भक्तपुरमा युवा लिग, नेवा राष्ट्रिय मुक्ति मोर्चा र अखि नेपाल जनजाति महासंघको संयुक्त जिल्ला भेला सम्पन्न

भक्तपुरमा युवा लिग, नेवा राष्ट्रिय मुक्ति मोर्चा र अखि नेपाल जनजाति महासंघको संयुक्त जिल्ला भेला सम्पन्न

काठमाडौं । भक्तपुर चुनदेवीस्थित गलैंचा कारखानामा शनिवार क्रान्तिकारी युवा लिग, नेवा राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल जनजाति महासंघ भक्तपुर जिल्लाको संयुक्त जिल्ला भेला भव्यरुपमा सम्पन्न भएको छ ।

संयुक्त भेलाले राजु लोहलाको अध्यक्षतामा क्रान्तिकारी युवा लिग जिल्ला संगठन समिति चयन गरेको छ । उपाध्यक्षमा प्रवीण त्वाञ्जु, सचिव कृष्णप्रसाद बेञ्जु, सदस्यहरु अर्जुन बोगटी, आकाश बुढाथोकी, उमेश शुद्धकार, सञ्जीव सुवाल, सरिक सुवाल, बलराम लोहला, लक्ष्मीप्रसाद नासुला, भवनाथ ढुंगाना, गौतम श्रेष्ठ, सुवीर कोजु, तुल्सीराम सिल्पकार, रविन कर्माचार्य र रबिन श्यामा रहेका छन् ।

त्यसै गरी नेवा राष्ट्रिय मुक्ति मोर्चा भक्तपुर जिल्लाको जिल्ला अध्यक्षमा कृष्णप्रसाद घेमोसु, उपाध्यक्षमा राम कोजु, सचिव बलराम लोहला र सदस्यहरुमा गौतम श्रेष्ठ, उमेश शुद्धकार, सञ्जीज सुवाल, सरिक सुवाल, सुवीर कोजु, जयराम प्रजापति र तुल्सीराम सिलपकार रहेका छन् ।

त्यसै गरी अखिल नेपाल जनजाति महासंघको संयोजकमा पदम लामा सहसंयोजकमा कृष्णप्रसाद घेमोसु र सदस्यहरुमा गौतम श्रेष्ठ, अजय राना मगर, धीरजंग गुरुङ र मदन लामा रहेका छन् ।

भव्य रुपमा सम्पन्न उक्त जिल्ला भेलामा अतिथिहरु क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष क. अमिर महर्जन ‘आकाश’, जिल्ला पार्टी इञ्चार्ज क. जीवन र जिल्ला सेक्रेटरी क. विवेक, प्रदेश नम्बर ३ का संयोजक केशव ढलकोटी, भ्याली संयोजक सुरेश तामाङ, पार्टी इलाका इञ्चार्ज छत्र आले र रामकुमार दोङको उपस्थिति रहेको थियो ।

उक्त संयुक्त जिल्ला भेलामा प्रमुख अतिथि तथा युवा लिगका केन्द्रीय अध्यक्ष क. आकाशले नेपालमा अझै पनि नयाँ जनवादी क्रान्तिका कार्यभार बाँकी रहेकाले उक्त कार्यभार सम्पन्नताका लागि सबै युवाहरु क्रान्तिकारी पार्टीको मातहतमा रहेका विभिन्न जनवर्गीय संगठनहरुमा आवद्ध भई अघि बढ्न आह्वान गरेका थिए ।

संयुक्त भेला कार्यक्रम युवा लिगका जिल्ला अध्यक्ष राजु लोहलाको अध्यक्षता र नेवा मोर्चाको जिल्ला अध्यक्ष कृष्णप्रसाद घेमोसुको सञ्चालनमा सम्पन्न भएको थियो ।