडता, रुढिवादी सङ्कीर्णता आफै“मा घातक भएको पनि देखिएको छ भने उदारताको नाममा देखा परेको प्रवृत्तिले समाजवादी पार्टी र आन्दोलनलाई नै ध्वस्त पारेको अनगिन्ति उदाहरणहरु छन । विज्ञान र प्रविधिले विकास गरेको उपलब्धिलाई प्रयोग गर्ने उपयुक्त बाटो क्रान्तिकारी कम्युनिस्टहरुले विकसित गर्न सकिएन भने साम्राज्यवादले आमश्रमजीवी जनतालाई सधैं दासताको जञ्जिरमा राख्ने सम्भावना प्रचुर मात्रामा देखिएको छ । त्यसैले आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आइएनजिओले प्रदान गर्ने सहयोगलाई जनता र दिगो सामाजिक रूपान्तरणको पक्षमा ल्याउन क्रान्तिकारी पङ्क्तिले एउटा खाकाको निर्माण गर्नु जरुरी छ । यसको लागि एउटा बृहत् छलफल र बहसको खा“चो छ । यसरी सा“गुरो घेराभित्रबाट मात्र हैन, फराकिलो दृष्टिकोणसहित अगाडि बढ्नु जरुरी छ । यसमा पु“जीवादको विरोधको नाममा देखिएको सङ्कीर्णताले सकारात्मक उपलब्धिलाई तिलाञ्जली दिने खतरा पनि देखिन्छ । यी दुबै अतिबाट जोगिएर सही र सकारात्मक उपलब्धिलाई क्रान्तिको पक्षमा, सामाजिक रूपान्तरणको पक्षमा लगाउने र नकारात्मक चीजहरूलाई विरोध गर्ने कुरामा विरोध गर्दा ध्यान दिन जरुरी छ । अब प्रतिक्रान्तिकारी किल्लामा पनि अन्तरध्व्ंश किन नगर्ने, अन्तरविरोधलाई सृजना गराएर किन परिचालन नगर्ने, मानवसभ्यतामा विकास भएको कुरालाई समुन्नत समाज निर्माण गर्न किन प्रयोग नगर्ने, इत्यादि कुराहरूमा ध्यान दिन जरुरी छ । आइएनजिओहरूको प्रयोग गर्ने सवालमा जनता, समाज र राष्ट्रिय हितमा प्रयोग गर्नको लागि नया“ प्रणालीको विकास किन नगर्ने भन्ने बहस पनि सुरु भएका छन् । नेपालजस्ता गरीब देशका लागि वैदेशिक सहयोग लिनुपर्ने बाध्यात्मक परवेश छ । त्यसैले पनि नया“ सोचको आवश्यकता भएको छ । त्यसैले, उत्पादनमूखी भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र वैज्ञानिक जनशक्ति निर्माणजस्ता काममा आइएनजीओको सहयोगको उपयोग गर्ने हो भनेमात्र यसले राम्रो प्रतिफल दिन्छ भन्ने सोंचको पनि विकास भएको पाइन्छ ।

के स्पष्ट हो भने साम्राज्यवादले आफ्नो दादागिरीलाई विश्वका देशहरूमा फैलाउनका लागि सबैभन्दा राम्रो माध्यम अहिले एनजीओ÷आइएनजिओ भएका छन् । विकासको नाममा कम लागत र नोक्सानीमा अन्य देशलाई अतिक्रमण गर्ने बलियो हतियार कुटनीतिक पहलबाट स्वतन्त्र देशमाथि राजनीतिक सामाजिक, सांस्कृतिक, आर्थिक हस्तक्षेपबाट सजिलै अल्पविकसित देशलाई आफ्नो नियन्त्रणमा राख्न आज साम्राज्यवाद सफल देखिएको छ ।
१९८०–९० को दशकमा नवउदारीकरण९ल्भय(ीष्दभचबष्शिबतष्यल०को नाराले संसारभर आफ्नो एकछत्र रजाईको गुरुयोजनाको स्वरूपअनुसार तेस्रो विश्वका देशमा आइएनजिओको उपस्थिति घनीभूत बनाउदै लगिएकोछ भने ती देशहरूमा एनजिओहरूको स्थापना पनि व्यापक हु“दै गएको छ । खासगरी जब साम्राज्यवादले भियतनाम युद्धमा हारेपछि विश्व बैक(ध्यचमि द्यबलप)को योजनामा आफूलाई पुनःसङ्गठित गर्न र विश्वका जनतासामु उपस्थिति गराउनको लागि यो नवउदारीकरणको नारा अगाडि ल्यायो । खासगरी सामाजिक सेवाको गुलियो नाराको खोलभित्रबाट आमजनताको दिमागमा साम्राज्यवादी दुषित हावा छिराउन आइएनजिओहरू अगाडि आए ।

जनताको जनजीविकास“ग मिल्ने खालका नाराहरू तय गरेर आमशोषित पीडित जनताहरूमा आफूलाई स्थापित गर्ने जमर्को उनीहरुले गरिरहेका हुन्छन । खासगरी यथास्थितिवादलाई भरथेग गर्दै साम्राज्यवादी आर्थिक सामाजिक, सांस्कृतिक संरचनालाई अल्पविकसित समाजमा स्थापित गराउने काम यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरेको हुन्छ । हरेक देशको राजनीतिक प्रणालीस“ग पु“जीवादी चिन्तन प्रणालीको तर्फबाट वहन गर्ने उपयुक्त माध्यम विभिन्न नामका आइएनजिओहरूले नै गरिरहेका छन् । खासगरी प्राकृतिक स्रोत र साधनलाई आफ्नो अनुकूलतामा कसरी प्रयोग गर्ने र उक्त समाज आफ्नो देशको उत्पादनको बजारको रूपमा प्रयोग गर्न सकिन्छ र अर्को कुरा अनुसन्धानको क्रममा कतिपय मानवीय दृष्टिले अति संवेदनशील कुराहरूको प्रयोगशालाको रूपमा प्रयोग गर्ने काम पनि आइएनजिओको तर्फबाट सहयोग पनि भइरहेका छन् ।
आइएनजिओले आफूलाई गैरराजनीतिक भन्ने गर्दछ तर यसले यथास्थितिवादी मन्दविष अल्पविकसित देशका जनताहरूलाई पिलाइरहेको हुन्छ । गैरराजनीतिकको नाममा आइएनजिओहरू वर्गीय रुपमा सम्भ्रान्तवर्गको राजनीतिमा सक्रिय रहेका हुन्छन् । यसको ज्वलन्त उदाहरण त नेपालको परिप्रेक्ष्यमा आइएनजिओका राष्ट्रिय अफिसहरूमा भएका सम्भ्रान्तवर्गका मानिसको बर्चस्व रहनु नै काफी हुन्छ भने स्थानीयदेखि राष्ट्रियस्तरसम्मका एनजिओका प्रमुखहरू पनि सम्भ्रान्तवर्ग नै हुन् र उनीहरूको नाममा एनजीओको खेती मौलाएको हुन्छ । खासगरी समाजमा रहेको वर्गअन्तरविरोधलाई समन्वयमा ल्याएर तत्कालका शासकहरूलाई ऋणी बनाउने काम आइएनजिओहरूले गरेका छन् । जसले गर्दा वर्गसङ्घर्षको चेतनालाई मत्थर पारोस् र वर्गसमन्वयको चेतनालाई बढाओस् । शोषित–पीडितहरूलाई शोषकवर्गका विरुद्ध हुनसक्ने सङ्गठित आन्दोलनलाई फुटाएर तुहाउने जमर्को उनीहरुले गरिरहेको हुन्छ र उत्पीडितवर्गका जनसमुदायलाई सम्भ्रान्तवर्गस“ग आत्मसमर्पण गराउन प्रयत्नशील रहेका हुन्छन् । खासगरी समाजमा रहेको वर्गीय अन्तरविरोधको कारणको उत्खनन गरेर बुझ्नुको सट्टा सतही रूपमा बुझ्ने, समग्रमा बुझ्नुको सट्टा विखण्डित गरेर बुझ्ने र समग्रलाई निषेध गर्दै अंशलाई प्राथमिकता दिने, सङ्घर्षलाई निषेध गर्दै समन्वयलाई प्राथमिकता दिने आदिजस्ता चिन्तनको स्रोतको रूपमा आइएनजिओको नीति तथा कार्यक्रम पाइन्छन । सामाजिक र सांस्कृतिक रूपमा यसले समाजमा रहेका समस्याको सृजनशील समाधानभन्दा आयातीत गरिएको चिन्तन र सोचले स्थानीय संरचनागत बनावटलाई प्रतिस्थापित गरेको हुन्छ । स्थानीय स्रोतसाधनको सुदृढीकरण र विकासभन्दा आयातीत सोचलाई लाद्ने काम तीब्र गतिमा गरिएको हामी पाउ“दछौं । यद्यपि सबै आइएनजिओहरूको त्यही नियत नहुन सक्छ तर पनि समाजमा हामीले अधिकांश आइएनजिओले निर्माण र उत्पादनभन्दा बढी समुदाय र समाजको चेतनाविकासको नाममा आएका आइएनजिओहरूलाई के भन्ने ? राजनीतिक रूपमा आइएनजिओहरूले देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने राम्रो राम्रो हतियारको रूपमा प्रयोग गरेको पाइन्छ । नेपाली जनतालाई प्रजातन्त्र सिकाउनको लागि मात्र भनेर पनि यहा“ अमेरिका समर्थित आइएनजिओहरू काफी मात्रमा पाइन्छन् । आइएनजिओका एजेन्टहरू कुनै पनि देशको आन्तरिक मामलामा हस्तक्षेप गरेको र नीति निर्माणमा आफ्नो शर्त र स्वार्थअनुरूपको बनाउन दबाब दिंदै आएको पाइन्छन् । साम्राज्यवादीहरुले भौगोलिक सीमालाई क्रस गरेर खतरानाक तरिकाले कुनै पनि देशको आर्थिक, सामाजिक, सांस्कृतिक मामलमा आफ्नो बर्चस्व कायम गर्ने उपयुक्त माध्यम गैरसरकारी सङ्घ–संस्थालाई बनाएका छन् । एकाधिकार दलाल पु“जीवादी विश्वव्यवस्थाले सृजना गरेको परनिर्भरता आज तेस्रो देशहरूमा अधिकतम रूपमा बढ्दो छ । साम्राज्यवादी देशहरूमा पनि एउटा होड के छ भने तेस्रो मुलुकहरूलाई कसले आफ्नो निर्भर बनाउने वा कठपुतली बनाउनेमा प्रतिस्पर्धा चलिरहेको पाइएको छ । यसरी संसारका गरिब मुलुकका मानिसहरूलाई आधुनिक युगका दासहरूसरह बा“च्न बाध्य बनाइएको छ ।
आर्थिक रूपमा अन्तर्राष्ट्रिय वित्तीय सङ्घ–संस्थाहरू संसारभर आफ्नो वित्तीय साम्राज्यवाद स्थापना गर्न तल्लीन छन् । विश्वव्यापीकरण ९न्यिदबष्शिबतष्यल० र आर्थिक उदारीकरण ९भ्अयलष्mष्अ ीष्दभचबष्शिबतष्यल० को नाममा बहुराष्ट्रिय कम्पनीहरू उद्योगधन्दाहरू निर्वाध रूपमा देशभित्र भित्रिएको हुन्छ । जसकाकारण देशले आफ्नो स्वतन्त्र पहिचान, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना नै ध्वस्त पारेर साम्राज्यवादको अनुकूलको सामाजिकसत्ता स्थापना गरेको हुन्छ । यसमा प्रमुख भूमिका भनेको आइएनजिओको हुन्छ । जसले साम्राज्यवादी उत्पादनहरू देशभित्र निर्वाध रूपमा भित्र्याउन नीतिगत र कानूनी रूपमा बहस गरेको हुन्छ भने अर्कोतिर जुन देशबाट सहयोगवापलत रकम आएको हो, त्यही देशतिर पैसा फर्काउने योजनाअनुरूप गरीब देशलाई एउटा प्रयोगशालाको थलोमात्र बनाइएको हुन्छ । विदेशमा करमुक्त चन्दाको रूपमा पु“जीवादी संरचनाको नाफालाई अल्पविकसित देशहरूको अर्थतन्त्रमा हस्तक्षेपको साथै आर्थिक शोषणको सिकञ्जा दरोस“ग गाडने माध्यम आइएनजिओ भएको छ । विश्व व्यापार संगठन(डब्लुटीओ),विश्वबैंक(डब्लुबी),अन्तराष्ट्रियमुद्राकोष(आइएमइ),एशियालीविकासबैंक(एडीबी)लगायतका साम्राज्यवादी वित्तीयसंस्थाले जुनकुनै अल्पविकसित देशलाई आफ्नो फन्दामा पार्नको लागि अनेक हथकण्डा अपनाएको हुन्छ । अन्तर्राष्ट्रिय श्रमविभाजनको एउटा उत्कृष्ट माध्यम आइएनजिओ पनि भएको छ । जसले वर्गविभाजनको रेखालाई प्रस्टसित कोरेको छ । अन्तर्राष्ट्रिय रूपमा र आन्तरिक रूपमा पनि वर्गविभाजन गरेको हुन्छ । सम्भ्रान्तवर्गको हातमा आइएनजिओहरूको नीति निर्माण र कार्यान्वयनको क्षेत्र रहेको हुन्छ । उनीहरूले कहिल्यै पनि श्रमिक वर्ग र उनीहरुको आत्मनिर्भरतातिर नीतिनिर्माण गरेको हामी पाउ“दैनौं । अल्पविकसित देशको कानुन निर्माण मानवअधिकारको क्षेत्रमा, सचेत र क्षमतावान व्यक्तिहरूमा भएको आइएनजिओप्रतिको मोह एउटा गम्भीर सोचनीय कुराहरू हुन् भने अर्कोतिर राज्यले आफ्नो देशको साधन र स्रोतलाई परिचालन नगरी, परनिर्भरतातिरको यात्राले जुन क्षमतावान जनशक्तिलाई आइएनजिओकरण गर्नमा सृजना गरेको बाध्यात्मक परिवेश छ, त्यसलाई पनि नजरअन्दाज गर्न सकिन्न । अहिले त झनै वैधानिक रूपमा नै आइएनजीओले मानव बेचबिखनको खेती गरेको हामी पाउ“दछौं । यसरी हरेक अविकसित देशहरूलाई नया“खालको औपनिवेशीकरण गर्ने काम एनजिओबाट अप्रत्यक्ष रूपमा भएको हुन्छ । जुन आइएनजिओ संस्कृति जसबाट नाम, दाम, प्रशिद्धी र राजनीतिक लाभ प्राप्त गर्ने उपयुक्त माध्यामको रूपमा लिन थालिएको छ । राजनीतिक रूपमा इमानदार बफादार, कर्मठ योद्धा कार्यकर्ताहरूलाई कुण्ठित र निरास तुल्याउने र अवसरवादी प्रवृत्तिमाथि आउने प्रस्ट रूपमा देखिएको छ । हाम्रै क्षेत्रमा पनि यसखालको चीजहरूलाई प्रस्ट रूपमा देखिएको छ र संरक्षण पनि पाएको हामी पाउ“छौं । अहिले विश्वव्यापीकरण, आर्थिक उदारीकरण, स्वतन्त्र बजार अर्थतन्त्र, नीजीकरणआदिका रूपमा आर्थिक हस्तक्षेप भैरहेको छ भने राज्यलाई एउटा गोलोबल गाउ“को नाममा सामाजिक र सांस्कृतिक अतिक्रमण गरेको छ । आइएनजिओको माध्यमबाट उनीहरूले व्याख्या गर्ने गरेको समय, समाज, प्रजातन्त्र वैकल्पिक दुनिया“को व्याख्या गर्दै यो दुनिया“लाई दिग्भ्रमित पारिरहेका हुन्छन् । खासगरी कुनै पनि सामाजिक व्यवस्थालाई आप्mनो अनुकूल बनाउनको लागि तयार गरिएको हतियारनै आइएनजिओ हो । यी यावत् साम्राज्यवादी नीतिलाई तेस्रो मुलुकहरूमा लागु गर्ने र शासकहरूका विरुद्ध उठ्न सक्ने विचार र दरिला मुठ्ठीहरूलाई विचलित गराउने काम आयएनजीओले गरेको हुन्छ ।
अहिले आएर अल्पविकसित मुलुकहरूमाथि जबरजस्त लादिएको उदारीकरणको कारणले चरम परनिर्भरता छ । अल्पविकसित देशहरूमा सरकारी संयन्त्रहरू साम्राज्यवादीको दलाली गरेर देशको पहिचान र अस्तित्वलाई नै दाउमा राखेर भए पनि आफूले अकुत सम्पति आर्जन गरिरहेका छन् । ती देशका निम्न र मध्यमवर्गका क्षमताहरूलाई आज बेचिनुपर्ने बाध्यात्मक परिवेश छ । देशको शासकहरूको राष्ट्रिय आत्मसमर्पणवादी सोचको कारणले गर्दा स्वाभिमानी जनताहरू जबरजस्त रूपमा पराधिनतातिर धकेलिएको छ । हामीले आइएनजिओहरूको विरोधका नाममा विरोधभन्दा पनि राष्ट्रिय रूपमा शासकवर्ग र कामदारहरू वा दासहरू जन्माउने थलोको रूपमा विकसित भैरहेको छ भन्ने कुरालाई जवरजस्त रुपले अगाडि ल्याउन आवश्यक छ । यसको ज्वलन्त उदाहरण त दिन प्रतिदिन युवा जनशक्तिको विदेश पलायनले प्रस्ट पारेको छ । त्यसैले प्रमुख कुरा त हरेक देशको आत्मगत परिस्थिति नै प्रमुख हुन आउ“छ ।
देशको शासन संयन्त्रमा भएको भ्रष्टाचारी मानसिकता, अपारदर्शिता, नातावाद, कृपावादले जकडिएको अवस्था र आफ्नै उत्पादनमुखी अर्थतन्त्रभन्दा अरूको कृपा र आशामा बन्ने आर्थिक नीतिले गर्दा देशको कहालीलाग्दो परिवेश आएको छ । यसरी एकातिर देशीय आत्मसमर्पणवाद र अर्कोतिर साम्राज्यवादी परनिर्भरताले गर्दा स्वाभिमानी जनताहरूलाई मार परिरहेको छ । यसको मतलब आइएनजिओमार्फत् आउने वैदेशिक सहयोग ल्याउनै नहुने भनेको होइन तर त्यसको उपयोग विदेशी स्वार्थअनुरूप नभै राष्ट्रिय हितअनुरूप गर्नुपर्दछ । सकारात्मक र विकासको नियतले आउने सहयोगहरूलाई स्वीकार गर्दै जनताको आत्मनिर्भरता बढाउन प्रयोग गर्नुपर्दछ । तिनीहरूमा पनि अधिकांश समुदाय र समाजमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका छन् । खासगरी सामाजिक सेवाको नाममा समाजमा सृजना हुने सांस्कृतिक र सामाजिक विचलनले गर्दा नकारात्मक असर परेको छ ।

जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm