कञ्चनपुर माघ १८
२०७६ माघ १८ गतेका दिन कञ्चनपुर जिल्लाको आई.बि.आर.दि. बजारमा कोणसभा सम्पन्न भयो । उक्त कोणससभालाई पश्चिम व्युरो इञ्चार्ज क. रामसिंह श्रीश तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज क. अनुकुलले संवोधन गरेका थिए । सभाको सञ्चालन केन्द«ीय सदस्य लालकिरणले गरेका थिए । त्यसपछि कैलाली जिल्लाको धनगढी बजारको चौराहामा अर्काे कोणसभा सम्पन्न गरियो । कैलाली जिल्ला सचिव रुद« कँडेलले सञ्चालन गरेको उक्त कोणसभालाई केन्द«ीय सदस्य हरि सुवेदी र पि.बि.एम. क. कमल चौधरीले संवोधन गरेका थिए । त्यसपछि धनगढी बजारकै क्याम्पस चोकमा पनि कोण सभाको आयोजना भयो । प्रदेश कमिटि सदस्य क. विन्तीराम चौधरीले सञ्चालन गरेको उक्त कोणसभालाई सी.सी.एम. क. डाइमन केसी र सी.सी.एम. क. लालकिरणले संवोधन गरेका थिए । हरेक कार्यक्रमहरुको बीचबीचमा सामना परिवारका कलाकार क. अम्मर राहदीले जनवादी गीत प्रस्तुत गरेका थिए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार