नेपाली एकता समाज भारत जुट्यो राज्यहरुको सम्मेलनमा

प्रकाशित मिति : २०७६ श्रावण ३०

- विष्णु शर्मा


नयाँ दिल्ली । नेपाली एकता समाज भारत राज्यहरुको सम्मेलनमा जुटेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाको प्रमुख आतिथ्यतामा भारतका विभिन्न राज्यको सम्मेलन सम्पन्न हुँदै छन् ।

प्राप्त जानकारी अनुसार भारतको महाराष्ट्र, गुजरातमा आज राज्य सम्मेलन सम्पन्न हुँदैछ । सम्मेलनमा सामना साँस्कृतिक परिवारले क्रान्तिकारी गीत संगीत समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यसेगरी अगस्ट १८ मा मध्य–दक्षिण राज्य समितिको प्रथम सम्मेलन हैदराबाद मेडचल रोड दिवान ढावा नजिक जेडिमेट्ला भिलेजमा हुनेछ । त्यसैगरी २५ तारिकमा मध्यप्रदेश राज्य समिति को सम्मेलन प्रथम भुपालमा हुने कार्यक्रम तय गरिएको छ ।

सेप्टेम्बर १ मा दिल्ली एनसिआर राज्य सम्मेलन नोएडामा हुनेछ भने २०१९÷०९÷०५मा लेह–लद्दाख राज्य सम्मेलन सम्पन्न हुनेछ । त्यसैगरी सेप्टेम्बर ८ मा चण्डीगढ राज्य सम्मेलन हुनेछ भने १५ तारिखमा पन्जाब राज्य सम्मेलन लुधियानामा सम्पन्न हुनेछ ।

उक्त सम्मेलन सम्पन्न गर्नका निम्ति नेपाली एकता समाज भारतका नेता आनन्द थापाले आफ्नो फेसबुकको स्टाटसमार्फत् आर्थिक, नैतिक, भौतिक, रुपले सहयोग गरी सम्मेलन भब्यताका साथ सफल पार्नका लागि सम्पूर्ण राज्य समिति अन्तर्गतका न्यायप्रेमी, देशप्रेमी प्रबासी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु, आमाबुबाहरुमा विन्रम रुपमा हार्दिक अपिल गरेका छन् ।