बर्तमान विश्व बहुधुर्वीय ,क्रान्ति सम्पन्न गर्न अनुकुलता

यथास्थितिवादी ट्रेड युनियनहरुले मजदुरहरुको स्थायी हुने र संघर्ष गर्ने अधिकार समेत खोसे -तिमिल्सिना

प्रकाशित मिति : २०७६ आश्विन १२

नवलपुर ,१२ असोज
  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको नवलपुर जिल्ला सम्मेलन जिल्लास्थित गैँडाकोटमा सम्पन्न भएको छ । यही असोज १० गते श्रीराम पार्टी प्यालेसमा सम्पन्न उक्त प्रथम जिल्ला सम्मेलनको उद्घाटन ने.क.पा.(क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य अटलले गरेका थिए । उनले कार्यक्रमलाई सम्वोधन गर्दै बर्तमान विश्व बहुध्रुबीय बन्दै गएको र साम्राज्यवादको अस्तित्व थप संकटग्रस्त बनिरहेको वर्तमान अबस्थामा क्रान्ति सम्पन्न गर्न अनुकुलता सिर्जना भएको वताए । निकट भबिस्यमै बिद्रोह द्वारा सत्ता कब्जा गर्न सम्भावना रहेको भन्दै उनले आम मजदुरहरुलाई जनबिद्रोहको तयारीमा अग्रणी भुमिका खेल्न आग्रह समेत गरे । सत्ताधारी नेकपाले कम्युनिस्टका नाममा दलाल पुजिपतिबर्गको सेवा गरिरहेकोले त्यसका बिरुद्ध भण्डाफोर गर्दै मजदुरहरु सचेत ढङ्गले आफ्नो तयारीमा अगाडि बढ्नु पर्नेमा नेता अटलले विशेस जोड दिए । 

  त्यसैगरी बिशेष अतिथीको रुपमा सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्दै महासंघका केन्द्रीय अध्यक्ष र्इश्वर तिमिल्सिनाले पुँजिपती बर्गको गोटी बनेका यथास्थितिवादी ट्रेड युनियनहरुले मजदुरले बिगतमा उपभोग गर्दै आइरहेका अधिकार समेत खोसेर मजदुर बिरोधी श्रम ऐन २०७४ निर्माण गर्न सकृय भुमिका खेलेको बताए । उनले हायर एण्ड फायर, नो वोर्क नो पे नीतिलाई कानुनी रुपमै अगाडि बढाएर मजदुरहरुको स्थायी हुने र संघर्ष गर्ने अधिकार समेत खोसेको तथ्य औल्याए । सरकार दलाल पुजिपतिबर्गको गोटी भएर काम गरिरहेकाले मजदुरबर्गको राजनैतिक सहभागिता सहितको राजनैतिक व्यवस्था स्थापनाकालागि अगाडि बढ्न नेता तिमिल्सिनाले आम मजदुरहरुलाई आग्रह गरेका थिए ।

  लोकबहादुर क्षेत्रीको अध्यक्षता र युवराज वाग्लेको सञ्चालनमा कार्यक्रमलाई अगाडि वढाइएको थियो ।
कार्यक्रममा नवलपुर जिल्ला पार्टी सेक्रेटरी उत्तम थापामगर,चितवन जिल्ला पार्टी सेक्रेटरी अशोक शर्मा,मजदुरनेता वालकृष्ण सिटौला लगायत विभिन्न जनवर्गीय सङ्गठनका जिल्ला तथा केन्द्रीय नेताहरुले शुभकामना दिएका थिए । कार्यक्रम हुनु अघि आकर्षक र्यालीले सहरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
सम्मेलनले लोकबहादुर क्षेत्रीको अध्यक्षतामा १३ सदसीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष शिव बहादुर दराइ, सचिव हरि दवाडी, कोषाध्यक्ष सङ्गिता गुरुङ र सदस्हरुमा सबिन राई, चिरञ्जिवी भण्डारी, कमला शाही, गोमा आलेमगर, टेकबहादुर राना, ज्ञान बहादुर थापा, आर्यन परियार, निरज कुनुङ मगर, अजय गुरुङ् रहेका छन् ।