प्रेमबहादुर बोहराको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी)द्वारा गहिरो दुःख व्यक्त

केन्द्रीय समिति सदस्य कमरेड डिल्ली बोहरालाई पितृशोक

प्रकाशित मिति : २०७६ जेष्ठ ३

काठमाडौं । भोजपुर साल्पागाउपालिका निवासी प्रेमबहादुर बोहराको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले गहिरो दुख व्यक्त गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा जनाइएको हो ।  विज्ञप्तिमा भोजपुर साल्पागाउपालिका निवासी कमरेड प्रेमबहादुर बोहराको ६९ वर्षको उमेरमा यही २०७६ साल वैसाख २ गते दुःखद निधन भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘उहॉ लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सम्लग्न रहिआउनु भएको थियो । उहॉ हाम्रो पार्टीमा आबद्ध हुनुहुन्थ्यो ।  उहॉ हाम्रो पार्टीका केन्द्रीय समितिका सदस्य कमरेड डिल्ली बोहराका पिता समेत हुनुहुन्थ्यो । कमरेड प्रेमबहादुर बोहराका श्रीमती कलामाया, १ छोरी तथा ज्वाइ‘, ४ छोरा तथा ३ वुहारी, २ नातिनी तथा ४ नातीहरु हुनुहुन्छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘कमरेड प्रेमबहादुर बोहराको निधनले हामी निकै दःखित भएका छौं । यस दुःखद अवस्थामा हामी कमरेड प्रेमबहादुर बोहराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, हामी उहॉका सबै शोक सन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’