क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको भेला सम्पन्न, राष्ट्रिय सम्मेलनका लागि बनाइए विभिन्न समितिहरु

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको भेला सम्पन्न, राष्ट्रिय सम्मेलनका लागि बनाइए विभिन्न समितिहरु

नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको सोमबार बर्दघाटमा भएको भेलाले संजय तिवारीको अध्यक्षतामा ९ सदस्सीय जिल्ला समिति गठनa गरेको छ । भेलाले समितिको उपाध्यक्षमा अग्रज पत्रकार बाबुराम गिरी सचिवमा राज कुमार पाण्डे, सहसचिवमा सागर सुनार र कोषाध्यक्षमा लक्ष्मी घिमिरेलाई चयन गरेको छ । त्यस्तै सदस्यरुमा बुद्धि भुजेल , दुर्गा भुर्तेल, सिमा थापा र सरस्वती श्रेष्ठ चयन भएका छन् ।
भेलाको उद्घाटनमा प्रमुख अतिथि क्रान्तिकारी पत्रकार महासंघ प्रदेश पाँचका संयोजक रवि पाण्डेयले गरेका थिए । कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज पिताम्बर आचार्यले राज्यले पत्रकारलाई चौथो अंगको रुपमा स्वीकार गरेपनि मिडिया काउन्सील बिद्येयक ल्याएर अंकुश लगाउन खोजेकोले एकताबद्ध भएर त्यसको प्रतिरोधमा लाग्न आग्रह गरे । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेल, प्रगतिवादी साहित्यकार ताराप्रसाद श्रेष्ठ, बोल्गा नेपाललगायतले शुभकामना दिएका थिए । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीका अध्यक्ष राजु खनाल, क्षेत्रबहादुर थापा सुर्य सापकोटा र सुर्य पाण्डेलगायतको उपस्थिति रहेको थियो । संजय तिवारीको अध्यक्षता र प्रेमलाल रिमालको संचालनमा सम्पन्न कार्यक्रममा लेखक तथा साहित्यकारहरुले आफ्ना लेख रचनावाचन समेत गरेका थिए ।

त्यस्तै भेला पछिको पहिलो बैठकले प्रेमलाल रिमालको संयोजक, बोल्गा नेपाल र ताराप्रसाद श्रेष्ठको सदस्य रहेको तीन सदस्सीय सल्लाहकार समिति चयन गरेको छ । बैठकले बुटवलमा जेठ १६ र १७ गते हुने राष्ट्रिय सम्मेलनका तयारीका लागि प्रतिनिधि पर्यबेक्षक छनौटका साथै बिभिन्न समिति समेत गठन गरेको नवनिर्वाचित अध्यक्ष तिवारीले जानकारी दिए ।

जस अनुसार प्रतिनिधिमा संजय तिवारी, राजकुमार पाण्डे र सागर सुनार पर्यबेक्षकहरुमा प्रेमलाल रिमाल र बाबुराम गिरीलाई चयन गरेको हो । त्यस्तै आर्थिक समितिको संयोजकमा राजकुमार पाण्डे सदस्यमा लक्ष्मी घिमिरे र सागर सुनार, प्रचार प्रसार समितिमा संयोजक सागर सुनार र सदस्यहरुमा दुर्गा भुर्तेल र सिमा थापा रहनुभएको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि दुर्गा भुर्तेलको संयोजकत्वमा ५ सदस्सीय स्वयसेवक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा बुद्धि भुजेल, सरस्वती श्रेष्ठ र ग्रेता राना रहेका छन् ।

यसैबीच, क्रान्तिकारी पत्रकार महासंघको जेष्ठ १६ र १७ गते बुटवलमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी तिब्र पारिएको छ । महासंघले आज बुटवलमा क्रान्तिकारी पत्रकारहरुको भेला गरेर सम्मेलनको तयारी तीब्र पारेको जनाएको हो । भेलाले महासंघ,रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीरानाको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन व्यवस्थापन र ११ सदस्यी आर्थिक समिति, सल्लाहकार आरपी शर्मा पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय आवास, हल, टेन्ट, साउण्ड सिष्टम व्यस्थापन समिति, सचिव मानबहादुर केसीको संयोजकत्वमा सात सदस्यी प्रचार–प्रसार समिति गठन गरिएको छ । भेलाले सम्मेलनका क्रममा प्रदेश र जिल्ला शाखाका भेला, सम्मेलन, प्रतिनिधि–प्रर्यवेक्षक चयनका साथै आर्थिक संकलन गर्ने जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मास्कीरानाको अध्यक्षता, सचिव केसीको सञ्चालनमा भएको भेलामा महासंघ प्रदेश ५ समितिका संयोजक रबि पाण्डे, सल्लाहकार प्रेमनाथ सुवेदी, सल्लाहकार पोख्रेल लगायतले बोल्नुभएको थियो । यसअघि महासंघको केन्द्रीय समितिको बैठकले अध्यक्ष इन्द्र राउतको संयोजकत्वमा प्रतिवेदन तथा विधान लेखन उपसमिति र सचिव रामकुमार श्रेष्ठको नेतृत्वमा व्यवस्थापन उपसमिति बनाएको थियो ।