पछिल्लो पाँच वर्षमा सरकारले किन्यो २४ अर्ब ९ करोड ९९ लाखका सवारी साधन

प्रकाशित मिति : २०७६ श्रावण १०

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार नेपाल सरकारले पछिल्लो पाँच वर्षमा सवारी साधान खरिदमा २४ अर्बभन्दा बढी खर्च गरेको छ । तथ्याङ्कअनुसार सरकारले सावारी साधनमा २४ अर्ब ९ करोड ९९ लाख खर्च गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै ५ अर्ब ८३ करोड ८९ लाख खर्च गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सरकारले ६ अर्ब ६१ करोड ४५ लाख खर्च गरेको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा ६ अर्ब ७३ करोड ३४ लाख खर्च गरेको थियो । आर्थिक वर्ष २०७१÷७२ मा २ अर्ब ७१ करोड ३३ लाख र आर्थिक वर्ष २०७२÷७३ मा २ अर्ब २१ करोड ९६ लाख खर्च गरेको थियो ।

रक्षा मन्त्रालय र त्यस अन्तर्गतको निकायले सवारी साधन खरिदमा ५ वर्षमा ११ अर्ब ९३ करोड ६२ लाख खर्च गरेको छ । रक्षा मन्त्रालय, जङ्गी अड्डा, सैनिक हवाई महानिर्देशनालय, सैनिक कमाण्ड तथा स्टाफ कलेज र राष्ट्रिय सेवा दल गरी नेपाल सरकारले ५ वर्षमा खरिद गरेको सवारी साधनको खर्चको ४९.५२ प्रतिशत खर्च गरेको देखिएको छ ।