इपिजीको गोप्य प्रतिवेदनअनुसार सीमा स्तम्भ निर्माण गर्दै मोदी–ओली

प्रकाशित मिति : २०७६ जेष्ठ १८

सीमा मिचिएको विषयलाई लिएर नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेका बेला ओली सरकार र मोदी सरकारको द्विपक्षीय आन्तरिक सहमतिमा ४१८ किलोमिटरभित्र विवादित सीमा क्षेत्रमा सीमास्तम्भ निर्माण गरिसकिएको छ ।

पाँच नम्बर प्रदेशको नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर सीमास्तम्भ हेर्ने तथा निर्माण गर्ने जिम्मा पाएको नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर ३ ले करीब साढे पाँच महिना लगाएर उक्त स्थानमा सीमा स्तम्भ निर्माण कार्य थालनी गरेको हो ।

हाल कपिलवस्तु र रुपन्देहीको नेपाल–भारत विवादित सीमामा २ सय ८४ नयाँ सीमास्तम्भ निर्माण गरिसकिएको छ । निर्मित सीमा स्तम्भहरुमध्ये ७ वटा मुख्य, ६८ मध्यम र २ सय ९ वटा सामान्य रहेका छन् ।

सन् २०१८ को डिसेम्बर १५ तारेखदेखि २०१९ को मे अन्तिमसम्म यी सीमास्तम्भहरु निर्माण गरिएका हुन् । सीमा टोलीले दाङ, बाँके र बर्दियामा अर्को वर्षदेखि सीमा स्तम्भ राख्ने काम थाल्ने छ ।

नवलपरासीको सुस्ताको विवाद अन्र्राष्ट्रियकरण भएकाले त्यहाँ पिलर निर्माण कार्य हाललाई रोकेर स्थानीय जनता आक्रोशित हुनबाट रोकिएको बताइएको छ ।

तर स्थानीय जनताका अनुसार विवाद नभएको भनिएको सीमाक्षेत्रमा अकल्पनीय रुपमा नेपालको भूगोल अतिक्रमण गरी सीमा राखिएको छ । स्थानीय जनता भन्छन् यसको सुपरीवेक्षण कसले गर्ने ?