दृश्य–रूप, सारतत्व र द्वैध चरित्र

प्रकाशित मिति : २०७६ आश्विन ११

- हुकुमबहादुर सिंह

 

एकदिन विहान घरको सानो र अव्यवस्थित पुस्तकहख्को भिडमा अलपत्र भएका किताव तथा पत्रपत्रिकाहरूमाथि आ“खा लगाउने क्रममा विश्वका एक जना महान विचारक, कवि तथा गणितज्ञ ओमर खैयामले लेखेको कविता “रूवैयात”मा मेरो आ“खा प¥यो । ओमर खैयामले लेखेको कविता मैलै पढन भनेर केही वर्ष अघि एउटा किताव पसलबाट किनेर ल्याएको धेरै भएको रहेछ तर पढन भ्याएको रहेन छु । नेपाली वौद्धिक वर्गमा किताव किनेर घरमा ल्याउने कितावका सौकिन घेरै हुन्छन् तर ती किनेका किताव पढने चाही घेरै कम । अहिले त किताव पसलबाट किताव किनेर ल्याउने क्रम पनि पहिलेको तुलनामा नगन्य छ भन्ने किताव पसलेको भनाइ छ । खासगरी राजनीतिका किताव त्यो पनि कम्य’निस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी कितावको त प्रकाशन नै नगर्ने अवस्थामा पुगेको एक जना प्रगतिशील प्रकाशकले मलाइ भनेका छन् । उनले आफ्ना प्रकाशनहरूतर्फ देखाउदै भने ‘हेनु्स सर ! यति धेरै किताव छन्, तर विक्रि धेरै कम, नगन्य भने पनि हुन्छ । पुस्तक प्रदर्शनीमा राजनीतिका किताव त्यो पनि कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी कितावको त विक्रि नै हु“दैन् । अहिले नेपालमा जताततै कम्युनिस्टहरू छन् । संघीय संसदमा र प्रदेश संसदमा कम्युनिस्ट छन्, सरकारमा कम्युनिस्ट छन् र सडकमा पनि कम्युनिस्ट कै वर्चश्व छ । तर कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी कितावको त प्रकाशन नै नगर्ने अवस्थामा पुगेको छ, नेपालको अवस्था ।’ यसमा जोडदिदै उनले भने ‘कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी कितावको अध्यन किन गर्ने ? तिनको अध्यन गरेर के हुन्छ ? कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी ज्ञान बढाएर पार्टी, क्रान्ति र परिवर्तनलाई के मद्दत पु¥याउछ र ?’
उनले यो भनिरहदा मेरो दिमागमा एनेकपा माओवादीको पालुङटार विस्तारित वैठकको सम्झना अनायस नै दिमागमा आयो । पालुङटार विस्तारित वैठकमा प्रस्तुत तीनवटा दस्तावेजमा गरमागरम बहस भएको थियो । सहभागिहरू विभिन्न विचारसमूहमा बाडिनुपर्ने अवस्था बढदै थियो । एक जना मुस्लिम सहभागि मेरै नजिक थिए । परिचय हु“दा थाहा भयो, उनी म जस्तै एमाओवादीका केन्द्रीय सल्लाहकार समितिका सदस्य रहेछन् । उनलाई जे जसरी त्यहा“ छलफल चलेको थियो, पटक्कै मन परेको थिएन् । उनले त्यो छलफललाई भने ‘हेर्नुस हजुर म त यो माक्र्सवाद, लेनिनवाद र माओवाद के हो वुझदैन । म त नेपाली का“ग्रेसको महासमितिको सदस्यबाट एमाओवादीमा प्रवेश गरेको । नेपाली का“ग्रेसमा वर्षौ काम गर्दा मैले कहिल्यै पनि नेताहख् बीचमा यस्तो झगडा भएको देखिन ।’
उनको भनाइबाट मलाई थाहा भयो, उनको अहिलेको दृश्य ख्प एमाओवादीका केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन् तर सारमा उनी माक्र्सवादी नै थिएनन् र हुन पनि चाहा“दैनन् । माक्र्सवाद, लेनिनवाद र माओवाद के हो नै थाहा नभएका एनेकपा माओवादीको सल्लाहकारमा मनोनित भएर एनेकपा माओवादीको पालुङटार विस्तारित वैठकमा आएका रहेछन् । अनि त्यसले मलाई ती माथि उल्लेखित किताब पसलेको भनाइ कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी कितावको अध्यन किन गर्ने ? तिनको अध्यन गरेर के हुन्छ ? कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी ज्ञान बढाएर पार्टी, क्रान्ति र परिवर्तनलाई के मद्दत पु¥याउछ र ? भन्ने भनाइमा सत्यता लाग्यो ।
एमाओवादीको केन्द्रीय सल्लाहकार सदस्यमा मनोनित ती सदस्यको यो भनाइ र पुस्तक प्रकाशकको कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी कितावको अध्यन किन गर्ने ? तिनको अध्यन गरेर के हुन्छ ? कम्युनिस्ट दर्शन, सिद्धान्त, विचार सम्वन्धी ज्ञान बढाएर पार्टी, क्रान्ति र परिवर्तनलाई के मद्दत पु¥याउछ र ? भन्ने भनाइको बीचमा मैले एकरूपता पाए । मालेमाको सिद्धान्त के हो थाहा नै नभएका मानिस पार्टीको उच्च तहको सल्लाहकार सदस्यमा थिए । उनले भन्दै गए ‘अध्यक्ष प्रचण्ड पर्सा जानुभएको थियो अनि मैले ५०० जनालाई लाइन लगाएर उहा“को हातबाट अविर लगाएको ह“ु र अहिलेको बहसमा पनि कसले के भनिरहेका छन् मैले केही वुझ्दैन् तर मेरो समर्थन र भोट अध्यक्षलाई नै जान्छ । किनभने उहा“को हातबाट मैले अविर लगाएको हु“ ।’
उनले यसो भनिरह“दा मलाई लाग्यो, एमाओवादी अचम्मको पार्टी वनिरहेछ । जीवनका तीन दशक भन्दा लामो समयदेखि माक्र्स, लेनिन र माओको सिद्धान्त, विचार र आदर्शलाई लिएर विभिन्न संघर्षका मोर्चामा लडेका, जेलनेल खाएका पनि त्यही छन् , दशवर्षे क्रान्तिको भट्टीमा खारिएर आएका युवा माक्र्सवादी लेनिनवादी माओवादी पनि त्यही छन् । उल्लेखित सल्लाहकार कमरेड पनि त्यहि छन्, जसलाई माक्र्सवाद लेनिनवाद माओवाद भनेको कुन चराको नाम हो थाहै छैन् र थाहा पाउनु पर्ने आवश्यकता पनि उनले देखेका छैनन् । मलाइ लाग्यो ती प्रकाशकले भनेका कुरामा दम छ । जे होस मेरो किताव पढने, पढेपछि केही लेख्ने एक प्रकारको वानी जस्तै भएकाले मैले अहिले पढदा मेरो पहिलो नजर निम्न हरफमा पर्न गएः

What we see all around is all lie,no more .

There is a long way to go to the bottom of things. .

Do not take what we see for the truth of the world.

For the secret of things cannot be seen by the eye.

मैले यो हरफलाई अंग्रेजीमै दोहो¥याई तेह¥याइ पढे तर त्यसको मर्मलाई वुझ्न मैले मेरो चिरप्रतिष्ठापित भाषा नेपाली भाषामा उल्था गर्ने कोशिस गरे । जस्तो भरखरै कुनै नया“ भाषा सिक्न थालेको मानिसले मनमनै त्यस भाषालाई आफ्नो मात्री भाषामा उल्था गरिरहेको हुन्छ, नया“ भाषाको आत्माचाहि(जसलाई मर्म भनिन्छ) उसले त्यसैबेला मात्रै ह्दयंगम गर्न सक्छ, जब उ त्यस भाषामा कति दक्ष हुन्छ भने उसको लागि नया“ भाषालाई मनमनै पुरानो भाषामा उल्था गरिरहने आवश्यकता पर्दैन्, नया“ भाषा प्रयोग गर्दा आफ्नो मात्री भाषालाई विर्सन्छ । म उल्लेखित अवस्थामा त थिइन तर पनि आफ्नो मात्री भाषामा उल्था गरि हेरे । मैले उल्था गरेको मात्री भाषा यस्तो भयो ः
“चारैतिर हामी जे जति देख्छौ, ती सब हुन् झुटो
चीजहरूको सारसम्म पुग्न जानु छ लामो बाटो
सत्य भनी नलेउ, जुन तिमी देख्छौ आ“खाले
कारण चीजहरूको रहस्य देख्न सकिन्न नेत्रले ।”
यसरी आफ्नो मात्री भाषामा उल्था गरिएको उल्लेखित हरफलाई पनि दोहो¥याई तेह¥याइ पढे । म आफू आफ्नो दुई दशकको समय अंग्रेजीमै वोल्ने, अंग्रेजीमै लेख्ने र अंग्रेजीमै सोच्ने गरेर वितेकाले मलाइ माथि भनेझै अंग्रेजीमा लेखिएका कुराको मर्म वुझ्न त्यसलाई मनमनै पुरानो(नेपाली) भाषामा उल्था गरिरहने आवश्यकता पर्दैन्, तर नया“ भाषा प्रयोग गर्दा आफ्नो मात्री भाषालाई नै विर्सने स्तरमा चाही म पुगेको छैन् । यो मेरो कमजोरी पनि भनिएला तर मेरो लागि यो मेरो आफ्नो मात्री भाषाप्रतिको माया“ हो भन्ने मलाई लाग्छ । जे होस नेपाली र अंग्रेजी मेरो पहिलो र दोस्रो अभिव्यक्तिका लागि प्रयोग गरिने भाषामा पर्दछन् ।
ओमर खैयामको उल्लेखित कविताले दृश्य–रूप र सारतत्व बीचको अन्तरसम्वन्धलाई स्पष्ट पार्न मद्दत गर्दछ भन्ने मलाई लाग्दछ । साथै त्यस्तो झुटो रूपका विरूद्ध चेतावनीको रूपमा पनि उनको कवितालाई लिंदा अन्याय हु“दैन होला भन्ने मलाई लाग्दछ । ओमर खैयामको उक्त भनाइले हामीलाई दृश्य–रूपले सारतत्व नै हो की भन्ने भ्रम दिने सम्भावनावारे स्पष्ट पार्दछ । खासगरी एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईमा देखिएको यो उनीहख्ले देखाएको उनीहख्को दृश्य—ख्प र अहिले उनीहख्ले शान्ति प्रक्रियापछि नेपाली जनता र अन्तराष्ट्रिय समुदायले चिन्दै गएको सारतत्व बीचमा बढदै गएको गहिरो खाडलले ओमर खैयामको उल्लेखित कविता उनीहख् कै लागि लेखिएको त होइन्, शंका गर्ने ठाउ“ बनेको छ ।
म राजनीतिक रूपमा माक्र्सवादलाई यथार्थवादको रूपमा स्विकार गरेर लागेको थिए । तर माक्र्सवादी पार्टीभित्रका कैयौ सदस्यले यथार्थतालाई पचाउन कठिनाइ मानेको देख्दै आएको छु । उनीहरू पार्टीभित्र कसैले वास्तविकताको उद्घाटन नगरोस भन्ने चाहन्छन् । कोही कसैले वास्तविकतालाई कोटयाउने प्रयास गरेमात्रै पनि उ देखि डराउने गर्दछन् । त्यसैले पार्टीभित्र यस्ता मानिस उनीहरूका लागि ज्यालामा नमिलेको डुम बन्न जान्छन् । म पनि उनीहरूका लागि ज्यालामा नमिलेको डुम बन्न गएको थिए । म पार्टीको हकहितका लागि काम त गर्ने तर के यसले पार्टीको हित गरेको छ त भनेर प्रश्न गर्ने मान्छेमा परे । पार्टीमा विभिन्न विचारसमूह छन् , त्यहा“ मानिसलाई कुनै पनि रूपमा आफूलाई अभिव्यक्त गर्ने छुट छैन् । म त्यहा“ रहुन्जेल सार्वजनिक रूपमा कसैले आफूलाई अभिव्यक्त गरेको मलाई थाहा छैन् । आफ्नो अभिव्यक्तिलाई कुण्ठीत वनाएर बा“च्न अभ्यस्त वनाउन म तयार भएन् ।
मैले स्कूलमा पढदा प्रत्येक शुक्रवार साहित्यीक कार्यक्रम र बक्तृत्वकलामा कार्यक्रम हुन्थ्यो । म पनि त्यसमा भागलिदा बढि जसो साहित्यमा कविता लेख्ने गर्दथे र मैले लेखेका ती कविता शोषण तथा अन्याय अत्यचारका विरूद्ध हुन्थे । खासगरी तत्कालिन निरङकुस पञ्चायती व्यवस्थाका विरूद्ध । त्यहा“ प्रथम, द्धितीय तथा तृतीय पुरस्कार दिइन्थ्यो । म प्रायजसो त्यो पक्तिमा पर्दथे, जसले केहि न केहि पुरस्कार हात पार्दथे । तर म कम्युनिस्ट थिइन्, प्रगतिशील चाही थिए । तर पनि म जन्मेको जिल्लामा शिक्षक र विद्यार्थीमा कम्य!निस्टको प्रभाव बलियो थियो । २०२८ सालमा मैले जव एसएलसी दिए, म अलिकति वामपन्थी विचारधाराप्रति आकर्षित भए । त्यस समय मैले चिनेका केहि कम्युनिस्ट विद्यार्थी नेता थिए । उनीहरूको काम पार्टीको ठुला नेताहरूलाई गाउ“मा आएको समयमा सुरक्षा दिने, उनीहरूको लागि वस्ने खानेको व्यवस्था गर्ने । उनीहरू दृस्य–रूपमा कम्युनिस्ट थिए तर उनीहरूको सारतत्व भने कम्युनिस्ट आचरण, व्यवहार आदिमा मेल खादैनथ्यो । दृस्य–रूपमा जुवा, तास, जाड, रक्सीको विरोध तर व्यवहारमा उनी नै त्यसको लम्पट । नेताले उनीहरूलाई झोला वोकाउने अनि उनले चाही आफ्नो र नेताको दुवै झोला तल्ला कार्यकर्तालाई वोकाउने गर्दथे । नेताका लागि एक हजार चन्दा उठाए भने पा“च सय आफ्नो खल्तीमा कसैलाई थाहा नदिइ राख्ने गर्दथे ।
२०२९ सालमा एसएलसि लगत्तै आइ.एस्सी पढन म काठमाण्डौ आए । काठमाण्डौको वसाइमा मैले एउटा अनौठो अनुभूति गर्दै गए । मेरो गा“उले परिवेसमा भन्दा काठमाण्डौको वातावरणमा दृश्य–रूप र सारतत्व बीचको अन्तर झन जटील र फराकिलो वन्दै गएको पाए । मेरो आफनै उदाहरणमा, दृश्य–रूप मेरो काठमाण्डौको एउटा सुकिलो मुकिलो विद्यार्थी ठिटो थिए भने मेरो सारतत्व भने गाउ“बाट मेरा बुवाआमाले मकै, कोदो, धानका गेडा बटुलेर त्यसको विक्रिबाट आएको पैसा मेरो आधार थियो । २०३१ सालको श्रावण १५ गतेका दिन मैले काठमाण्डौको जिल्ला समितिको मातहतमा नेकपा चौथोमहाधिवेशनको सदस्यता लिए पछि मेरो रूपमा अदलबदल आयो । मेरो दृश्य–रूप एउटा विद्यार्थी थियो भने सारमा एउटा कम्युनिस्ट कार्यकर्ता । त्यसवेला कम्युनिस्ट एउटा आदर्श थियो । जनता कम्युनिस्ट बन्न डराउ“दथे । एउटा त जनताको राजनीतिक चेतनास्तरमा भएको कमि होला, अर्को कम्युनिस्टबारे त्यसका विरोधीले फैलाएका भ्रमपनि थिए । तेस्रो कम्युनिष्ट बन्न अलि घेरै तगराहख् पार गरेर मात्रै सम्भव थियो । सिद्धान्तमात्रै पढेर नपुग्ने, त्यसलाई व्यवहारमा पनि देखाउनु पर्ने हुन्थ्यो । त्यसकारण त्यसवेला संख्यामा उनीहख् कम थिए तर भन्ने गरिन्थयो ‘एक जना कम्युनिष्ट बराबर १० जना का“ग्रेस र १० जना का“ग्रेस बराबर १०० जना पञ्चहख् । त्यसबेलाका कम्युनिष्ट नेता तथा कार्यकतामा अहिले जस्तो उनीहख्को दृश्य–रूप, सारतत्व बीचमा त्यति ठूलो खाडल थिएन् र कम्युनिस्टहरु द्धैध.चरित्रका हुन्छन् भन्ने आरोप कसैबाट थिएन् । तर अहिले तलको उदाहरण आफै बोल्छः
२०६८ कार्तिक ४ गते नेपाल–भारत बीच “बिप्पा सम्झौता” भयो । यो सम्झौता गरेका थिए नेपालमा चलेको १० वर्से जनयुद्धका एक जना नायक डा.बाबुराम भट्टराइले । यो सम्झौताले गर्दा डा.बाबुराम भट्टराइको राजनीतिक इतिहासमा र उनको व्यक्तिगत छवीमा कहिल्यै नमेटिने कालो धब्बा लागेको छ । यो सम्झौताले उनको एक समयको चम्किलो अनुहारमा कालो मोसो दलिएको छ । विगतका नेपालका राजनेताहरूलाई लागेको ‘राष्ट्रघात’को आरोपको माला उनले पनि पहिरिएका छन् । यो कालो धब्बाबाट समग्र माओवादी पार्टी उनीस“गै सति जानबाट बच्न त सफल भएको छ तर पनि माओवादी पार्टीको नेतृत्वको सरकारको समयमा गरिएको ‘राष्ट्रघाती’ कार्य भनेर नेपालको इतिहासको एउटा कुनामा रहने भएको छ । यो नेपालका क्रान्तिकारी कम्युनिस्टहरूको लागि दुखद पक्ष हो । हुनत बिप्पा सम्झौतालाई स्वयम बाबुरामले “रिष्क मोलेको”, “जुवा खेलेको” आदि शब्दको प्रयोग गरेर आफूले जानीजानी गल्ती गरेको स्विकार गरेका छन् । आखिरमा नेपालका विद्धान भनेर सम्बोधन गरिने डा.बाबुराम भट्टराइबाट स्वयम भारतीय वित्तमन्त्री प्रणव मुखर्जीले समेत हतारमा यसमा हस्ताक्षेर नगर्दापनि हुन्छ भन्दाभन्दै र देशभित्रका समर्थक, विपक्षी र स्वयम आफ्नै पार्टीलाई पनि ढा“टेर किन उनले एक्लै यस्तो खतरा मोल्न तयार भए ? गम्भीर प्रश्न उठनु स्वाभाविक थियो र नभन्दै त्यस्ता प्रश्न उठेका पनि छन् र यसलाई कार्यान्वयन हुनबाट रोक्न स्वयम सर्वोच्च अदालतले पनि उनले गरेको सम्झौतामाथिको कार्यान्वयनमा रोक लगाएको थियो ।
बिप्पा सम्झौताबारे धेरैले धेरै लेखिसकेका छन् र विभिन्न पत्रपत्रिकामा र सञ्चारमा यसवारे व्यापक छलफल पनि भएका छन् । २०६८ मंसिर १९ गते काठमाण्डौमा १९ दलको आयोजनामा ‘बिप्पा सम्झौता र राष्ट्रिय हितको प्रश्न’ विषयक अन्तरक्रिया पनि भएको थियो । यसरी “बिप्पा सम्झौता”को दृश्य–रूप स्पष्टमा बाहिर आएको छ । दृश्य–रूप भनेको चीज आफ्नै भित्र जे छ त्यही हो । अर्थात सत्य हो, जो बाहिर आएको छ । यसरी अहिलेको दृश्य–रूपमा बिप्पा सम्झौता जे जसरी बाहिर आएको छ, त्यसले यसभित्र लुकेको सारतत्व के छ त्यसको पूर्वानुमान गर्न मात्रै मद्दत गर्दछ । किनभने प्रसिद्ध दार्शनिक हेगेलले भनेका थिए “दृश्य–रूपले सारतत्वलाई प्रदर्शित गर्दछ र सारतत्व आफ्नो दृश्य–रूपमा रहेको हुन्छ ।” बिप्पा सम्झौता र त्यसमा सम्झौता गर्ने डा.बाबुराम भट्टराइ बारे पनि सत्य हो ।
यदि हामी कुनै मानिसको चरित्र राम्रो छ भन्छौ भने, उसको सो चरित्र उसका आचरण र विभिन्न क्रियाकलापमा व्यवहारमा प्रकट हुनु पर्दछ । बाहिर प्रकट नभएको सारतत्व वास्तवमा सारतत्व नै रहदैन् । मानिसको भित्री सारतत्व उसको काम र आचरणमा देखा पर्दछ । त्यसैले त यो प्रसिद्ध भनाई छः मानिसको जा“च उसका कामहरूद्धारा हुन्छ, अर्थात कामले मानिसलाई चिनाउ“छ । आफ्नो काम र आचरणमार्फत मानिसले आफ्नो वास्तविक गुण र योग्यतालाई खुलस्त पार्दछ । एक पटक एउटा स्तरको परिक्षामा प्रथम भएको मानिस कहिले काही असफल पनि हुन्छ र डा.बाबुरामजी नेपाल–भारत बीचको बिप्पा सम्झौतामा राष्ट्रियताको कसिमा फेल भएका छन् । उनलाई पार्टीभित्र भारतपरस्तताको आरोप लगाइदै आएको थियो । उनले यहि भारतपरस्तताकै कारण एक दिन नेपाललाई अहित र भारतलाई हित हुने काम गर्ने छन् भनेर उनीप्रति विरोधीले लगाउने गरेको आरोप सही सिद्ध भएको छ । भन्ने गरिन्छ, कुनै मानिसमा निहित भित्री सारतत्वले आफ्नो अस्तित्व सिद्ध गर्न आफूलाई उसका काम र आचरणमा प्रकट गर्दछ । उसको काम र आचरण उसको खुलस्तिएको सारतत्व हो । यसरी, सारतत्व दृश्य–रूपमा र दृश्य–रूप एक पक्षमा सारतत्वमा फेरिने हुन्छन् । प्रत्येक दृश्य–रूप सारतत्वको एउटा मूर्त रूप रहे पनि, त्यसमा सम्पूर्ण सारतत्व भने रहेको हु“दैन्, त्यसको एक पक्ष मात्र रहेको हुन्छ । यसलाई लेनिनले यसरी देखाएका छन्ः“जुन चीजले आफूलाई देखाउ“छ, त्यो त्यसको एउटा निस्चिततामा, त्यसको एउटा पक्षमा , त्यसको एउटा क्षणमा सारतत्व हो । सारतत्व ठीक त्यस रूपमा देखिन्छ । देखिने रूप सारतत्व आफैको आफैमा दिग्दर्शन हो । ”
माथिको कुरालाई स्पष्ट पार्न एउटा उदाहरण लिउ“ । वर्तमान मन्त्रमिण्डल अन्तर्गत सुकुम्वासी, मोही किसानप्रति भयानक हेलचक्रयाई तथा वेवास्ता गरिएको पाइन्छ, र त्यो त्यसको जन–विरोधी सारतत्वको (अन्तरनिहित चरित्रको) एउटा अभिव्यक्ति हो । तर त्यो दृश्य–रूप अहिलेको मन्त्रीमण्डलको सम्पूर्ण सारतत्व होइन् , त्यसको एउटा पक्षमा मात्र सारतत्व हो । त्यसका अन्य पक्षहरू पनि छन्– मुठ्ठीभर मानिसहरूद्धारा जनताको शोषण, मनपरितन्त्र तथा भ्रष्टाचार, जनताको घटदो जीवनस्तर, कर्मचारीतन्त्र, आदि । नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले अनेकौ व्यक्तिहरू माक्र्सवादीबाट अवसरवादीमा(गद्दार समेत पनि) पतित भएको र भइरहेको देख्दैछौ । यो अधपतन तिनीहरूको चरित्रमा भएको परिवर्तन हो । उक्त परिवर्तित सारतत्वको प्रतिबिम्बस्वरूप तिनीहरूका व्यवहार र आचरण पनि फेरिन्छन् । यसरी फेरिएको व्यवहार र आचरण अनुसार उनीहरूमा सिद्धान्तप्रति बेवास्था, बास्तविक जनआन्दोलनप्रति विरोध, उदार–पु“जीवादी नेतृत्वको पछि लाग्ने प्रवृति, व्यक्तिगत स्वार्थपूर्ति आदि ।
डा.बाबुरामले भारतसंग गरेको बिप्पा सम्झौताको सारतत्वलाई अहिले बाहिर देखिएको दृश्य–रूपबाट तत्काल पत्तालगाउन सकिदैन् । किनभने कुनै पनि चीजको सारतत्व त्यसको बाह्य अभिव्यक्तिसित ठयाम्मै मिल्ने गरेर प्रकट हुदैन् । त्यसैले माक्र्सले भनेका छन्ः“……यदि चीजहरूको बाह्य दृश्य–रूप र सारतत्व प्रत्यक्षरूपले मिल्दो भएका भए, सारा विज्ञान अनावश्यक हुने थियो । ” माक्र्स, पु“जी, भाग ३, पृष्ठ ८१७ । जसरी कुनै भवनको बाहिर देखिने रूपलाई हेरेर त्यसको सम्पूर्ण भित्री कूरालाई जान्न सकिदैन्, त्यसै गरी दृश्य–रूपबाट सारतत्व पुरा मात्रामा खुलस्त हु“दैन ।
यहा“ कुन तथ्य उल्लेखयोग्य छ भने दृश्य–रूप सधैभरि सारतत्वसित मिल्दो हु“दैन् । कहिलेकाही कस्तो पनि हुन्छ भने बाह्य अभिव्यक्तिले सारतत्वलाई ठीक ढङगबाट प्रकट गर्नुको साटो बिकृत वा झुटो रूपमा प्रस्तुत गर्ने गर्छ । यस्तो हु“दा सारतत्वको सम्वन्धमा भ्रम वा गलत समझदारी हुन जान्छ । यसको एउटा उदाहरणलाई हेरौ । सयौ बर्षसम्म मानिसहरू कस्तो भ्रममा परेका थिए भने सूर्य पृथ्वीको वोरिपरि घुम्छ । यसो बाहिरबाट हेर्दा हामीलाई कस्तो भान हुन्छ भने सुर्यले पृथ्वीको परिक्रमा गरिरहेकोछ । यहा“ दृश्य–रूप सारतत्वको बिलकुल विपरित रहेको थियो, किनभने वास्तवमा पृथ्वी सूर्यको वोरिपरि घुम्ने गर्छ, जुन तथ्यलाई पछि पोलैण्डका महान खगोलशास्त्री कोपर्निकसले पत्ता लगाए ।
यसरी, दृश्य–रूप विकृति वा झुटो हुन सक्छ । त्यसबाट मानिसलाई धोका हुन सक्छ । झुटो, बाहिर देखिने कुरामा विश्वास गर्नेहरूले ठूल–ठूला धोका खाएका छन् । त्यसैले, दृश्य–रूप र त्यसको सारतत्व बीचमा आउन सक्ने सम्भवानालाई बेलैमा चिन्न एउटै मात्र हतियारको आवश्यकता पर्छ । र दृश्य–रूपदेखि सारतत्वसम्म पुग्ने बाटो पनि एउटै छ, त्यो भनेको अध्यन, अनुसन्धान, विश्लेषण, र त्यसका आधारमा संश्लेषणको वैज्ञानिक तरिकाको अवलम्वन नै हो । पुजीवादी शोषणको सारतत्व पत्ता लगाउन माक्र्सले उपरोक्त तरिकाको जसरी प्रयोग गरेका थिए , त्यो अहिलेको लागि पनि एउटा नमूना दृष्टान्त बनेको छ । त्यसवारे संक्षेपमा चर्चा गरौ ।
पु“जीवादी अर्थशास्त्रीहरूले पु“जीवादी शोषणको सारतत्वलाई पत्ता लगाउन सकेनन्, र सो नसक्नुको एउटा मुख्य कारण के भने उनीहरूले आफूलाई दृस्य–रूपमा मात्र सिमित राखे । पु“जीवाद अन्तरगत मजदुरले आफ्नो र आफ्ना परिवारको जीवन निर्वाहका लागि आफ्नो श्रम–शक्ति पु“जीपतिलाई बेच्छ र पु“जीपतिले उसको श्रम–शक्ति बापत उसलाई ज्याला दिने गर्छ । मजदुरले बेच्ने र पु“जीपतिले किन्ने । मजदुरले काम गर्ने र पु“जीपतिले ज्याला दिने । यो कारोबारमा बाहिरबाट हेर्दा कस्तो देखिन्छ भने उक्त खरीद विक्रीमा मजदुर र पु“जीपतिका बीच एकदमै न्यायोचित व्यवहार भएको छ । उक्त दृश्य–रूपको आधारमा पु“जीवादी अर्थशास्त्रीहरूले कस्तो आधार बनाए भने पुूजीपतिहरूले मजदुरको शोषण गरेर नाफा कमाउने होइन्, बरू आफ्नो लगानीको पु“जी उसको नाफाको स्रोत हो । त्यसरी उनीहरूबाट पु“जीवादी शोषणको रहस्य खुलस्त भएन् ।
त्यसको उल्टो माक्र्स त्यसको दृश्य–रूपमा मात्र सिमित रहेनन् । बरू वाह्य–रूप पछिल्तिर लुकेको शोषणको सारतत्व पत्तालगाउनमा लागे । आफ्नो यो उद्येश्यको सम्वन्धमा माक्र्सले लेखेका छन् ‘ ‘‘तसर्थ हामी केही समयका लागि त्यस्तो होहल्लापूर्ण क्षेत्रबाट विदा लिन्छौ, जहा“ हर कुरा सतहमा र सबैले देख्ने गरी घटिरहन्छ । हामी त्यसलाई पछ्याएर लुकेर बसेको उत्पादनको बासस्थानतर्फ लाग्छौ, र त्यसको संघारमा हामी कामको मानिसलाई बाहेक अरूलाई पस्न मनाही छ भनी लेखिएको पाउछौ । यहा“ हामी पु“जीले कसरी उत्पादन गर्छ भन्ने कुरा मात्र होइन्, पु“जीको उत्पादन कसरी हुन्छ भन्ने कुरा पनि भेट्टाउनेछौ । आखिरमा हामी नाफा निर्माणको रहस्य खुलस्त पार्नेछौ । ‘
दृश्य–रूपबाट सारतत्वमा घुसेर माक्र्सले कुन तत्थ्य पत्तालगाएका थिए भने मजदुरको श्रम—शक्ति त्यस्तो बिशेष खालको वस्तु हो, जसले पु“जीपतिबाट मिल्ने ज्याला(मूल्य)भन्दा बढी मूल्य पैदा गर्दछ । उक्त बढी मूल्य विनाज्यालाको श्रमको उपज हो, अतिरिक्त मूल्य हो, जसलाई पु“जीपतिले हडपेर लिन्छ र जुन उसको नाफाको मूहान हो । यसमा नै पु“जीवादी शोषणको रहस्य रहेको छ । आफ्नो वैज्ञानिक अनुसन्धानको क्रमममा माक्र्सले पु“जीवादी समाजको गतिको नियम पत्ता लगाएका थिए । माक्र्सको उक्त आविष्कार दृश्य.ख्प र सारतत्वमाझको आपसी सम्वन्धको समाधान कुन ढंगबाट गर्नुपर्छ भन्ने कुराको एक गहकिलो नमूना हो ।