भ्रष्टाचारी र दलालविरुद्ध अखिल (क्रान्तिकारी)

हुकुमबहादुर सिंह

प्रकाशित मिति : २०७६ जेष्ठ २६

अखिल (क्रान्तिकारी)ले विद्यार्थी आन्दोलनकै इतिहासमा (करीब तीनहप्ता) त्रिविभित्रका भ्रष्टाचारी र दलालविरुद्ध रिले अनसन गरिरहेको छ । अखिल (क्रान्तिकारी)का अनेकौ घटकहरु विद्यार्थी आन्दोलनमा विद्यमान भएको अवस्थामा यो स्पष्ट पार्न आवश्यक छ कि आखिरमा यो आन्दोलनको नेतृत्व गरिरहेको अखिल कुनचांही अखिल हो त ? यो अखिल (क्रान्तिकारी) भनेको नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध विद्यार्थीहरुको संगठन हो ।

नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्व वर्तमानमा महासचिव क. मोहन वैद्य ‘किरण’ले गरिरहनु भएको छ । महान् दशवर्षे जनयुद्धलाई बीच बाटोमै अलपत्र पारी छाडेर संसदीय व्यवस्था नै वर्तमानमा सबै थोक हो भन्दै संसदीय व्यवस्थाको पोखरीमा पौडी खेल्न गएका प्रचण्ड र बाबुरामका विरुद्ध क्रान्तिको झण्डालाई बाटोमै अलपत्र हुनबाट जोगाएर नेपाली सर्वहारावर्गीय क्रान्तिलाई अगाडि बढाउन कम्मर कसेर लाग्नु भएको मोहनवैद्य किरणको नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)ले देशबाट नोकरशाह, दलाल पुुँजीपतिवर्गको राज्यसत्तालाई ध्वंशपारी नेपालमा गरीब किसान, सुकुम्वासी, मजदुर, अल्पसंख्यक जातिजनजाति तथा आदिवासी, महिला, दलितआदिको राज्यसत्ता स्थापना गर्न लागि परेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले लिएको यो मार्गलाई अवरोध गर्न अहिले नेपाली कम्युनिस्ट आन्दोलनभित्रका दक्षिणपन्थी र वामखोलभित्रबाट विभिन्न रंग र रुपमा अगाडि आएका कम्युनिस्ट पार्टीहरु छन् । जनतामा यी पनि कम्युनिस्ट हुनभन्ने भ्रम काफी छ । केहीले विगतमा भन्ने गर्दथे कि सरकारमा ओली र प्रचण्ड नेतृत्वको कम्युनिस्टहरु छन् र जंगल र सडकमा पनि विप्लव नेतृत्वको नेकपा छ भने वैद्य नेतृत्वको नेकपाको के आवश्यकता ? तर इतिहासले अहिले स्पष्ट पार्दैछ कि कालान्तरमा (दीर्घकालमा) विप्लव नेतृत्वको नेकपाको अस्तित्व अहिलेकै रुपमा भविष्यमा पनि निरन्तर रहन सक्दैन ।
सबैले भन्दै आएका छन् कि उनीहरुको वर्तमान राजनीतिक कार्यदिशामा स्पष्टताको अभाव छ । कि वार्ताद्वारा उनीहरु सरकारी कम्युनिस्ट पार्टीमा समावेश हुन पर्दछ कि क्रान्तिकारी कम्युनिस्ट धारतिर ध्रुवीकृत हु“दै जानु पर्दछ । उनीहरुको पार्टीभित्रै यो खालको बहस सुरु भएको छ । यद्धपि उक्त पार्टीमा अझै क्रान्तिकारी धारकै बलियो पकड भएकोले उनीहरुले अन्त्यमा क्रान्तिकारी धारमै आफ्नो मतजाहेर गर्ने छन् । त्यसैगरी मसाल, नेकपा (ऋषि कट्टेल), सिपि तथा मजदुर किसान पार्टीबारे पनि सत्य हो । सरकारी नेकपा भित्र पनि क्रान्तिकारी र पूर्व एमाले र प्रचण्ड–काजी पक्षधरबीचमा गहिरो मतभेद देखिदै छ । त्यस भित्रबाट पनि क्रान्तिकारीको एउटा धारको विद्रोहको सम्भावना जीवीत छ । मूल प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध जनगणतन्त्रवादीहरु एउटा कित्तामा उभिनै पर्ने हुन्छ । यी सबैको फैसला भावी आन्दोलन र क्रान्तिको कार्यदिशाले गर्ने छ ।

अहिले पनि आन्दोलनको ज्वारभाटा केही सतहमा देखिने गरी र केही भित्रभित्रै चलिरहेका छन् । अखिल (क्रान्तिकारी)को यो पहलकदमी र सक्रियता अहिले त्रिवि सेवाआयोगको मूल गेट अगाडि रिले अनशनका रुपमा देखिएको छ, त्यो नेकपा (क्रान्तिकारी माओवादी) का लागि उसको नेपालका केही बदनाम कम्युनिस्ट मिलेर बनेको ओली–प्रचण्ड सरकार हरेक क्षेत्रमा भएका भ्रष्टाचार, तष्करी र दलालहरुका विरुद्धको विगतमा वाइडबडी खरिद प्रकरणमा ३५ करोड ५६ लाखको घोटालाका प्रमुखपात्र वायु सेवा निगमको महानिर्देशक सुगतरत्न कंसाकारमाथि नेकपा(क्रान्तिकारी (माओवादी)को आह्वानमा युवा लिगका साहसी युवाहरुको नेतृत्वमा उसकै कार्यकक्षमा दिउँसै उसको बदनाम अनुहारमा कालो मोसो घसेर यो सरकारको भ्रष्टाचारी अनुहारमा त्यसको सांकेतिक रुपमा कालो मोसो दलेको सन्देश दिएका थिए, त्यसकै निरन्तरता हो ।

अहिलेको यो विद्यार्थी नेतृत्व हरिकृष्ण गजुरेलले गर्नु भएको छ र उहाँकै टिमको
पहलकदमी र सक्रियतामा अहिले त्रिविवि सेवाआयोगको मूल गेट अगाडि अखिल (क्रान्तिकारी) को रिले अनशन आज सोमवारसम्म करीब तीन हप्ता पुगेको छ । उक्त संगठनले निम्न तीनवटा मागहरु राखेर रिले अनशन गरिरहेको छ, जसमा त्रि.वि.सेवा आयोग खारेजी, आयोगका भ्रष्ट पदाधिकारीाई तत्काल बरखास्तगी र अवैधानिक रुपमा त्रिवि सेवाआयोगद्वारा प्रकाशित गरिएको नतिजाको खारेजी । यिनै उल्लेखित नाराहरु लेखिएको ब्यानरमुनी उनीहरुको रिले अनसन चलिरहेको छ ।

अहिले त्रिवि सेवाआयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्कालबर्खास्त र उनीहरुको नेतृत्वमा अवैधानिक रुपमा प्रकाशित गरिएको नतिजाको खारेजीलगायत यस्तो भ्रष्ट त्रिवि सेवाआयोग नै खारेजीको माग राखेर गरेको उनीहरुको रिले अनशन शिक्षामन्त्रीको समेत ध्यान आकर्षण गर्दैछ । शिक्षामन्त्रीको यसप्रतिको निष्क्रियताले हरेक क्षेत्रमा जस्तै त्रिवि सेवा आयोगका भ्रष्टाचारीलाई जोगाउन यो सरकार र यसका शिक्षामन्त्री लागेका छन् भन्ने शंका गर्ने प्रशस्त आधारहरु देखिएका छन् । तर भ्रष्टाचारी तथा तस्करहरुबाट देशलाई बरबाद गराउन तम्सिएकाका विरुद्ध तिनलाई कारबाहीको मागगर्दै नेकपा (क्रान्तिकारी माओवादी)सम्वद्ध विद्यार्थी अखिल (क्रान्तिकारी)ले लिएको यो आन्दोलनको समर्थनमा देशका अनेकौ पत्रकारहरु र प्रकाशनहरुले आन्दोलनको खुलेरै समर्थन गरेका छन् । सञ्चार क्षेत्रको यो सक्रियता एउटा राम्रो उदाहरण बनेको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले भनेका छन्– ‘यो त्रिवि प्रशासन खासगरी सेवाआयोगका भ्रष्ट पदाधिकारीका गलत काम कारबाहीविरुद्ध आम मिडिया तथा सञ्चार क्षेत्र उद्देलित बनेका छन्, जसको परिणाम त्रिवि सेवाआयोग आन्दोलनरत विद्याथीसित वार्ता गर्न तयार बनेको छ ।’ उक्त रिले अनशनको समर्थनमा एक्यवद्धता प्रकट गर्न नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध विभिन्न जवसहरु मात्रै नभई विभिन्न विद्यार्थी संगठनहरुले पनि अनशनस्थलमा गएर उनीहरुका माग पूरा गर्न सरकारलाई दवाव दिइरहेका छन् ।

त्रिवि लामो समयदेखि भ्रष्टहरुको लागि आफैले खाने, आफ्ना परिवार, नातागोता तथा आसेपासेलाई खुवाउने र ती दलाल तथा तष्करसित बसेर गफगर्ने अखडा बन्दै आएको छ । त्रिवि सेवाआयोग पनि यसबाट मुक्त छैन । भ्रष्टाचार, तष्कर तथा माफियाको जालो वालुवाटार, सिंहदरवार, विश्वविद्यालयदेखि गाउ“टोलसम्म विस्तार हु“दै गएको छ । त्यसकारण भ्रष्टाचारीको यो जालो तोड्नका लािग नेकपा (क्रान्तिकारी माओवादी) को यो शाहसिक पहलमा हातेमालेको आवश्यकता छ । त्रिवि सेवा आयोगको आवश्यकता र औचित्यता समाप्तभएको धेरै पहिलेदेखि नै हो तर सरकार र प्रतिपक्षमा बसेका डबल नेकपा र नेपाली

कांग्रेसले त्रिविका हरेक पद तथा सुविधा एक आपसमा बांडी चु“डी गर्दै आएको इतिहास छ । यो गोलचक्करलाई तोडन अब नेकपा (क्रान्तिकारी माओवादी) को विद्याथी संगठन– अखिल (क्रान्तिकारी) सबै खाले बलिदानीपूर्ण कार्यका लागि पहलकदमीका साथ अगाडि आएको छ र नेपालका स्वाभिमानी नागरिकले यसका लागि उक्त विद्यार्थी संगठनको महान् बलिदानीपूर्ण आन्दोलनमा सहभागिताको आवश्यकता छ । नेकपा (क्रान्तिकारी माओवादी)को स्पष्ट मत छ कि देशमा व्याप्त यी तमाम विकृतिहरुका विरुद्ध सशक्त प्रतिरोधपूर्ण कार्यहरु गर्ने र यो सरकारका विरुद्ध मात्रै नभई यो प्रतिक्रियावादी संविधानका विरुद्ध पनि सशक्त संघर्ष गर्दै नेपालमा जनगणतन्त्रको स्थापनालाई सुनिश्चित गर्दै जानु आवश्यक छ ।

किनभने यी सबै विकृतिको मूलअधार भनेको यो प्रतिक्रियावादी सत्ता र यो सञ्चालन गर्ने वर्तमान संविधान हो । र यसरी भ्रष्टाचार तथा तष्करका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) को यो निरन्तर चल्ने अयिानमा उसको विद्यार्थी तथा युवा संगठनको जुझारु नेतृत्वको सक्रियता अपरिहार्य छ । हरिकृष्ण गजुरेलको नेतृत्वको यो अखिल (क्रान्तिकारी)ले क्रमशः आफ्नो पहिचान आमजनता र विद्यार्थीबीचमा स्थापित गर्न यो आन्दोलनले केही हदमा मद्दत गर्ने स्पष्ट देखिन्छ । यद्धपि यो मौकालाई उक्त संगठनको नेतृत्वले संगठनमा रुपान्तरण गर्न आवश्यक छ । संघर्ष–संगठन–संघर्षको प्रक्रियाबाट नै विद्यार्थीहरुले आफ्नो क्रान्तिकारी इतिहासलाई पुनर्जीवित गर्ने छन् । र अखिल क्रान्तिकारीको निशानाबाट त्रिवि सेवा आयोगका भ्रष्टाचारी र दलालहरु उम्किने छैनन् ।

कष्लनजजगपगmटडघ२नmबष्।ि अयm