मोहनविक्रम सिंहको बुमे¥याङग

प्रकाशित मिति : २०७६ श्रावण १०

- हुकुमबहादुर सिंह

 

क.मोहनविक्रम सिंहले २०२७÷०२८ तिर आनन्दबहादुर क्षेत्रीको नामबाट ‘गद्दार पुष्पलाल’ र ‘२०३४ सालमा छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक प्रकाशित गरेका थिए । २०३५÷०३६सालतीर चौथो महाधिवेशन र पहिलेको कोअर्डिनेशन कमिटी पछि माले अन्तरगत रहेर काम गर्नेहरुले अवश्य पनि ती दुई किताब पढे होलान तर त्यसपछिका कम्युनिस्टहरु, खासगरी वर्तमानका युवाहरुले सायदै यी दुई किताब पढने मौका पाए होलान ।

मलाई यी दुवै पुस्तकको अध्यन गर्ने अवसर मिलेको थियो । ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक त २०३४भन्दा अघि नै त्यसको हस्तलिखित टाइप वा लिथोद्धारा काठमाण्डौ जिल्ला संगठन समिति अन्तरगत रहेर भूमिगत रूपमा पार्टीले नै ब्यापक रुपमा बा“डेका थियो । त्यो पुस्तक झापाली समूहको आलोचनमा लेखिएको थियो । प्रस्तुत पुस्तक अहिले पढदा र त्यसमा उनले उठाएका सैद्धान्तिक पक्षहरू र अहिले उनले आफ्नै जीवनमा अपनाइरहेका सैद्धान्तिक र व्यवहारिक पक्षहरू पढदा र हेर्दा उनमा विकसित हु“दै गएको दक्षिणपन्थी संशोधनवादी विचलन र उनकै शव्दमा “गद्दारीको यात्रा” उन्मुख देखिएको पाइन्छ । २०३४ सालअघिका र अहिलेका क.मोहनविक्रम सिंहलाई राम्ररी बुझन उनले लेखेका यी दुईवटा– आनन्दबहादुरको नामबाट’गद्दार पुष्पलाल’ र छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक काफी छन् । यी दुबै पुस्तक अहिले उनका लागि बुमे¥याङग भएर उनैमाथि बज्रिएका हुन कि जस्तो लाग्छ । बुमे¥याङग भन्ने अष्ट्रेलियन आदिवासीले प्रयोग गर्ने हतियार हो, जो शत्रुलाई वार गरेपछि पुनः फर्केर आफैलाई हान्न आउ“छ र त्यसको होसियारी पुर्वक प्रयोग गरिएन भने त्यसको शिकार आफै पनि भइन्छ । अहिले क.मोहनविक्रम सिंहले लेखेका ती दुइ ‘बदनाम’ पुस्तकहरू उन कै लागि बुमे¥याङग भएका छन् । अहिले आएर उनका ती पुस्तकहरूमा उनको क्रान्ति सम्वन्धी र संयुक्त जनआन्दोलन सम्वन्धी राजनीतिक तथा सैद्धान्तिक आधारहरू कतिसम्म कमजोर धरातलमा उभिएका रहेछन् भन्ने स्पष्ट हुन्छ । उनले त्यस समयमा क.पुष्पलाल श्रेष्ठलाई उनको संयुक्त जनआन्दोलन सम्वन्धी अवधारणमा नेपाली का“ग्रेससित मिलेर नेपालको विद्यमान राजतन्त्रलाई र मूलतः एक दलीय निरङकुश पञ्चायती व्यवस्थालाई निर्मूल पार्ने सम्वन्धमा उनलाई नेपाली का“ग्रेस परस्त, यहा“सम्म कि नेपाली कांग्रेसको पुच्छर भएको आरोप समेत लगाएका थिए । तर अहिले उनी उनले क.पुष्पलाल श्रेष्ठलाई लगाएको उल्लेखित आरोपलाई नै आफै अंगाल्न पुगेका छन् । खासगरी संविधानसभाको पहिलो निर्वाचनपछि उनी कसरी र कति द्रुतगतिमा सिद्धान्ततःका“ग्रेसको हिमायती वन्न गएका छन्, त्यसबाट स्पष्ट भएकोछ ।

संविधानसभाको पहिलो निर्वाचनपछि संविधानसभामा जब संविधान निर्माणको बहस सुरु भयो, क.मोहनविक्रम सिंहले परम्परागत संसदवादी कित्तामा आफूलाई उभ्याउन पुगे । नेपाली का“ग्रेसका नेतासंग कुम मिलाएर भन्न थाले–“ नेपालमा संसदीय व्यवस्थाको विकल्प छैन् ।” उनले त्यहा“सम्म मात्रै आफ्नो अभिव्यक्तिलाई कायम राखेनन्, नेपाली का“ग्रेसका नेतासंग नेपालमा राष्ट्रपतीय प्रणाली किन उपयुक्त छैन् ? त्यसको कारण उनले भने “नेपालमा राष्ट्रपतीय प्रणाली स्थापना गरियो भने, माओवादी अध्यक्ष प्रचण्डको तानाशाही देशमा कायम हुने छ ।” नेपाली का“ग्रेसका नेतासंगबाट सापटी लिएर भन्ने गरेका यी भनाइहरुले उनको हददर्जाको राजनीतिक विचलन प्रदर्शन गर्दछ ।

अहिले पनि उनले ‘संसदीय राजनीतिक व्यवस्थाको विकल्प छैन्’ भनेर बारम्बार भन्ने गरिरहेका छन् । उनको त्यो भनाई उनकै शव्दमा कस्को सेवाको भावना अन्तर्निहित भएर बाहिर आएको हो ? के यसमा नेपालका ज्यामी, किसान मजदुर,आदिवासी जनजाति, मुश्लिम, दलीत आदि उत्पीडित वर्ग जातिप्रतिको सेवाको भावना अन्तर्निहित छ ? के यसमा नेपालका क्रान्तिकारी कम्युनिष्टहरूको भावना अन्तर्निहित छ ? उनले अहिले लिइरहेको नीति उनकै शव्दमा एकाधिकार दलाल पु“जीवाद तथा सामन्तवादको सेवाको भावनाद्धारा अन्तर्निहित छ भन्ने स्पष्ट छ । उनको पार्टीले सिद्धान्ततःनेपाली का“ग्रेसलाई अझै पनि दलाल पु“जीपति तथा सामन्त वर्गको पार्टी भनिरहेको छ तर अहिले उनले त्यही वर्गप्रतिको सेवाको भावना अन्तर्निहित भएर ‘नेपालमा जननिर्वाचित राष्ट्रपति वा जननिर्वाचित प्रधानमन्त्रीको पक्षमा आफ्नो पार्टी नरहेको र नेपालमा परम्परागत संसदीय राजनीतिक व्यवस्थाको विकल्प नरहेको’ भनिरहेका छन् । यहा“ के स्पष्टताको आवश्यकता छ भने माथि उल्लेखित प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री जे भएता पनि ती दुवै संसदीय व्यवस्थका अंग हुन । तै पनि त्यतिसम्म पनि उनी स्विकार गर्न तयार देखिएनन किनभने ती नेपाली कांग्रेसले अस्विकार गरेको थियो । यो हददर्जाको अवसरवादीता कसरी क्रान्तिकारी सिद्ध गर्न सकिन्छ ?

उनले पार्टीका गतिविधि, आन्दोलनका नारा आदि सबैलाई २०६२–०६३को आन्दोलनको सिमाभित्रमात्रै राख्ने र सामान्य रूपले उनको भाषामा आन्दोलनको मित्र शक्ति नेपाली का“ग्रेसबाट स्वीकृत हुने हदसम्म मात्र सिमित राख्न चाहन्छन् । त्यसैकारण नेपाली का“ग्रेससंगको सहकार्यलाई निरन्तरता दिन र उसलाई खुशी बनाउन उनले नेपालमा संसदीय राजनीतिक व्यवस्थाको विकल्प नरहेको भनेका हुन् ।
उनले उनीद्धारा लिखित पुस्तकमा ‘संसदीय आन्दोलनको विरोध वा क्रान्तिकारी उपयोग’ भन्ने शिर्षकमा राजनीतिक स्वतन्त्रता आदिका लागि गरिने संघर्षमा जोडका कारणले संसदीय आन्दोलन सित निकट र अनुकुल सम्वन्ध कायम गर्ने गलत प्रवृतिको विरोध गर्ने भनेका छन् । तर अहिले आएर संविधानसभाले नेपालमा अग्रगामी संविधान वनाउने सुनौलो अवसर भएको समयमा भने उही पुरानो वासी, सडेगलेको संसदीय व्यवस्थाको पक्षमा आवाज उठाएर उनले आफूलाई नेपालको कम्युनिष्ट आन्दोलनमा क्रान्ति र माक्र्सवादका कुरा घेरै फलाक्ने तर वर्गीय दृष्टिकोणबाट सधै विचलित हुने नेताका रूपमा पुनर्पुष्ठि गरिरहेका छन् । र वर्तमानमा नेकपा(क्रान्तिकारी माओवादी)ले अगाडि सारेको संसदीय व्यवस्थाको विकल्पमा क्रान्तिकारी कम्युनिस्टहरुले देशमा संघीय जनगणतान्त्रिक व्यवस्थाको स्थापनको लागि संघर्ष गर्नु पर्छ भन्ने भनाइमा असहमति जनाउ“दै यो नारा दिने समय आएको छैन र यो नारा दिंदा प्रतिगामी शक्तिहरु खासगरी राजतन्त्रवादीहरुले फाइदा लिन्छन् भनेर उक्त नाराको विरोध गरेका छन् ।

यसरी आजभन्दा करीब ४९ वर्ष अगाडि(२०२७) उनले जे भनेका थिए वा जसको विरोधमा उनी एउटा क्रान्तिकारी कित्तामा उभिएको छु भनेका थिए, त्यो फगत एउटा देखावटी मात्रै –एउटा क्रान्तिकारी लÇफाजी सिवाय केही रहेनछ भन्ने स्पष्ट भएको छ र त्यस समय क. पुष्पलाल श्रेष्ठ र तत्कालिन झापाली क्रान्तिकारीहरुमाथि लगाएका उनका ती आरोपहरु अहिले उनकै लागि बुमे¥याङग भएर उनैमाथि बज्रीए गएका छन् भन्दा अतीसयोक्ति ठहर्ने छैन ।