क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको भेला सम्पन्न

प्रकाशित मिति : २०७६ जेष्ठ २६


ललितपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ ललितपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले निसा राईको संयोजकत्वमा जिल्ला कमिटि निर्माण गरेको छ । कमिटिको सहसंयोजकमा राजकुमार देउला, सचिवमा सुजन मगर र सदस्यहरुमा सदस्यहरुमा भिम बिक, प्रेम श्रेष्ठ, मधु कला राई, अर्जुन कार्की, राजु कार्की ,मोहन मगर लगायत रहेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)का ललितपुर सचिव दीपकको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा महासंघका कार्यालय सदस्य शिव र प्रदेश संयोजक प्रसिद्ध लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।