
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) संगठन सुदृढीकरणमा जुटेको छ । यतिबेला क्रान्तिकारी माओवादी पार्टी सम्बद्ध जबस–मोर्चाका भेला सम्मेलनहरु धमाधम सम्पन्न भइरहेका छन् । पार्टीको जनवर्गीय संगठनको रुपमा रहेको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको राष्ट्रिय भेला ललितपुरको कुपण्डोल कार्यालयमा हुँदैछ भने पार्टीको जुझारु संगठनको रुपमा रहेको क्रान्तिकारी युवा लिग, नेपालको राष्ट्रिय सम्मेलन असारको ६ र ७ गते हेटौंडामा हुँदैछ । युवा र मजदुरको सम्मेलन तथा भेलालाई व्यापक र प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि अहिले प्रदेशहरुका भेला तथा सम्मेलनहरु भइरहेका छन् । युवाहरुको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप आइतबार ३ नं. प्रदेशको सम्मेलन सिन्धुलीमा सम्पन्न गरिएको छ । युवाहरुको मार्चपाससहित भव्य सभामार्फत् उद्घाटन गरिएको सम्मेलनले केशव ढलकोटीको नेतृत्वमा ३७ सदस्यीय कमिटि निर्वाचित गरेको छ । र, अन्य प्रदेशहरुको पनि भेला सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ ।

त्यसैगरी मजदुरहरु पनि राष्ट्रिय भेलालाई सान्दार रुपमा सम्पन्न गर्नका लागि आंगिक संगठनहरु र जिल्ला तथा प्रदेशका भेला तथा सम्मेलनहरुमा जुटेका छन् । शनिबार मात्र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कुमार घताने अध्यक्ष रहेको २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

जनजाति महासंघ र क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन र नेवाः मोर्चाको राष्ट्रिय भेला सम्पन्न
आइतबार अखिल नेपाल जनजाति महासंघको राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । सम्मेलनले डा. ओम गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलनले अन्य पदाधिकारीहरुमा पवनमा श्रेष्ठ उपाध्यक्ष, महासचिव नगेन्द्र राई, सचिव फुर्नाम्गेल मोक्तान र केवी फुदोङ र कोषाध्यक्षमा भरत बुर्जालाई निर्वाचित गरेको छ । सदस्यहरुमा निलबहादुर पुन, निमकला पुन, दयाराम चौधरी, फिरल चौधरी, अक्ष्मीत चौधरी, गौरव राई, गंगा राई, सुरेश तामाङ, प्रेम तामाङ, कृष्ण गुरुङ, टेकबहादुर गुरुङ, मोहन लिम्बु, खगेन्द्र छन्त्याल, दलबहादुर छन्त्याल, राजु भुजेल, सोनाम याङ्की, श्यामबहादुर कुमाल, शिव श्रेष्ठ, बालकुमार सुनुवारलगायत रहेका छन् । सम्मेलनले भिमबहादुर श्रीस, कमल चौधरी, बमबहादुर छन्त्याल, डिबी गुरुङलाई सल्लाहकारको रुपमा चयन गरेको छ । सम्मेलनको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन वैद्य‘किरण’ले गरेका थिए ।

यता शुक्रबार मात्र क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले महासंघको अध्यक्षमा इन्द्र राउतलाई निर्वाचित गरेको छ ।

राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्कीराना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ ।

सम्मेलनले सदस्यहरुमा लोकराज जैसी, दामोदर खनाल, मधुकर थापा, गोपाल जिसी, केशव अविरल, शिवशंकर पाण्डे, धनन्जय अवस्थी, कुमार भट्टराई, राजेन्द्र सुवेदी, सागर श्रेष्ठ, विष्णु आले, दिनेश श्रीवास्तव, प्रेम कँडेल, शोभा जिसीलगायतलाई निर्वाचित गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । इन्द्र राउतको अध्यक्षता र सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको सम्मेलनमा महासचिव किरण लगायत क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, क्रान्तिकारी माओवादीकै पीवीएम तथा ५ न. प्रदेशका सचिव प्रेम सुवेदी, महासंघका सल्लाहकार हिरामणि दुःखीलगायतले शुभकामना दिएका थिए ।

उता नेवाः मोर्चाको चौथो राष्ट्रिय भेला जेठको ९ र १० मा काठमाडौंमा सम्पन्न भयो । राष्ट्रिय भेलाले नेता पवनमान श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित गरेको थियो । भेलाले उपाध्यक्षहरुमा सुरेश श्रेष्ठ, मानध्वज श्रेष्ठ, गणेश खड्गी, गोर्की श्रेष्ठ, महासचिवमा शिव श्रेष्ठ, सचिवमा श्रीकृष्ण सुलु, कोषाध्यक्षमा सपना राजथलालाई निर्वाचित गरेको थियो ।

भेलाले सदस्यहरुमा अमीर ताम्राकार, सचिर महर्जन, शुशिला महर्जन, अमीरमैया रञ्जित, बोधराज श्रेष्ठ, तिलक श्रेष्ठ, रत्न महर्जन, गोपालदास श्रेष्ठ, नमस्ते सायमी, भागवत प्रधान, जगदिश्वर महर्जन, कृष्णप्रसाद घेमसु, राजु लोहला, सुदिप श्रेष्ठ, सौरभ कायस्थ, सुन्दरलाल श्रेष्ठ, किरण नगरकोटी, नरेन्द्रमान श्रेष्ठ, दशराज शाक्य, ज्ञानेन्द्र प्रजापति, चुडामणी श्रेष्ठ, लीलबहादुर श्रेष्ठ, नगेन्द्र महर्जन, प्रवीण त्वान्जु, गोकुलकृष्ण श्रेष्ठ, भूमिनारायण मल्ल, दानबहादुर श्रेष्ठ, उपेश श्रेष्ठ, राजकुमार देउला, गंगा मानन्धर, अर्पणा श्रेष्ठ, अजय बज्राचार्यलगायतलाई निर्वाचित गरेको थियो ।
































