क्रान्तिकारी युवा लिग ३ नं. प्रदेशको प्रदेश सम्मेलन उद्घाटन भव्य रुपमा सम्पन्न (फोटो फिचर)

प्रकाशित मिति : २०७६ जेष्ठ १८

क्रान्तिकारी युवा लिग ३ नं. प्रदेशको प्रथम प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रम सिन्धुलीको लोकतान्त्रिक चोकमा भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन सम्मेलनका प्रमुख अतिथि सीपी गजुरेलबाट भएको थियो ।

सम्मेलनलाई क्रान्तिकारी युवा लिगका केन्द्रीय संयोजक क. आकाश, जनसंपर्क मञ्चका केन्द्रीय अध्यक्ष वसन्त बोगटी, दोलखाका सेक्रेटरी क. गोविन्द, दलित नेता टेकबहादुर विक, जनसंपर्क मञ्चका कुमार बोगटी र स्वतन्त्र वामपन्थी कुमार दाहालद्वारा संबोधन गरिएको थियो ।

उद्घाटन समारोहमा उमेश मगरातीबाट शुभकामना मन्तव्य दिइएका थियो क. अमितले शुभकामना गीतबाट स्वागत गरेका थिए । क. सागरको सञ्चालनमा भएको उक्त उद्घाटन कार्यक्रम केशव ढल्कोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।