नफुट, जुट
धेरै सुत्यौं, अब उठ
क्षितिज उघारिदैछ, लौ न जाग
कमाण्ड सम्हाल, अब अगाडि लाग ।

विगतबाट सिक, वर्तमानमा टेक
सहर बजार मात्रै होइन, हिंड बेसी लेक
पछ्याउँदै क्रान्तिका डोब, सहिदका पवित्र भूमी
रोज्दै त्याग, तपस्या, बलिदान, विजयको शीखर चुमी ।

हार्दिक शुभकामना !

कुरुप र घिनलाग्यो यो व्यवस्था, फाल्न अब जुट्नैपर्छ
देश र जनता लुट्ने दलालहरुलाई एक एक गरी चुट्नैपर्छ
गरी खाने गरिब जनताको व्यवस्था ‘जनगणतन्त्र’ अब ल्याउनैपर्छ
बन्दुकमा टिकेको सत्ता फाल्न अवश्यै फेरि पनि बन्दुक उठाउनै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर