अखिल नेपाल आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा भव्य रुपले सम्पन्न (फोटो फिचर)

प्रकाशित मिति : २०७६ जेष्ठ १८

पोखरा । अखिल नेपाल आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय सम्मेलन शनिवार पोखरामा भव्य रुपले सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन समारोहलाई नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. मोहन वैद्य किरण, स्थायी समिति सदस्य क. रामसिंह श्रीस, पीवीएम क. सीताराम तामाङ, पार्टी सल्लाहकार समिति अध्यक्ष प्रा. डा. ओम गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

महासचिव नगेन्द्र राईद्वारा सञ्चालित उक्त उद्घाटन समारोहको अध्यक्षता महासंघका संयोजक कमल चौधरीले गरेका थिए ।