बाँके । क्रान्तिकारी युवा लिग नेपाल बाँके जिल्लाको प्रथम जिल्ला सम्मेलन शुक्रवार भव्यरुपमा सम्पन्न भएको छ । नेपालगञ्जस्थित होटल पिस प्लाजाको हलमा उक्त सम्मेलन सम्पन्न गरिएको हो ।

हार्दिक शुभकामना !

सम्मेलनले महेश खतिकको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हृदयश शाही, सचिवमा खगिश्वरा शाही, सहसचिवमा मुकेशकुमार गोरिया र कोषाध्यक्षमा धनबहादुर शाही चयन भएका छन् ।

सदस्यहरुमा ज्वाला, विसाल, धर्म विक, प्रकाश ढकाल, विनोद वर्मा, रामप्रसाद खतिक, जगदीश चौधरी, मुनबहादुर विक, इब्राइल खान, रसिक नाउ लगायत रहेका छन् ।

सम्मेलनका अवसरमा लर्डबुद्ध कलेज काठमाडौंमा मूल इकाई समितिमा रही काम गरिसक्नु भएका अविरल पार्टी प्रवेश गरेका छन् । उनको प्रवेशले युवाहरुमा निकै हौसला थपेको बताइएको छ ।

सम्मेलनको प्रमुख अतिथिमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज क. शंकुल, अतिथिहरुमा जिल्ला सेक्रेटरी क. अर्जुन, देजमो केन्द्रीय सदस्य लक्ष्मी चौलागाइँ तथा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका विराट शाहीको उपस्थििति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर