काठमाडौं । एसिड प्रहारबाट उपचाररत दोलखाकी जेनी खड्कालाई सरकारले केही नगद (पचास हजार) राहत प्रदान गरेको छ । आफ्नै श्रीमानबाट एसिड प्रहारपछि गम्भीर घाइते बनेकी दोलखाकी जेनी खड्का अहिले उपचारको क्रममै छिन् ।

हार्दिक शुभकामना !

अनुहार र घाँटीमा एसिड प्रहार भएपछि उनको उपचारका लागि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले राहत सहयोग र कानूनी उपचारको  लागि निरन्तर पहल गर्दै आइरहेको थियो ।पीडित खड्काको बारेमा अनेम संघ (क्रान्तिकारी) ले सरकार लगायतका विभिन्न संघ/संस्थालाई पनि सोको गम्भीरताको बारेमा जानकारी गराएको थियो । ढिलै भए पनि ओली सरकारका तर्फबाट पीडितलाई भेट्ने र केही आर्थिक राहत प्रदान गर्ने गरेको छ ।

यसका लागि पहल गरिरहेको अनेमसंघ (क्रान्तिकारी)ले सरकार र अन्य सहोगी तथा संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर