देजमोका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु’ पुस्तक विमोचन गरिदै

देजमोका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु’ पुस्तक विमोचन गरिदै

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित पुस्तक‘राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु’को शुक्रबार विमोचन हुने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य समेत रहेका अध्यक्ष गजुरेलको पुस्तक क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’द्वारा विमोचन गरिने कार्यक्रम तय गरिएको छ । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रममाथि गरिएका विचार विश्लेषणमा आधारित रहेर विभिन्न मितिमा लेखिएका लेखहरुको सँगालोको रुपमा प्रस्तुत पुस्तक प्रकाशन गरिएको हो । पुस्तकको अध्ययनले समसामयिक राजनीतिक घटनाक्रम, तिनका प्रवृत्ति र त्यसमाथि गरिएको विचार विश्लेषणले परिस्थितिलाई ठीक ढंगले बुझ्न र व्याख्या गर्न खासगरी कम्युनिस्ट क्रान्तिकारी वृतका नेता कार्यकर्ताहरुलाई विशेष उपयोगी हुने देखिन्छ ।

भोलि अर्थात् शुक्रबार प्रज्ञा भवन कमलादीमा उक्त पुस्तक विमोचन गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ । पुस्तकमाथि नेकपाका अध्यक्ष ऋषि कट्टेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले टिप्पणी गर्ने कार्यक्रम समेत तय गरिएको छ ।