भक्तपुर । उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको भन्दै प्रहरीले भक्तपुरको नगरकोटबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका दुई जना जिल्ला सदस्यलाई गिरफ्तार गरेको छ । उनीहरुलाई प्रहरीले उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको आरोप लगाएको छ । पक्राउ पर्नेमा देजमोेका जिल्ला सदस्यहरु पदम लामा र कृणप्रसाद घेमसु रहेको मोर्चाका भक्तपुर सचिव रामहरि गणेजुले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । विहान १० बजे पक्राउ गरिएका उनीहरुको रिहाइका लागि मोर्चाले दिनभरि पहल गर्दा पनि प्रहरीले रिहा गर्न नमानेपछि एक वक्तव्य जारी गर्दै मोर्चाका जिल्ला सचिव गणेजुले पक्राउ गरिएका कार्यकर्ताहरुलाई तत्काल रिहाइ नगरिए भक्तपुर जिल्ला बन्दको आव्हान गर्ने चेतावानी दिएका छन् । शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गर्न पाउने नैसर्गिक अधिकार भएको दावी गर्दै वक्तव्यमा शान्तिपूर्ण कार्यक्रममा समेत हस्तक्षेप गरेर सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर