क्रान्तिकारी पत्रकार महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

प्रकाशित मिति : २०७६ जेष्ठ २६


काठमाडौं । संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका संयोजक लेखबहादुर श्रेष्ठ‘सागर श्रेष्ठ’की ममतामयी आमा ललिमाया श्रेष्ठको ८६ वर्षको उमेरमा हुन पुगेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै क्रान्तिकारी पत्रकार महासंघले दिवंगत ललिमाया श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनका अध्यक्ष इन्द्र राउतले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

श्रद्धाञ्जली वक्तव्यमा उहाँका पाँच छोराहरु बोजराज श्रेष्ठ, भोजराज श्रेष्ठ, तानबहादुर श्रेष्ठ, टिकाबहादुर श्रेष्ठ र सागर श्रेष्ठ रहेको उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नपा–१३ निवासी ललिमाया श्रेष्ठको ललितपुरको ग्वार्को स्थित किष्ट हस्पिटलमा उपचारको क्रममा आज विहान २ बजे निधन हुन पुगेको थियो ।