सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सुर्खेत जिल्ला कमिटि गठन गरेको छ । शुक्रबार भएको विद्यार्थीहरुको एक भेलाले हिक्मत शाही हिमालको संयोजकत्वमा नेतृत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटिको निर्माण गरेको हो । समितिका दस्यहरुमा अनिल भण्डारी, जनार्दन थापा, रविन्द्र थापा, भावना रोकाय, दिनेश बुढा, टेक बहादुर खत्री, प्रशान्त गौतम र विज्ञान जैसी लगायत रहेका छन् ।
भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा कर्णाली प्रदेश सेक्रेटरी सिपी शर्मा, संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर