
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मूलतः माक्र्सवादको विकासमा माओका अनेकौ योगदानहरु छन् । तीमध्ये एउटा प्रमुख योगदान– उपनिवेशहरू र अर्धउपनिवेश देशहरूका निम्ति क्रान्तिको मार्गको विकास हो । यहि मार्ग अपनाएर चीनीयॉ जनताका लागि जनवादी गणतन्त्रको स्थापना गरियोे । चीनीयॉ जनताको गणतन्त्रको स्थपनापछि तुरून्तै अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले ‘उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका निम्ति क्रान्तिको चीनीयाँ मार्ग’को महत्वलाई खुल्ला रुपले मान्यता दियो ।

२७ जनवरी १९५०मा, अन्तिम शान्तिका लागि, जनताको जनवादका लागि, कोमिन्टर्नको मुखपत्रको सम्पादकीयमा यसरी भनिएको थियो– “ चीनीयाँ जनताले लिएको बाटो …….त्यो बाटो हो जुन घेरै उपनिवेश र अरूमा आश्रित देशहरूले उनीहरूको राष्ट्रिय स्वतन्त्रता र जनताको जनवादका लागि संघर्षमा जनताद्धारा अवलम्न गरिनु पर्दछ ।” यसमा अझ थप्दै लेखिएको थियो–“चीनीयाँ जनताको विजयी राष्टिय मुक्ति संघर्षका अनुभवले सिकाउँछन् कि मजदुर वर्ग सबै वर्गहरू, पार्टीहरू, समूहहरू र संगठनहरूसित जो साम्राज्यवाद र तिनीहरूका भरौटेहरूसित लडन र मजदुर वर्ग र यसको अघिल्लो पंक्ति–कम्युनिष्ट पार्टीद्धारा नेतृत्व गरिएको एउटा फराकिलो, राष्ट्रव्यापी संयुक्त मोर्चा गठन गर्न इच्छुक छन् , एकतावद्ध हुनै पर्दछ ।” र फेरी जोड दिंदै भनियो– “राष्टिय मुक्ति संघर्षको विजयी प्रतिफलका लागि एउटा निर्णायक अवस्था जब आवश्यक आन्तरिक परिस्थितिले यसलाई अनुमति दिन्छ,, यो भनेको कम्युनिष्ट पाटीको नेतृत्व अन्तरगत जनताको मुक्ति सेना–जनमुक्ति सेना (पीएब्)एको गठन हो ।”
यसबाट के स्पष्ट हुन्छ कि माओद्धारा विकसित माक्र्सवादी–लेनिनवादी सिद्धान्तको सार्वभौम सान्दर्भिकता त्यो भनेको माओवाद(यसलाई कसै कसैले अझै माओत्सेतुङ् विचारधारा पनि भन्ने गर्दछन्)लाई–मान्यता दिइयो, र यो नै विश्वभरका खासगरी उपनिवेशहरू र अर्ध– उपनिवेशहरूमा रहेका सच्चा क्रान्तिकारीहरुका लागि मार्गनिर्देशक सिद्धान्त बन्यो ।
माओको क्रान्तिको चीनीयॉ मार्गको मान्यता क्रान्तिको विकासका दौरानमा उहा“का अनगिन्ति लेखहरूमा विकास हुँदै आएका थिए । लेनिनले पहिले नै देखाउनु भएको थियो कि साम्राज्यवादी र सर्वहारा क्रान्तिको युगमा पुँजीपतिले होइन् सर्वहाराले पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व लिने छ । माओले उहा“को नयाँ जनवाद वारेमा, यो बुझाइलाई अगाडि सादै, अरू ज्यादा विकास गरेर देखाउनु भयो कि यो युगमा, उपनिवेश अथवा अर्ध–उपनिवेशमा गरिने कुनै पनि क्रान्ति साम्राज्यवादका विरूद्ध निर्देशित गरिनु पर्दछ ।
पु“जीवादी–प्रजातान्त्रिक विश्व क्रान्तिको पुरानो वर्गिकरणभित्र लामो समयसम्म अब क्रान्ति हुने छैन् ,तर एउटा नयाँ बर्गिकरणभित्रः जो पु“जीवादको हिस्सा होइन्,अथवा पु“जीवादी विश्व क्रान्ति नभई नयाँ क्रान्तिको एउटा हिस्सा जसलाई हामी सर्वहारा समाजवादी विश्व क्रान्ति भन्दछौ, त्यो भएको छ, । यस्तो क्रान्तिकारी उपनिवेशहरू र अर्ध–उपनिवेशहरू विश्व पुँजीवादको प्रतिक्रान्तिकारी मोर्चाका मित्रहरू भएर लामो समयसम्म रहन सक्दैन् ; तिनीहरू अव विश्व समाजवादको क्रान्तिकारी मोर्चाको मित्रहरू बनेका छन् । यसरी, पुरानो पुँजीवादी प्रजातान्त्रिक क्रान्तिबाट विल्कुलै फरक क्रान्तिका लागि, माओले उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा हुने क्रान्तिलाई एउटा नयाँजनवादी क्रान्ति भन्ने नाम दिनु भयो । यो आधारमा उहा“ले नयाँ जनवादको राजनीति, अर्थतन्त्र र संस्कृतिलाई व्याख्या पनि गर्नु भयो ।
त्यसै गरी लेनिन र स्तालिनले विकास गरेको संयुक्त मोर्चाको बुझाइमा माओले अझ विकास गर्नु भयो । उहा“ले देखाउनु भयो कि उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा पुँजीपतिलाई दुई भागमा विभाजित गर्न आवश्यक छ– दलाल पुँजीपति र राष्ट्रिय पुँजीपति । दलाल पुँजीपति, जो उसको अस्तित्व र वृद्धिका लागि साम्राज्यवादमा भर परेको हुन्छ, सधैभरी क्रान्तिको एउटा शत्रु भएर रहन्छ, जवकि राष्ट्रिय पुँजीपति, एउटा यस्तो पेण्डुलमजस्तो अस्थिर मित्र हो जो कहिलेकाही क्रान्तिमा मद्तगार हुन्छ र कहिलेकाही शत्रुहरूसित मिल्न जान्छ । यसरी सर्वहाराको नेतृत्व अन्तरगत संयुक्त मोर्चाले चारवटा वर्ग एलाइन्स– सर्वहारा, किसान, शहरी निम्न पुँजीपति र जमिन्दारहरू समाहित गर्दछ । क्रान्तिका शत्रुहरू भनेका साम्राज्यवाद, दलाल पुँजीपति र जमिन्दारहरू नै हुन ।
माओका अनुसार उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा हुने क्रान्तिले रसियन क्रान्तिद्धारा गरिएजस्तो विद्रोहको मार्ग अपनाउने छैन् जहाँ प्रमुख शहरहरू पहिले क्याप्चर गरिएका थिए र अनि गाउँहरूमा नियन्त्रण गरिएका थिए । उहा“ले यसको बदलामा रक्षात्मक जन युद्धको चीनीयाँ मार्ग देखाउनु भयो, जसमा गाउँहरूमा सत्ताको क्षेत्रीयस्तरमा स्थापना गर्ने कार्य संलग्न थियो, गुरिल्ला क्षेत्रहरू र आधार इलाकाहरूको निर्माण र अन्त्यमा घेरावन्दी गर्दै शहरहरूलाई नियन्त्रणमा लिने । यो प्राप्त गर्न माओले क्रान्तिकारी युद्धका सैनिक सिद्धान्तहरू तयार पार्नु भयो । उहा“ले लाल सेना कसरी निर्माण गर्ने भन्ने सिकाउनु भयो, जुन क्रान्तिको एउटा पूर्णत आवश्यक हतियार थियो । गुरिल्ला युद्धकौशलबाट सुरू गर्दै र अनि चलायनमान युद्धकौशल र अन्त्यमा एकै ठाउँ अडिएर लडने युद्धकौशल, माओ जसले एउटा सानो फौज एउटा भयानक शत्रुलाई हराउन आवश्यक फौजीशक्ति निर्माण गर्न विशाल जनसमूहमा कसरी भर पर्न सक्छ भन्ने देखाउनु भयो ।
अन्त्यमा,राज्य र सर्वहाराको अधिनायकत्वको माक्र्सवादी–लेनिनवादी बुझाईमा आफैलाई आधारित बनाउँदै,माओले उपनिवेशी देशहरूमा क्रान्तिमा राज्यको रूप सम्वन्धी सिद्धान्तको व्याख्या गर्नु भयो । नयाँ जनवादको सिद्धान्तको आधारमा, उहा“ले नयाँ जनवादी गणतन्त्रको बुझाई निर्माण गर्नु भयो ।
यो नयाँ जनवादी गणतन्त्र माओले पुँजीपति अधिनायकत्व अन्तरगत पुँजीवादी गणतन्त्रको पुरानो युरोपियन –अमेरिकन रूपबाट जुन पुरानो प्रजातान्त्रिक रूप र पहिले नै मिति सिद्धिएको गणतन्त्रभन्दा फरक हुने छ भन्नुभयो । अर्कोतीर, यो सर्वहाराको अधिनायकत्व अन्तरगत सोभियत प्रकारको समाजवादी गणतन्त्रबाट पनि फरक रूपमा हुनेछ । किनभने एउटा केहि ऐतिहासिक अवधिका लागि,यो रूप पनि उपनिवेशहरू र अर्धउपनिवेशहरूका लागि सुहाउँदो थिएन् । यो अवधिका दौरान, त्यसकारण, राज्यको एउटा तेस्रो रूप कैयौ साम्राज्यवाद विरोधी वर्गहरूको संयुक्त अधिनायकत्व अन्तरगत नयाँ जनवादी गणतन्त्र सबै उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका क्रान्तिहरूमा लागु गर्न सकिनेखालको आवश्यक थियो । यो रूपले एउटा निश्चित ऐतिहासिक अवधि माग गर्ने भएकाले यो त्यसकारण संक्रमण कालको अवधिको माग गर्दछ । तै पनि, माओका अनुसार, यो एउटा त्यस्तो रूप हो जो उपनिवेशहरू र अर्ध उपनिवेशहरूका निम्ति आवश्यक छ र जसलाई विभाजित गर्ने काम गर्न सकिदैन् ।
यस्तो राज्य जनताको जनवादी अधिनायकत्वको रूपमा चीनीयाँ क्रान्तिको विजयपछि स्थापित गरियो । माओले जनताको जनवादी अधिनायकत्वको महत्वका दुई पक्षहरू– जनताका लागि जनवाद र प्रतिक्रियावादीहरूमाथि अधिनायकत्वको मिसावटका रूपमा वणर््ान गर्नु भयो । जनता भनेका मजदुर वर्ग, किसान, शहरी निम्न पुँजीपति र राष्ट्रिय पुँजीपति हुन् । मजदुर वर्ग र कम्युनिष्ट पार्टीद्धारा नेतृत्व गरिएका यी वर्गहरूले उनीहरूको आफ्नो राज्य बनाउन एकता गर्दछन् र तिनीहरूको आफ्नो सरकार निर्वाचन गर्दछन्; तिनीहरूले उनीहरूको अधिनायकत्व साम्राज्यवादका भुष्या कुकुरहरू– जमिन्दार वर्ग र नोकरशाही दलाल पुँजीपतिका साथै ती वर्गहरूका प्रतिनिधिहरूमाथि आफ्ना निर्णयलाई पालन गर्न लगाउ‘दछन् ।
माओले अझ ज्यादा मार्गनिर्देश गर्नु भयो कि चीनीयाँ कम्युनिस्ट पार्टीले जनताको जनवादी गणतन्त्रलाई समाजवादी राज्यको रूपान्तरणको प्रक्रियाको नेतृत्व गर्नु परेको थियो । जनताको जनवादी अधिनायकत्व, सर्वहाराद्धारा नेतृत्व गरिएको र मजदुर –किसान मित्रतामा आधारित सत्ताका लागि यो आवश्यक थियो कि कम्युनिस्ट पार्टीले समग्र मजदुर वर्ग, समग्र किसान र क्रान्तिकारी बुद्धिजीवीहरूको विशाल मासहरूलाई एकतावद्ध गर्नु पर्दछ; किनभने यिनीहरु भनेका अधिनायकत्वका लदागि नेतृत्वदायी र आधारभूत शक्ति हुन् । यिनीहरुबीचको एकता विना, अधिनायकत्वलाई एकत्रित गर्न सकिदैन् । यो पनि आवश्यक छ कि पार्टीले शहरी निम्न पुँजीपती र राष्ट्रिय पुँजीपती र उनका बुद्धिजीवीहरू र राजनीतिक समूहहरू, उनका प्रतिनिधिहरू जो सहयोग गर्न तैयार थिए, उनीहरूसित जति घेरै सम्भव छ एकता गर्नु पर्दछ । यो प्रतिक्रान्तिकारी शक्तिहरूलाई एक्ल्याउनका लागि आवश्यक थियो । यसो गरिएमा मात्रै क्रान्तिको विजयपछि, तीव्रताकासाथ उत्पादन पुनःस्थापन गर्न र विकास गर्न, विदेशी साम्राज्यवादसित सामना गर्न, ध्यानपूर्वक एउटा पिछडिएको अर्ध–उपनिवेशी कृषि अर्थतन्त्रलाई एउटा औधोगिक देशमा रूपान्तरण गर्न र एउटा समाजवादी राज्य निर्माण गर्न सम्भव हुने छ ।





























