पठन संस्कृति : एक चर्चा

प्रकाशित मिति : २०७६ श्रावण ३०

- हिरामणि दुःखी

१. यतिबेला तुलनात्मक रूपमा नेपाली समाजको समग्र क्षेत्रका मानिसमा पठन संस्कृतिप्रति रुची घट्दो छ । अझ राजनीतिक दलका नेता कार्यकर्ताहरूमा यो प्रवृत्ति मौलाउँदो छ । जे नहुनु पथ्र्यो त्यही भइरहेको छ । रजनीतिक दलका मानिसहरू सबै भन्दा बढ्ता अध्ययनशील हुनु पर्ने हो । किनकि उनीहरूले नै देशलाई कस्तो बनाउने, कुन मोडेलमा लैजाने र कसरी समृद्ध बनाउने भनेर सोच्ने, योजना बनाउने, नीति नियम बनाएर लागू गर्ने गराउने हो । समृद्धि र विकासका कुरा हावादारी गफ चुटेर हुने कुरै हैन । बिडम्बना हाम्रो मुलुकका प्रधानमन्त्री नै सबैभन्दा बढ्ता हावादारी गफ चुटेर प्रफुल्ल हुन्छन् । र उनका कार्यकर्ताहरू क्या वात भन्दै ताली पिटेर नाङ्गो वादसाहलाई फुर्काएझैँ फुर्काउँदै र प्रसंसा गर्दै हिँड्छन् । उनीहरूमा नेताको चाकडी गर्ने र आफ्नो दूनो जति सकिन्छ आपूmतिर सोभ्mयाएर स्वार्थ पूरा गर्ने प्रवृत्ति छ । सत्ताधारी र वर्तमान् वुर्जुवा सत्ताका पक्षपाती राजनीतिक दलहरू सबैको अवस्था यही छ । क्रान्ति गर्ने अग्रगामी विचार, राजनीति, दर्शन बोकेका क्रान्तिकारी धारका कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूमा पनि पठन संस्कृतिप्रति अरूची बढ्दै जान थालेको छ । आफ्नो विकासको नापोको माध्यम पार्टी सङ्गठनका उपल्लो तहमा रहनुलाई बनाउने प्रवृत्ति छ । त्यसैले पठन संस्कृतिबारे छोटो चर्चा गर्ने कोसिस गरिएको छ ।

जतिबेला भाषाको समृद्धि र लिपिको विकास भएको थिएन त्यतिवेला श्रुति स्मृतिमार्फत् ज्ञानको प्रशारण हुन्थ्यो । त्यसरी नै ज्ञान र चेतना पुस्तान्तरमा हस्तन्तरण हुँदै जान्थ्यो । मानिसले व्यवहार, प्रयोग र अनुभवबाट आर्जित ज्ञान, सिप र कलालाई आफ्ना सन्तानहरूमा हस्तान्तरण गर्दै जान्थे । त्यतिबेला ज्ञानको आधार वा श्रोत प्रकृतिप्रदत्त वस्तुमा मानिसको श्रमबाट आर्जित उपलब्धि थियो । प्रकृतिको आफ्नै गतिबाट उत्पन्न परिस्थिति पनि मानिसको ज्ञानको श्रोत थियो । प्राकृतिक प्रकोप वा विपत्ती ज्ञानका नकारत्मक शिक्षा हुन्थे । प्रकृतिमा प्राप्त वस्तुलाई जब मानिसले आफ्नो उपयोगको साधन बनाएर सहज जीवन व्यतित गथ्र्यो त्यसबाट उसले सकारात्मक ज्ञान प्राप्त गथ्र्यो । मानव समाज र सभ्यताको विकास हुँदै जाने क्रममा मानिसले भाषाको विकास पनि गर्दै गयो । पछि त लिपिको पनि विकास गरेर श्रुति र स्मृतिबाट प्राप्त पुस्तान्तरमा प्रशारित ज्ञानलाई ग्रन्थमा लिपिबद्ध ग¥यो । यसरी लेख्य इतिहास निर्माण भएपछि मानिसले ज्ञान प्राप्तिको अर्को श्रोत पठनकार्यलाई पनि बनायो । अर्थात् ज्ञान प्राप्तिको श्रोत पुस्तक पनि बन्यो । यसरी पठन संस्कृतिको विकास हुँदै गयो ।


यससँगै पूर्वीय शिक्षामा गुरुकूलको पनि विकास भएर गयो । प्राचीनकालको गुरुकूलमा पढ्नका लागि पुस्तकहरू उपलब्ध नहुँदा पनि अध्ययन गर्ने प्रचलन रहेको पाइन्छ । त्यतिवेलाको शिक्षा परम्परामा गुरुको मुखबाट निस्कने विचारको श्रवण गर्ने र त्यसलाई मनन् गर्ने परिपाटी थियो । त्यतिखेरको शिक्षण सिकाइको माध्यम भनेकै श्रवण–मनन् पद्धति थियो । र, पनि मानिसमा अध्ययन गर्ने हुटहुटी तिव्र थियो । आजको जमानामा प्रशस्त अध्ययन सामग्री उपलब्ध छन् । अझ एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पछिल्लो समयमा भएको सूचना प्रविधिको विकासले ईमो, भाइवर, युट्युव, ईपुस्तक, ईजर्नल, ईलाइब्रेरी, गुगल, फेसबुक, ब्लग आदि सामाजिक सञ्जालमा पनि उपयोगी विषयवस्तु प्रसस्तै अध्ययन गर्न पाइन्छ । ठूलो सङ्ख्यामा मुद्रित अध्ययन सामग्री पनि उपलब्ध छन् तर पनि यतिखेर पठन संस्कृति ह«ासोन्मुख गतिमा छ । आम शिक्षक तथा विद्यार्थी दुवैमा पठन संस्कृतिमा रुची देखिँदैन । अझ राजनीतिक नेता कार्यकर्ताहरूमा त यो संस्कृति शून्य जस्तै हुन थालेको र अरूचि बढ्दै गएको पाइन्छ ।


यसरी पठन संस्कृतिमा आज आम मानिसमा किन अरूची बढ्दै गएको छ ? त्यसमा पनि अझ देशको नेतृत्व गर्ने र देशलाई समृद्ध बनाउँदै समग्र मानव जातिलाई सभ्य, सुसंस्कृत, समुन्नत र वैज्ञानिक बनाउने वर्गमा किन पठन संस्कृति लोप हुन थालेको छ ? अध्ययन चिन्तन नभएको र आधारभूत ज्ञान पनि नभएका बज्रस्वाँठहरूको हातमा राज्यसत्ताको बागडोर गयो भने समाज कस्तो होला ? कुनै पनि देशको समग्र विकास गर्न दक्ष प्राविधिज्ञ, सक्षम, कुसल र दक्ष कर्मचारी, सेना, प्रहरी, विशेषज्ञ, वैज्ञानिक, सक्षम उद्योगी, बुद्धिजीवी, शिक्षक, प्राध्यापक आदि पेसा र व्यवसायमा संलग्न जनशक्तिको भूमिका रहन्छ । परन्तु ती सबैलाई सही विचार, दृष्टिकोण र योजनाद्वारा नेतृत्व गर्ने भनेको त राजनीतिक दल र नेताहरूले हो । नेता नै सही बुझाई दृष्टिकोण र विचारका भएनन् भने अरू सक्षम वा दक्ष भएर मात्रै काम लाग्दैन । तसर्थ राजनीति गर्ने व्यक्ति अझ बढी अध्ययनशील र दृष्टिकोण प्रष्ट भएको हुनु अनिवार्य हुन्छ । राजनीति गर्ने व्यक्तिलाई औपचारिक रूपमा शैक्षिक प्रमाणपत्रको जरुरत पर्दैन तर यसको अर्थ ज्ञान नै नभएको हुनुपर्छ भन्ने होइन । सबैभन्दा महत्वपूर्ण कुरा विषयवस्तुलाई हेर्ने विश्वदृष्टिकोण स्पष्ट भएको हुनु पर्छ । त्यसैले राजनीतिक नेता कार्यकर्ताहरूमा अध्ययन चिन्तन मननमा रुची घट्दै जानु भनेको प्रकारान्तरले देश बर्बाद हुनु हो । यदि यो अवस्था यही गतिमा बढ्दै जाने हो भने देशको चित्र निकै भयावह देखिन्छ ।

२. जब आधुनिक कालमा शैक्षिक युगको विकास भयो तब प्रारम्भिक तहदेखि मध्यमिक तह हुँदै महाविद्यालय र विश्वविद्यालहरूको समेत विकास भयो । भाषाहरू पनि समृद्ध हुँदै गए । सबै भाषाभाषिका मानिसले आआफ्ना भाषामा शिक्षा प्राप्त गर्ने अवसरको विकास गर्दै गए । भाषासँगै आफ्नो भाषानुरूपका लिपी पनि विकास गरे । यसले सम्वादलाई सहज र नजिक बनायो । भाषाकै कारण मानिसलाई भावनात्मक रूपले पनि एकापसमा नजिक हुन सहज बन्यो । विज्ञान र प्रविधिमा आएको विकाससँगसँगै मानिसले आफ्नो अध्ययनको दायरालाई अझ फराकिलो बनाउँदै लैजानु पर्ने हो । तर पछिल्लो समयमा हाम्रो देशमा पठन संस्कृति ओह«ालो लाग्दै गएको देखिन्छ । ससाना वालवालिकाहरू कथित उच्च नम्बर ल्याएर उच्च ग्रेड प्राप्त गर्ने नाममा प्रश्नोत्तर मात्रैको घोकाइले यान्त्रिक बन्दै गएका छन् । हाम्रो मुलुकको शिक्षा नीति पनि त्यस्तै खालको छ । स्कूल कलेजहरूमा भएको अस्वस्थ प्रतिष्पर्धाले प्रश्नोत्तर घोकाउने र सोहीअनुसारका परीक्षा प्रणाली लागू गरेर दक्षताका नाममा झन् बढी अदक्ष जनशक्ति उत्पादन गरिरहेका छन् । साथै उनीहरूले युवाहरूलाई देशबाटै पलायन गराउने मनोवृत्तिको विकास गराई रहेका छन् ।

आज स्कूल कलेजहरूमा समेत समसामयिक घट्ना, विषयवस्तु, बदलिदो परिस्थिति, देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि विषयवस्तुलाई ख्याल नगरी कथित डिग्री र अनुभवको धाक दिन केवल पाठ्यपुस्तक केन्द्रित मात्र भएर अध्ययन अध्यापन गर्ने शिक्षक तथा विद्यार्थीहरूमा समेत पठन संस्कृतिको अभाव देखिन्छ । फलस्वरूप सान्दर्भिक पुस्तक, अनुशन्धानमूलक लेख, रचनाहरू, अनुशन्धानात्मक प्रतिवेदन आदि गैर पाठ्यसामग्रीहरूको अध्ययन गर्ने प्रचलन क्रमशः ओह«ालो लाग्दो अवस्थामा छ । स्कूल कलेजहरूमै पठन संस्कृतिको यसरी ह«ास हुन थालेपछि त्यहाँबाट उत्पादन हुने जनशक्ति कस्तो होला अनुमान गर्न सकिन्छ । यो कुरा राजनीतिक दलहरूका हकमा पनि त्यही हो । राजनीतिक दलहरूमा पनि आजको संसदीय राजनीतिको लुटतन्त्र, भोगतन्त्रले त्यस्तै बज्रस्वाँठ कार्यकर्ता उत्पादन गर्ने वातावरण बनाइराखेको छ ।

देश र जनतालाई मुखमा रामराम भनेर देखाउने तर यथार्थ परिणाममा देख्दा हृदयमा भाँडमै जावस भन्दै छुरा धस्ने वर्तमान बुर्जुवा संसदीय व्यवस्थाको राजनीति गर्न कुनै अग्रगामी विचार, दर्शन, राजनीतिका बारेमा अध्ययन, चिन्तन, मनन् गर्न पर्दैन । केवल चुनावमा टिकेटको ग्यारेण्टी गर्न बलियो गुट बनाउने, शक्तिशाली गुटका शीर्ष नेताको चाकडी गर्ने, चुनावका लागि साम, दाम, दण्ड र भेद गर्ने खुविको विकास गर्ने तथा पैसा र गुण्डाहरूको भण्डार बनाइराखे पुग्छ । त्यति भए चुनाव पनि जितिन्छ । दलबल जम्मा पार्न सक्ने, भ्रष्टाचार गरेर आर्जित केही हिस्सा गुटीय नेतासम्म पु¥याउन सक्नै हैसियत प्रदर्शन गर्न सकेमा निरन्तर प्रशस्तै बजेट र शक्ति प्रदर्शन गर्न पाइने मन्त्रालयका मन्त्री बन्न पनि सकिन्छ । यसका साथै दुईचार थान एनजिओ र आइएनजिओहरूलाई आफ्नो पकडमा राख्न सके संसार घुम्ने अवसर पनि जुट्छ । त्यसका लागि छलछाम, षड्यन्त्र र भ्रष्टाचारीय क्षमता विकास गरे पुग्छ । अरू सिर्जनात्मक तथा अग्रगामी वैचारिक अध्ययन गर्न आवश्यकता नै हुँदैन । यो हो दलाल पूँजीवादी संसदीय गणतन्त्रको शिक्षा पद्धती र पठन संस्कृति । संसदवादी नवप्रतिक्रियावादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूमा पनि यो कुरा लागू हुन्छ र भएको छ । परन्तु आज अग्रगामी दर्शन, विचार र राजनीति अवलम्वन गरेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूमा समेत पठन संस्कृतिमा आएको उदासीनता डरलाग्दो महामारी रोग हो ।

३. पठन संस्कृतिको विकास गर्ने भनेको नियमित रूपमा अग्रगामी दर्शन, विचार, राजनीति एवम् संस्कृतिका पाठ्यसामग्रीहरूको अध्ययन चिन्तन मनन गर्नु हो । साथै आपूmले अध्ययन गरेका विषय तथा मूल्यमान्यतामा बहस गर्ने, अनुसन्धान गर्ने तथा स्थापित मूल्यमान्यताहरूलाई तर्कसङ्गत ढङ्गले समर्थन या विरोध गर्ने क्षमताको विकास गर्नु पठन संस्कृति हो । पठन संस्कृतिले ज्ञान, बुद्धि, विवेक एवम् सामाजिक मूल्यमान्यता प्राप्त गर्नमा पनि सहयोग गर्छ । कुनै पनि विषयवस्तुमा गहिरो ज्ञान प्राप्त गर्न र ती ज्ञानलाई व्यवहारमा उपयोग गर्न पठन संस्कृति अत्यन्त उपयोगी हुन्छ । पठन संस्कृतिले आफ्ना विचार, दृष्टिकोण, मूल्यमान्यतालाई परिस्कृत र परिमार्जन गर्न सहयोग गर्छ । यसका साथै अझ उन्नत र नयाँ नयाँ विचार, दर्शन एवम् दृष्टिकोण सम्बन्धी समुचित जानकारीसमेत प्राप्त गर्न सकिन्छ । यसले पार्टीका योजना निर्माण गर्न र नयाँ कार्यदिशा निर्माण गर्न मद्दत गर्छ । यसले मानिसलाई यान्त्रिक बुझाईबाट मुक्त गर्छ र द्वन्द्ववादी एवम् भौतिकवादी वनाउन उत्प्रेरित गर्छ । अध्ययनले मानिसलाई सापेक्षित रूपमा पूर्ण पनि बनाउँछ । अध्ययनको विधि व्यवहारिक प्रयोगँगै पाठ्यसामग्रीको पद्धति अपनाउन सकिन्छ । व्यवहार ज्ञान र व्यवहारको द्वन्द्वात्मक सम्वन्धको विकास हुन्छ । पाठ्यसामग्री पढ्नु पनि व्यवहारको एउटा पाटो हो भने भौतिक कार्यमा संलग्न हुनु व्यवहारको अर्को र मुख्य पाटो हो ।
पठन संस्कृतिले हरेक व्यक्तिलाई फराकिलो बनाउँछ । उच्च चेतायुक्त बनाउँछ । चिन्तनशील, सिर्जनशील र विद्धान बनाउँछ । संसारमा विकास भएका विचार, दृष्टिकोण, दर्शन, नयाँनयाँ मूल्यमान्यता, विधि, पद्धति, प्रविधि आदि विषय सन्दर्भहरूको बारेमा पनि आवश्यक जानकारी गराउँछ । सोचाइको धरातल परिस्कृत गर्छ । विश्वमा भए÷गरेका नयाँ विकास र समृद्धिका तथ्यबारे सुसूचित हुन पनि पठन संस्कृतिले मद्यत गर्दछ । कुनै पनि विषयवस्तुको गाम्भिर्यता बारे सही ढङ्गले बुझ्नका लागि उत्कृष्ट माक्र्सवादी विचार, दर्शन, राजनीति, अर्थनीति, भूगोल, संस्कृति, साहित्य, कलाको अध्धययन आवश्यक हुन्छ । यसका साथै युग सापेक्ष अनुसन्धानमूलक विज्ञान र प्रविधिमा आएको विकासको अध्ययन पनि त्यत्तिकै जरुरी हुन्छ । यथार्थ जीवन भोगाइसँग सम्बन्धित तथा समय सान्दर्भिक अध्ययन सामग्रीको आवश्यकता पर्दछ । विचार र दर्शनको अध्ययन गर्दा माक्र्सवादी विचारका साथसाथै माक्र्सवाद विरोधी नवमाक्र्सवादी, उत्तरमाक्र्सवादी तथा उत्तरआधुनिकतावादी विचार दर्शनका बारेमा पनि आवश्य जानकारी लिनु जरुरी छ ।

४. आज एकातिर पठन संस्कृतिमा ह«ास आइरहेको छ भने अर्कातिर बजारमा उपलब्ध विभिन्न अध्ययन सामग्रीको स्तरीयता र सान्दर्भिकता पनि तल्लो स्तरको रहेको पाइन्छ । कर्पोरेट बजारका कारण सस्तो, अश्लिल, समाजमा विभ्रम र विखण्डन ल्याउने पूँजीवादी बजारिया विकाउ मालका रूपमा मात्रै पाठ्यसामग्रीको ओइरो लागेको छ । त्यस्तै कर्पोरेट हाउसबाट कतिपय होस्ट राइटिङ गराएर र कतिपय लेखकहरूलाई खरिदेर आफ्नो विषयवस्तु दिएर सस्तो र निम्छरो साहित्यिक कृति बजारमा ल्याउने गरिरहेका छन् । माक्र्सवादी साहित्यलाई सकेसम्म दुत्कार्ने, प्रचारमा ल्याउनै नदिने, राजनीतिक नाराबाजी भयो भनेर कोकोहोलो मच्चाउने गरिन्छ । हुँदा हुँदा अचेल त कतिपय नाम चलेका आफूलाई माक्र्सवादी साहित्यकार भन्नेहरूले पनि कर्पोरेट बजारको प्रभावबाट आकर्षित भएर वर्गविरोधी, जातिवादी, लिङ्गवादी र यौनवादी साहित्य पस्केर कर्पोरेट बजारबाट पुरस्कृत हुने स्पर्धामा दौडि रहेका छन् ।
सूचना भूमण्डलीकरण र प्रविधिमा आएको द्रुततर विकासले आज गम्भीर प्रकृतिको वैचारिक अध्ययन, लेखन, छलफल, बहस पनि कमजोर हुँदै गएको छ । माक्र्सवादी दर्शन, विचार, राजनीति, साहित्य, कला र संस्कृतिको अध्ययनतिर मान्छेको ध्यान जान छोडेको छ । फेसबुक, भाइवर, टुइटर, आदि सामाजिक सञ्जालहरूमा चौवीसै घण्टा झुण्डिने, सस्ता स्टाटस लेख्ने, टिप्पणी गर्ने, लाइक र कमेन्ट गनेर बस्ने अनि त्यसैमा रमाउने प्रवृत्ति सुनामीझैँ पैmलिइरहेको छ । यस्तो प्रवृत्तिले न त नेता बन्न सकिन्छ न त समाजलाई सही दिसामा डो¥याउन सकिन्छ । यस्तो प्रवृत्तिमा रमाउनेहरूले गर्ने राजनीति र राजनीतिमा लाग्नु पनि दिन कटाउने र त्यसका नाममा अनेकौँ गोरखधन्दा चलाउने सिवाय अरू केही हुँदैन । तसर्थ यदि हामीले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको बाटोमा मुलुकलाई लैजाने कार्यभार हामीले लिन्छौँ भने पहिला हामीले हातलाई सशस्त्र बनाउनु भन्दा दिमागलाई सशस्त्र बनाउन जरुरी छ । त्यो भनेको अहिलेको समाजलाई पढ्ने कुरा सँगै माक्र्सवादी दर्शन, विचार र दृष्टिकोणका बारेमा गम्भीर प्रकृतिले अध्ययनमा लाग्नु जरुरी छ ।
यदि हामीले बैचारिक अध्ययन गर्ने कुरा सीमित शीर्ष नेताहरूको मात्रै हो भनेर सोच्यौँ भने अर्को क्रान्तिको विसर्जन पनि त्यँहीबाट हुन्छ । जनयुद्धलाई प्रचण्ड बाबुरामहरूले समाप्त पारे भनेर उनीहरूलाई मात्रै सरापेर हामी सही हुँदैनौँ । जनयुद्ध समाप्त पार्ने वातावरण त्यतिवेलाका नीति निर्माणमा रहेका केन्द्रीय तहका हनुमान नेताहरूको पनि उत्तिकै हात । जनयुद्धकालका फिल्डमा खटेका नेता कार्यकर्ता, सेनाका कमाण्डर लाल त थिए तर निपूर्ण थिएनन् भन्ने देखिन्छ । बरु उनीहरू प्रचण्ड बाबुरामका अन्धभक्त, गणेश र हनुमान प्रवृत्तिका रहेछन् । दशौँ हजारले बलिदानी दिएर उँचाइमा उठेको जनयुद्ध एक थोपा रगत त के पसिना पनि नबगाई समाप्त पार्दा नेताहरू प्रचण्ड बाबुरामको फेरो समाएर संसदवादको बैतरणी तर्न तयार भए । पार्टीका तलैदेखी नेताहरू सम्ममा पठन संस्कृति नहुनुको परिणाम पनि हो । त्यसैले आजका क्रान्तिकारी कम्युनिस्ट नेता कार्यकर्ताहरूले पार्टीलाई साँच्चिकै क्रान्तिकारी माक्र्सवादी बनाउने हो भने सङ्गठनको नाम मात्रै क्रान्तिकारी राखेर हुँदैन आपूm पनि क्रान्तिकारी विचारले लैस हुन जरुरी छ ।
२०७६÷०४÷२९