रुपमा नेपालको सामुदायिक विकासका लागि वैदेशिक सहयोग ल्याउने उद्येश्यका साथ नेपालमा आइएनजीओको प्रवेश भएको हो । नेपालमा यसको सुरुवात २०३४ सालतिरबाट भए तापनि आइएनजिओबाट वा विदेशी दाताबाट ठूलो मात्रामा राष्ट्रिय एनजिओलाई सन् १९९७ बाट लगानी गर्दै आएको पाइन्छ । त्यसवर्ष(सन् १९९७ ) मात्र १५० मिलियन अमेरिकी डलर एनजिओमार्फत् प्रदान गरेको पाइन्छ । त्यस्तै करिब ४ अरब बराबरको रकम विसं २०६४ सालमा एनजिओमार्फत् लगानी भएको छ । यसरी सहयोग गर्ने आइएनजिओहरूले उक्त रकम स्थानीय साझेदारी सङ्घसंस्था(एनजीओ)मार्फत् लगानी गरेका छन् ।
हाम्रो देशको परिवेशमा समाजकल्याण परिषद्मा मात्र दर्ता भएर काम गरेका संस्थाहरू मुलुकभर ४९००० भन्दा वढी छन् । जसले वार्षिक २४ अर्व नेपाली रुपीया बराबरको कारोबार गर्छन । यस्ता आएएनजीओ नेपालमा २३०वटा दर्ता भएका छन् । उनीहरुले मुलुकभर वाषिैक नेपाली रुपीया“ २६ अर्व बराबरको कारोवार गर्छन । यी दुवै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिन्छन् तर अब सरकारले नया“ नीति र नया“ संघसंस्था दर्ता ऐन ल्याउदैछ,जसअनुसार अब भने संघसंस्था दर्ता संघ, प्रदेश र जिल्ला तिनै तहमा दर्ता हुन सक्नेछन् ।

हार्दिक शुभकामना !

कानुन आयोगले संघसंस्था दर्ता तथा नविकरण सम्वन्धी ऐनको मस्यौदा तयार पारेको छ । जसअनुसार स्थानीय तहभित्र रहेर कामगर्ने गैरसरकारी संस्थाले सम्वन्धित स्थानीय तहमै पुगेर संस्था दर्ता तथा नविकरण गर्न पर्नेछ । प्रदेश स्तरिय काम गर्न चाहनेले सम्वन्धीत प्रदेश सरकाको आधिकारिक निकायमा दर्ता र नविकरण गर्ने छन् । देशव्यापी कामगर्नेले संघीय सरकारको आधीकारिक निकायमा दर्ता र नविकरण गर्ने छन् ।

त्यसभन्दाबाहेक संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी),एशियाली विकास बैंक(एडिबी), विश्व बैंक(डब्लुबि), युरोपियन युनियनआदिमार्फत् आउने सहयोगको बारेमा एकिन नै छैन । विभिन्न मन्त्रालयमार्फत् आउने सहयोगहरूको कुनै लेखाजोखा पाइन्न । ३५०वटा आइएनजिओमध्ये करीब १००वटा त अमेरिकी सहयोगमा सञ्चालित आइएनजीओहरु छन् भने अन्यमा बेलायत, फ्रान्स, जापानआदि रहेका छन् ।
यसरी विदेशबाट आएको सहयोगको पारदर्शी तरिकाले सदुपयोग भएको छ त ? त्यसबाट प्राप्त परिणामले के अनुमान गर्न सहज बनाएको छ भने भएको छैन । जुन उद्देश्यले आइएनजिओको लगानी गर्ने गरे तापनि त्यसलाई देश र जनताको हितमा कसरी प्रयोग गर्नुपर्दछ भन्ने नै हो । अहिले हाम्रो परिवेशमा आइएनजिओहरूको लगानीलाई निषेध गर्न सक्ने अवस्था देखिंदैन । त्यसैले उनीहरूको लगानीलाई कसरी दिगो विकास, आत्मनिर्भर आर्थिक संरचना, उत्पादनको वृद्धि प्रविधिको विकास र प्रसार आदि गर्न सकिन्छ भन्ने नै प्रमुख कुरा हो । त्यसैले अबको परिवेशमा यस्ता लगानीहरू स्वाधीन र आत्मनिर्भर आर्थिक संरचनाको विकास, भौतिक संरचनाको निर्माण, दिगो विकास, उत्पादनमा वृद्धि, नया“ प्रविधिको विकास र प्रसार आदि जनताको प्रत्यक्ष सहभागितामा एउटा निश्चित प्रणालीमा ल्याएर गर्न उचित हुन्छ । अहिले समयको सञ्चालन विधिलाई परिवर्तन गरेर जनमुखी र स्वाधीनतालाई मध्यनजर गर्दै जनताको निगरानीमा पारदर्शी तरिकाले परिचालन गर्ने नीति लिनुपर्दछ । जसले गर्दा जुन वर्ग र समुदायको नाममा आएको पैसा हो, त्यही वर्ग र समुदायको विकासमा प्रयोग हुने वातावरण बनाउनुपर्दछ ।
आजको दुनियामा वैदेशिक सहयोग कुन माध्यमबाट सही र पारदर्शी ढङ्गले जनताको माझमा पस्कने हो भन्ने प्रश्न नेपालजस्तो भ्रष्टाचारले जकडिएको वर्तमानको संरचनाभित्र यो एउटा जटिल प्रश्न बनेर उभिएको छ । साम्राज्यवाद आइएनजीओमार्फत समाजवादी सत्तामा छिरेर जसरी अन्तरध्वंश गराउन सफल भयो, त्यसरी नै क्रान्तिकारी जनसमुदायमा भ्रम पैदा गरेर क्रान्तिबाट विमुख पार्ने प्रयास पनि काफी मात्रामा भएका छन् । क्रान्तिलाई खतम पार्न क्रान्तिकै नाराको खोलभित्रबाट आइएनजिओले आफ्ना योजना तय गरेका हुन्छन । समाज, संस्कृति र चिन्तनलाई टुक्र्याएर खण्डित गरी दिग्भ्रमित गर्ने साम्राज्यवादी योजनालाई क्रान्तिकारीहरूले प्रतिवाद गर्न कुन विधि अपनाउनुपर्दछ यो प्रश्न ज्वलन्त बनेको छ । यसको लागि इतिहासमा क्रान्तिकारी आन्दोलनले विकास गरेको विधिमात्र हामीलाई प्रर्याप्त छैनन् । क्रान्तिकारी आन्दोलनभित्र देखिएको जडता, रुढिवादी सङ्कीर्णता आफै“मा घातक भएको पनि देखिएको छ भने उदारताको नाममा देखा परेको प्रवृत्तिले समाजवादी पार्टी र आन्दोलनलाई नै ध्वस्त पारेको अनगिन्ति उदाहरणहरु छन । विज्ञान र प्रविधिले विकास गरेको उपलब्धिलाई प्रयोग गर्ने उपयुक्त बाटो क्रान्तिकारी कम्युनिस्टहरुले विकसित गर्न सकिएन भने साम्राज्यवादले आमश्रमजीवी जनतालाई सधैं दासताको जञ्जिरमा राख्ने सम्भावना प्रचुर मात्रामा देखिएको छ । त्यसैले आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आइएनजिओले प्रदान गर्ने सहयोगलाई जनता र दिगो सामाजिक रूपान्तरणको पक्षमा ल्याउन क्रान्तिकारी पङ्क्तिले एउटा खाकाको निर्माण गर्नु जरुरी छ । यसको लागि एउटा बृहत् छलफल र बहसको खा“चो छ । यसरी सा“गुरो घेराभित्रबाट मात्र हैन, फराकिलो दृष्टिकोणसहित अगाडि बढ्नु जरुरी छ । यसमा पु“जीवादको विरोधको नाममा देखिएको सङ्कीर्णताले सकारात्मक उपलब्धिलाई तिलाञ्जली दिने खतरा पनि देखिन्छ । यी दुबै अतिबाट जोगिएर सही र सकारात्मक उपलब्धिलाई क्रान्तिको पक्षमा, सामाजिक रूपान्तरणको पक्षमा लगाउने र नकारात्मक चीजहरूलाई विरोध गर्ने कुरामा विरोध गर्दा ध्यान दिन जरुरी छ । अब प्रतिक्रान्तिकारी किल्लामा पनि अन्तरध्व्ंश किन नगर्ने, अन्तरविरोधलाई सृजना गराएर किन परिचालन नगर्ने, मानवसभ्यतामा विकास भएको कुरालाई समुन्नत समाज निर्माण गर्न किन प्रयोग नगर्ने, इत्यादि कुराहरूमा ध्यान दिन जरुरी छ । आइएनजिओहरूको प्रयोग गर्ने सवालमा जनता, समाज र राष्ट्रिय हितमा प्रयोग गर्नको लागि नया“ प्रणालीको विकास किन नगर्ने भन्ने बहस पनि सुरु भएका छन् । नेपालजस्ता गरीब देशका लागि वैदेशिक सहयोग लिनुपर्ने बाध्यात्मक परवेश छ । त्यसैले पनि नया“ सोचको आवश्यकता भएको छ । त्यसैले, उत्पादनमूखी भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र वैज्ञानिक जनशक्ति निर्माणजस्ता काममा आइएनजीओको सहयोगको उपयोग गर्ने हो भनेमात्र यसले राम्रो प्रतिफल दिन्छ भन्ने सोंचको पनि विकास भएको पाइन्छ ।

के स्पष्ट हो भने साम्राज्यवादले आफ्नो दादागिरीलाई विश्वका देशहरूमा फैलाउनका लागि सबैभन्दा राम्रो माध्यम अहिले एनजीओ÷आइएनजिओ भएका छन् । विकासको नाममा कम लागत र नोक्सानीमा अन्य देशलाई अतिक्रमण गर्ने बलियो हतियार कुटनीतिक पहलबाट स्वतन्त्र देशमाथि राजनीतिक सामाजिक, सांस्कृतिक, आर्थिक हस्तक्षेपबाट सजिलै अल्पविकसित देशलाई आफ्नो नियन्त्रणमा राख्न आज साम्राज्यवाद सफल देखिएको छ ।
१९८०–९० को दशकमा नवउदारीकरण९ल्भय(ीष्दभचबष्शिबतष्यल०को नाराले संसारभर आफ्नो एकछत्र रजाईको गुरुयोजनाको स्वरूपअनुसार तेस्रो विश्वका देशमा आइएनजिओको उपस्थिति घनीभूत बनाउदै लगिएकोछ भने ती देशहरूमा एनजिओहरूको स्थापना पनि व्यापक हु“दै गएको छ । खासगरी जब साम्राज्यवादले भियतनाम युद्धमा हारेपछि विश्व बैक(ध्यचमि द्यबलप)को योजनामा आफूलाई पुनःसङ्गठित गर्न र विश्वका जनतासामु उपस्थिति गराउनको लागि यो नवउदारीकरणको नारा अगाडि ल्यायो । खासगरी सामाजिक सेवाको गुलियो नाराको खोलभित्रबाट आमजनताको दिमागमा साम्राज्यवादी दुषित हावा छिराउन आइएनजिओहरू अगाडि आए ।

जनताको जनजीविकास“ग मिल्ने खालका नाराहरू तय गरेर आमशोषित पीडित जनताहरूमा आफूलाई स्थापित गर्ने जमर्को उनीहरुले गरिरहेका हुन्छन । खासगरी यथास्थितिवादलाई भरथेग गर्दै साम्राज्यवादी आर्थिक सामाजिक, सांस्कृतिक संरचनालाई अल्पविकसित समाजमा स्थापित गराउने काम यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरेको हुन्छ । हरेक देशको राजनीतिक प्रणालीस“ग पु“जीवादी चिन्तन प्रणालीको तर्फबाट वहन गर्ने उपयुक्त माध्यम विभिन्न नामका आइएनजिओहरूले नै गरिरहेका छन् । खासगरी प्राकृतिक स्रोत र साधनलाई आफ्नो अनुकूलतामा कसरी प्रयोग गर्ने र उक्त समाज आफ्नो देशको उत्पादनको बजारको रूपमा प्रयोग गर्न सकिन्छ र अर्को कुरा अनुसन्धानको क्रममा कतिपय मानवीय दृष्टिले अति संवेदनशील कुराहरूको प्रयोगशालाको रूपमा प्रयोग गर्ने काम पनि आइएनजिओको तर्फबाट सहयोग पनि भइरहेका छन् ।
आइएनजिओले आफूलाई गैरराजनीतिक भन्ने गर्दछ तर यसले यथास्थितिवादी मन्दविष अल्पविकसित देशका जनताहरूलाई पिलाइरहेको हुन्छ । गैरराजनीतिकको नाममा आइएनजिओहरू वर्गीय रुपमा सम्भ्रान्तवर्गको राजनीतिमा सक्रिय रहेका हुन्छन् । यसको ज्वलन्त उदाहरण त नेपालको परिप्रेक्ष्यमा आइएनजिओका राष्ट्रिय अफिसहरूमा भएका सम्भ्रान्तवर्गका मानिसको बर्चस्व रहनु नै काफी हुन्छ भने स्थानीयदेखि राष्ट्रियस्तरसम्मका एनजिओका प्रमुखहरू पनि सम्भ्रान्तवर्ग नै हुन् र उनीहरूको नाममा एनजीओको खेती मौलाएको हुन्छ । खासगरी समाजमा रहेको वर्गअन्तरविरोधलाई समन्वयमा ल्याएर तत्कालका शासकहरूलाई ऋणी बनाउने काम आइएनजिओहरूले गरेका छन् । जसले गर्दा वर्गसङ्घर्षको चेतनालाई मत्थर पारोस् र वर्गसमन्वयको चेतनालाई बढाओस् । शोषित–पीडितहरूलाई शोषकवर्गका विरुद्ध हुनसक्ने सङ्गठित आन्दोलनलाई फुटाएर तुहाउने जमर्को उनीहरुले गरिरहेको हुन्छ र उत्पीडितवर्गका जनसमुदायलाई सम्भ्रान्तवर्गस“ग आत्मसमर्पण गराउन प्रयत्नशील रहेका हुन्छन् । खासगरी समाजमा रहेको वर्गीय अन्तरविरोधको कारणको उत्खनन गरेर बुझ्नुको सट्टा सतही रूपमा बुझ्ने, समग्रमा बुझ्नुको सट्टा विखण्डित गरेर बुझ्ने र समग्रलाई निषेध गर्दै अंशलाई प्राथमिकता दिने, सङ्घर्षलाई निषेध गर्दै समन्वयलाई प्राथमिकता दिने आदिजस्ता चिन्तनको स्रोतको रूपमा आइएनजिओको नीति तथा कार्यक्रम पाइन्छन । सामाजिक र सांस्कृतिक रूपमा यसले समाजमा रहेका समस्याको सृजनशील समाधानभन्दा आयातीत गरिएको चिन्तन र सोचले स्थानीय संरचनागत बनावटलाई प्रतिस्थापित गरेको हुन्छ । स्थानीय स्रोतसाधनको सुदृढीकरण र विकासभन्दा आयातीत सोचलाई लाद्ने काम तीब्र गतिमा गरिएको हामी पाउ“दछौं । यद्यपि सबै आइएनजिओहरूको त्यही नियत नहुन सक्छ तर पनि समाजमा हामीले अधिकांश आइएनजिओले निर्माण र उत्पादनभन्दा बढी समुदाय र समाजको चेतनाविकासको नाममा आएका आइएनजिओहरूलाई के भन्ने ? राजनीतिक रूपमा आइएनजिओहरूले देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने राम्रो राम्रो हतियारको रूपमा प्रयोग गरेको पाइन्छ । नेपाली जनतालाई प्रजातन्त्र सिकाउनको लागि मात्र भनेर पनि यहा“ अमेरिका समर्थित आइएनजिओहरू काफी मात्रमा पाइन्छन् । आइएनजिओका एजेन्टहरू कुनै पनि देशको आन्तरिक मामलामा हस्तक्षेप गरेको र नीति निर्माणमा आफ्नो शर्त र स्वार्थअनुरूपको बनाउन दबाब दिंदै आएको पाइन्छन् । साम्राज्यवादीहरुले भौगोलिक सीमालाई क्रस गरेर खतरानाक तरिकाले कुनै पनि देशको आर्थिक, सामाजिक, सांस्कृतिक मामलमा आफ्नो बर्चस्व कायम गर्ने उपयुक्त माध्यम गैरसरकारी सङ्घ–संस्थालाई बनाएका छन् । एकाधिकार दलाल पु“जीवादी विश्वव्यवस्थाले सृजना गरेको परनिर्भरता आज तेस्रो देशहरूमा अधिकतम रूपमा बढ्दो छ । साम्राज्यवादी देशहरूमा पनि एउटा होड के छ भने तेस्रो मुलुकहरूलाई कसले आफ्नो निर्भर बनाउने वा कठपुतली बनाउनेमा प्रतिस्पर्धा चलिरहेको पाइएको छ । यसरी संसारका गरिब मुलुकका मानिसहरूलाई आधुनिक युगका दासहरूसरह बा“च्न बाध्य बनाइएको छ ।
आर्थिक रूपमा अन्तर्राष्ट्रिय वित्तीय सङ्घ–संस्थाहरू संसारभर आफ्नो वित्तीय साम्राज्यवाद स्थापना गर्न तल्लीन छन् । विश्वव्यापीकरण ९न्यिदबष्शिबतष्यल० र आर्थिक उदारीकरण ९भ्अयलष्mष्अ ीष्दभचबष्शिबतष्यल० को नाममा बहुराष्ट्रिय कम्पनीहरू उद्योगधन्दाहरू निर्वाध रूपमा देशभित्र भित्रिएको हुन्छ । जसकाकारण देशले आफ्नो स्वतन्त्र पहिचान, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना नै ध्वस्त पारेर साम्राज्यवादको अनुकूलको सामाजिकसत्ता स्थापना गरेको हुन्छ । यसमा प्रमुख भूमिका भनेको आइएनजिओको हुन्छ । जसले साम्राज्यवादी उत्पादनहरू देशभित्र निर्वाध रूपमा भित्र्याउन नीतिगत र कानूनी रूपमा बहस गरेको हुन्छ भने अर्कोतिर जुन देशबाट सहयोगवापलत रकम आएको हो, त्यही देशतिर पैसा फर्काउने योजनाअनुरूप गरीब देशलाई एउटा प्रयोगशालाको थलोमात्र बनाइएको हुन्छ । विदेशमा करमुक्त चन्दाको रूपमा पु“जीवादी संरचनाको नाफालाई अल्पविकसित देशहरूको अर्थतन्त्रमा हस्तक्षेपको साथै आर्थिक शोषणको सिकञ्जा दरोस“ग गाडने माध्यम आइएनजिओ भएको छ । विश्व व्यापार संगठन(डब्लुटीओ),विश्वबैंक(डब्लुबी),अन्तराष्ट्रियमुद्राकोष(आइएमइ),एशियालीविकासबैंक(एडीबी)लगायतका साम्राज्यवादी वित्तीयसंस्थाले जुनकुनै अल्पविकसित देशलाई आफ्नो फन्दामा पार्नको लागि अनेक हथकण्डा अपनाएको हुन्छ । अन्तर्राष्ट्रिय श्रमविभाजनको एउटा उत्कृष्ट माध्यम आइएनजिओ पनि भएको छ । जसले वर्गविभाजनको रेखालाई प्रस्टसित कोरेको छ । अन्तर्राष्ट्रिय रूपमा र आन्तरिक रूपमा पनि वर्गविभाजन गरेको हुन्छ । सम्भ्रान्तवर्गको हातमा आइएनजिओहरूको नीति निर्माण र कार्यान्वयनको क्षेत्र रहेको हुन्छ । उनीहरूले कहिल्यै पनि श्रमिक वर्ग र उनीहरुको आत्मनिर्भरतातिर नीतिनिर्माण गरेको हामी पाउ“दैनौं । अल्पविकसित देशको कानुन निर्माण मानवअधिकारको क्षेत्रमा, सचेत र क्षमतावान व्यक्तिहरूमा भएको आइएनजिओप्रतिको मोह एउटा गम्भीर सोचनीय कुराहरू हुन् भने अर्कोतिर राज्यले आफ्नो देशको साधन र स्रोतलाई परिचालन नगरी, परनिर्भरतातिरको यात्राले जुन क्षमतावान जनशक्तिलाई आइएनजिओकरण गर्नमा सृजना गरेको बाध्यात्मक परिवेश छ, त्यसलाई पनि नजरअन्दाज गर्न सकिन्न । अहिले त झनै वैधानिक रूपमा नै आइएनजीओले मानव बेचबिखनको खेती गरेको हामी पाउ“दछौं । यसरी हरेक अविकसित देशहरूलाई नया“खालको औपनिवेशीकरण गर्ने काम एनजिओबाट अप्रत्यक्ष रूपमा भएको हुन्छ । जुन आइएनजिओ संस्कृति जसबाट नाम, दाम, प्रशिद्धी र राजनीतिक लाभ प्राप्त गर्ने उपयुक्त माध्यामको रूपमा लिन थालिएको छ । राजनीतिक रूपमा इमानदार बफादार, कर्मठ योद्धा कार्यकर्ताहरूलाई कुण्ठित र निरास तुल्याउने र अवसरवादी प्रवृत्तिमाथि आउने प्रस्ट रूपमा देखिएको छ । हाम्रै क्षेत्रमा पनि यसखालको चीजहरूलाई प्रस्ट रूपमा देखिएको छ र संरक्षण पनि पाएको हामी पाउ“छौं । अहिले विश्वव्यापीकरण, आर्थिक उदारीकरण, स्वतन्त्र बजार अर्थतन्त्र, नीजीकरणआदिका रूपमा आर्थिक हस्तक्षेप भैरहेको छ भने राज्यलाई एउटा गोलोबल गाउ“को नाममा सामाजिक र सांस्कृतिक अतिक्रमण गरेको छ । आइएनजिओको माध्यमबाट उनीहरूले व्याख्या गर्ने गरेको समय, समाज, प्रजातन्त्र वैकल्पिक दुनिया“को व्याख्या गर्दै यो दुनिया“लाई दिग्भ्रमित पारिरहेका हुन्छन् । खासगरी कुनै पनि सामाजिक व्यवस्थालाई आप्mनो अनुकूल बनाउनको लागि तयार गरिएको हतियारनै आइएनजिओ हो । यी यावत् साम्राज्यवादी नीतिलाई तेस्रो मुलुकहरूमा लागु गर्ने र शासकहरूका विरुद्ध उठ्न सक्ने विचार र दरिला मुठ्ठीहरूलाई विचलित गराउने काम आयएनजीओले गरेको हुन्छ ।
अहिले आएर अल्पविकसित मुलुकहरूमाथि जबरजस्त लादिएको उदारीकरणको कारणले चरम परनिर्भरता छ । अल्पविकसित देशहरूमा सरकारी संयन्त्रहरू साम्राज्यवादीको दलाली गरेर देशको पहिचान र अस्तित्वलाई नै दाउमा राखेर भए पनि आफूले अकुत सम्पति आर्जन गरिरहेका छन् । ती देशका निम्न र मध्यमवर्गका क्षमताहरूलाई आज बेचिनुपर्ने बाध्यात्मक परिवेश छ । देशको शासकहरूको राष्ट्रिय आत्मसमर्पणवादी सोचको कारणले गर्दा स्वाभिमानी जनताहरू जबरजस्त रूपमा पराधिनतातिर धकेलिएको छ । हामीले आइएनजिओहरूको विरोधका नाममा विरोधभन्दा पनि राष्ट्रिय रूपमा शासकवर्ग र कामदारहरू वा दासहरू जन्माउने थलोको रूपमा विकसित भैरहेको छ भन्ने कुरालाई जवरजस्त रुपले अगाडि ल्याउन आवश्यक छ । यसको ज्वलन्त उदाहरण त दिन प्रतिदिन युवा जनशक्तिको विदेश पलायनले प्रस्ट पारेको छ । त्यसैले प्रमुख कुरा त हरेक देशको आत्मगत परिस्थिति नै प्रमुख हुन आउ“छ ।
देशको शासन संयन्त्रमा भएको भ्रष्टाचारी मानसिकता, अपारदर्शिता, नातावाद, कृपावादले जकडिएको अवस्था र आफ्नै उत्पादनमुखी अर्थतन्त्रभन्दा अरूको कृपा र आशामा बन्ने आर्थिक नीतिले गर्दा देशको कहालीलाग्दो परिवेश आएको छ । यसरी एकातिर देशीय आत्मसमर्पणवाद र अर्कोतिर साम्राज्यवादी परनिर्भरताले गर्दा स्वाभिमानी जनताहरूलाई मार परिरहेको छ । यसको मतलब आइएनजिओमार्फत् आउने वैदेशिक सहयोग ल्याउनै नहुने भनेको होइन तर त्यसको उपयोग विदेशी स्वार्थअनुरूप नभै राष्ट्रिय हितअनुरूप गर्नुपर्दछ । सकारात्मक र विकासको नियतले आउने सहयोगहरूलाई स्वीकार गर्दै जनताको आत्मनिर्भरता बढाउन प्रयोग गर्नुपर्दछ । तिनीहरूमा पनि अधिकांश समुदाय र समाजमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका छन् । खासगरी सामाजिक सेवाको नाममा समाजमा सृजना हुने सांस्कृतिक र सामाजिक विचलनले गर्दा नकारात्मक असर परेको छ ।

जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार