‘देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौं’ भन्दै क्रान्तिकारी माओवादीसहित विश्वका १५ वटा माओवादी पार्टीद्वारा संयुक्त अपिल जारी

प्रकाशित मिति : २०७६ बैशाख १८


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहित विश्वका १५ वटा कम्युनिस्ट पार्टीले १३० औं अन्तर्राष्ट्रिय मई दिवसको अवसर पारेर संयुक्त अपिल जारी गर्दै आ–आफ्नो देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौ भनी आव्हान गरेका छन् । संयुक्त अपील जारी गर्ने माओवादी पार्टीहरुमा माओवादी कम्युनिस्ट पार्टी निर्माण कमिटी, ग्यालिसिया, स्पेनिस राज्य, कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), टर्की कम्युनिस्ट पार्टी र मार्क्सवादी–लेनिनवादी, माओवादी कम्युनिस्ट पार्टी– ईटली, माओवादी कम्युनिस्ट पार्टी मनीपुर, माओवादी क्रान्तिकारी लिग– श्रीलंका, नयाँ कम्युनिस्ट पार्टी – ट्युनिसिया (निर्माणाधिन), पार्टी एल्काडेहाइन्स, ट्युनिसिए क्रान्तिकारी कम्युनिस्ट पार्टी (पिसीआर–आरसीपी क्यानडा), रेड युथ अफ जर्मनी, डेमोक्रेसी एण्ड क्लास स्ट्रगल, बृटिस स्टेट, माओइस्ट कम्युनिस्ट पार्टी फ्रान्स, युनियन ओब्रेरा कम्युनिस्टा (एमएलएम) –कोलम्विया, वर्कर्स भ्वाईस– मलेसिया लगायत रहेका छन् । ‘लाल तथा अन्तर्राष्ट्रियतावादी मई दिवस’ मूल शीर्षक र संसारका सर्वहारा तथा उत्पीडित जनता एक होऔं’ भन्ने शीर्षकमा जारी संयुक्त अपिलमा साम्राज्यवादको संकट र सर्वहारावर्गीय क्रान्तिको भविष्यको बारेमा चर्चा गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको तयारीको आवश्यकतामाथि जोड दिइएको छ ।

यस्तो छ अपीलको पूर्णपाठ :

“लाल तथा अन्तर्राष्ट्रियतावादी मई दिवस
                 संसारका सर्बहारा तथा उत्पीडित जनता एक हौं !

साम्राज्यवादी व्यवस्था गहिरो सङ्कटका बीचबाट अगाडि बढ्दै छ । यो सङ्कटको सामना गर्न र त्यसमाथि विजय प्राप्त गर्न भनी साम्राज्यवादी तथा प्रतिक्रियावादीहरुले चालेका सबै प्रयत्नहरु असफल भएका छन् र यो सङ्कट अझ गहिरिंदै र विस्तार हुँदै गएको छ ।
वित्तीय क्षेत्रमा पैदा भएको यो सङ्कटको कारण उत्पादनमा निहित छ र यो आज नयाँ मन्दीमा व्यक्त भैराखेको छ । वैश्विक अन्तर–साम्राज्यवादी विवाद तथा अन्तरविरोधहरु अरु चर्किंदै छन् ।

यी विवादहरु व्यापार युद्धका रुपमा व्यक्त भएका छन् र तिनीहरु सैन्य–राजनीतिक भू–रणनैतिक अन्तरविरोधहरुमा बदलिंदै गएका छन् । यो सङ्कट साम्राज्यवादद्वारा उत्पीडित देशहरुमा आक्रामक, अधिकृत तथा अप्रत्यक्ष युद्धतर्फ विस्तार हुँदै विश्वको पुनर्विभाजनका निमित्त साम्राज्यवादीहरुका बीचको नयाँ प्रत्यक्ष युद्धतर्फ उन्मुख छ ।

गहिरिंदै र विस्तार हँुदै गएको साम्राज्यवादी सङ्कटका कारण साम्राज्यवादी र प्रतिक्रियावादीहरुले आफुले बोकेको भारी सर्वहारा र जनसमुदायमा थाप्लोमा सार्दैछन् । यसले मुट्ठीभर साम्राज्यवादी देशहरुको सम्पत्ति र साम्राज्यवादद्वारा उत्पीडित देशका तीन–चौथाई जनताको गरीविका बीचको र प्रत्येक देशका शासक वर्ग तथा ती देशका सर्वहारा, किसान एवम् उत्पीडित जनसमुदाका बीचको आर्थिक खाडल अझ फराकिलो हुँदै गएको छ ।

यो सङ्कटले साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तरविरोध र साम्राज्यवादी देशमा पुँजीपति र सर्वहारा तथा आम जनताका बीचको अन्तरविरोध थप चर्काउने काम गरेको छ ।

साम्राज्यवादका नीतिहरुले पर्यावरणीय र प्राकृतिक क्षेत्रमा एकपछि अर्को गर्दै विध्वंशात्मक प्रभाव पार्दै आएका छन् । साम्राज्यवादी देशहरुमा खुला अधिनायकवाद र फासीवादतर्फको प्रवृत्ति बढ्दो छ ।

प्रतिक्रियावादी शासन सत्ता भएका र साम्राज्यवादप्रति बफादार साम्राज्यवादद्वारा उत्पीडित देशहरुमा राष्ट्रिय, जनपक्षीय र साम्राज्यवाद विरोधी सरकारहरु ढलिरहेका छन् भने फासीवादी तथा सैन्य चरित्रका अधिनायकवादी सरकारहरु अगाडि आउन थालेका छन् ।

साम्राज्यवाद भनेको चरम अभाव, प्रतिक्रिया र युद्ध हो । आजसम्म आईपुग्दा, विकास, सम्पन्नता, जनवाद तथा शान्ति, स्वास्थ्य तथा पर्यावरणको संरक्षण साम्राज्यवादी विश्व व्यवस्था अन्तर्गत प्राप्त हुन सक्दैनन् भन्ने कुरा प्रमाणित भैसकेको छ ।

साम्राज्यवादी तथा साम्राज्यवादद्वारा उत्पीडित दुवै खाले देशमा यो व्यवस्था र यसले ल्याएको सङ्कटका विरुद्ध सर्वहारा तथा उत्पीडित वर्गका जनताले विद्रोह गरिरहेका छन् । ती देशमा वर्गसङ्घर्ष, राष्ट्रिय मुक्ति आन्दोलन र जनयुद्धका निमित्त वस्तुगत परिस्थिति अनुकूल बन्दै गैराखेको छ ।

आत्मगत पक्षतर्फ, सर्वहारा वर्ग र माक्र्सवादी–लेनिनवादी–माओवादी सङ्गठनहरुले रणनीति, कार्यनीति र सङ्गठनको विकास गर्न र साम्राज्यवादी र साम्राज्यवादद्वारा उत्पीडित दुवै थरी देशहरुमा वस्तुगत परिस्थितिले पैदा गरेका चुनौतीको सामना गर्ने हदसम्मको सामथ्र्य निर्माण गर्न सकिराखेका छैनन् ।

संसारभरिका शासक वर्गहरु आफ्ना योजना र शासनलाई जनतामाथि थोपर्न र जनसमुदायको असन्तुष्टी र प्रतिरोधलाई दिग्भ्रमित गर्न फासीवादको सहारा लिने तर्फ उद्दत छन् ।

साम्राज्यवादद्वारा उत्पीडित देशहरुमा अझै पनि जनताको विद्रोहलाई ठूला, मध्यम वा निम्न पुँजीपति वा समान्ती शक्तिको कुनै हिस्साले र कुनै अवस्थामा यो वा त्यो साम्राज्यवादी शक्तिले नेतृत्व गरेको पाइन्छ र यो स्थितिमा कुनै हालतमा पनि सच्चा क्रान्तिकारी सङ्घर्षले नयाँ जनवाद तथा समाजवादको बाटो पक्डिन सक्दैन ।

साम्राज्यवादी देशहरुमा फ्रान्समा जस्तै जनसङ्घर्षहरु भए पनि फासिस्ट–लोकप्रियतावादीहरु अगाडि आउने गरेका छन् र ती देशमा साम्राज्यवादले जनआक्रोसलाई बुर्जुवा शासक वर्गका विरुद्ध होइन आप्रवाशी गरीवहरुका विरुद्ध मोड्दै जनताका बीचमा युद्ध भड्काउने कोशिस गर्दैछ ।

यस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट, क्रान्तिकारी र प्रगतिशील शक्तिहरुको कार्यभार व्यापक हुन आएको छ ।
आजको विश्वमा पुँजीवादले पैदा गरेको ज्यालादारी दासता, शोषण, उत्पीडन, दमन, गरिवी, भेदभाव, विध्वंश, सङ्कट र युद्धको विकल्प भनेको समाजवाद र साम्यवाद हो भन्ने कुरा अकाट्य सत्य सावित भएको छ ।

श्रमजीवि वर्गका पार्टीको निर्माण तथा विकास गर्नु, ती पार्टीले जनसमुदायका बीचमा जरा गाड्नु, मार्क्सवावाद–लेनिनवाद–माओवादका आधारमा सर्वहारा वर्गको वैचारिक तथा राजनीतिक स्वतन्त्रताका निमित्त जनसमुदायका माझ कडा सङ्घर्ष चलाउनु, यस्ता पार्टीको नेतृत्वमा सङ्घर्षशील जनताका बीच प्रतिक्रियावादी धार्मिक कट्टरपन्थी पान इस्लामवादीहरु, फासीवादी–लोकप्रियतावादी शक्तिहरु र सामाजिक जनवादी तथा सुधारवादी शक्तिका अवशेषहरुका प्रभावबाट जनतालाई मुक्त गर्ने काममा नेतृत्व प्रदान गर्न सक्षम वर्गीय सङ्गठनहरु निर्माण गर्नु र अर्थवाद, वैधानिकतावाद तथा साम्राज्यवादी हैकमका विरुद्ध लड्नु अहिलेको मुख्य कार्यभार हो ।

आन्तरिक प्रतिक्रियावादी युद्धका विरुद्ध सर्वहारा वर्गीय जनप्रतिरोध सङ्गठित गर्नु, साम्राज्यवादी युद्ध भड्किएका बेला त्यसलाई क्रान्तिमा बदल्न गंभीर तयारी गर्नु, सत्ताको उत्पीडनलाई जवाफ दिन र फासीवादी समूहहरुका विरुद्ध लड्नका लागि जनताको जुझारु र लडाकु शक्ति निर्माण गर्नु, साम्राज्यवाद र यस मातहतका सत्ता तथा सरकारलाई मिल्काउनका लागि सच्चा क्रान्तिकारी सङ्घर्षको मार्ग प्रशस्त गर्नु र सर्वहारा वर्गीय सत्ता स्थापना गर्नु अहिलेको आवश्यकता हो ।

हरेक देशमा लडिने यस्तो लडाईले वर्तमान अन्तर्राष्ट्रिय सन्दर्भमा एउटा अन्तर्राष्ट्रिय दृष्टिकोण, अन्तर्राष्ट्रिय सम्बन्ध र सर्वहारा वर्ग तथा उत्पीडित जनताका तर्फबाट अन्तर्राष्ट्रिय स्तरको साझा सङ्घर्षको माग गर्दछ ।

सर्वहारा वर्ग एउटा अन्तराष्ट्रिय वर्ग हो । यो सबभन्दा क्रान्तिकारी वर्ग हो । सम्पूर्ण मानव जातीलाई मुक्त गर्ने उद्देश्य पुरा गरेर मात्र यो वर्गले आफुलाई मुक्त गर्न सक्छ, जुन मुक्ति साम्राज्यवादी व्यवस्था तथा सबै खाले प्रतिक्रियावादलाई ध्वस्त पारेर समाजवादी क्रान्तिलाई विजयसम्म पु¥याउने र साम्यवादको दिशामा अगाडि बढ्ने सर्वहारा वर्गको विश्वव्यापी कार्यभारबाट प्राप्त हुन्छ ।

यो लेनिनद्वारा स्थापना गरिएको र स्तालिनद्वारा नेतृत्व गरिएको तेस्रो अन्तराष्ट्रिय स्थापनाको शतवार्षिकीको वर्ष पनि हो । तेस्रो अन्तराष्ट्रिय विश्व सर्वहारा वर्गको अन्तर्राष्ट्रियतावाद र अन्तर्राष्ट्रिय सङ्गठनको सर्बोच्च रुप हो ।

लेनिनले भन्नु भएको छ, “तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको युगान्तकारी महत्व माक्र्सको प्रमूख नारा जुन सताब्दीयौं पुरानो श्रमिक वर्गको आन्दोलन तथा समाजवादको विकास र सर्वहारा वर्गको अधिनायकत्वको रुपमा अभिव्यक्त भयो त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरामा रहेको छ ।” (तेस्रो अन्तर्राष्ट्रिय र इतिहासमा यसको स्थान १९१९)

यसको स्थापनाको महाअभियान, यसको विकास तथा विश्वभर यसको प्रभावकारिताले सर्वहारा वर्ग र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको महान फड्कोको प्रतिनिधित्व गर्दछ । यसले अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक महत्वलाई विश्वभरि विस्तार गर्ने र विश्वका प्रत्येक कुनामा कम्युनिस्ट पार्टीको निर्माण गर्ने प्रक्रियालाई अगाडि बढायो । यसले साम्राज्यवादी देशहरु र साम्रान्यवादद्वारा उत्पीडित देशहरुमा समेत सर्वहारा वर्गका विजयका लागि आवश्यक कार्यनीति र रणनीतिका समस्यालाई उठायो र समाधान समेत ग¥यो ।

यसले साम्राज्यवादी दोस्रो विश्वयुद्ध र नाजी–फासीवादलाई परास्त गर्ने महान लडाईमा सर्वहारा वर्ग र विश्व जनसमुदायलाई एकताबद्ध गरायो । यसले आफ्नो विघटन नहुँदै र विघटन भएपछि पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विकास भएको संशोधनवादका विरुद्ध सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक सङ्घर्ष चलाउँदै सर्वहारा वर्गको अधिनायकत्व र समाजवादलाई परित्याग गर्नेहरुका विरुद्ध र समाजवाद तथा बुर्जुवा सत्तालाई बलपूर्वक ध्वंश गर्ने क्रान्तिको पक्षमा ऐतिहासिक, सैद्धान्तिक तथा राजनीतिक विरासत प्रदान गरेर आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

माओले भन्नु भएथ्यो, “आफू अस्तित्वमा रहुञ्जेल यसले सबै देशमा श्रमिकहरुको सच्चा क्रान्तिकारी पार्टी निर्माण गर्न ठूलो काम गरेको छ र यसले फासीवाद विरोधी युद्धमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।” (कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुका बीच भाषण मई २६, १९४३)
माओत्सेतुङ्गले यसका कमी कमजोरीहरुका साथै सोभियत सङ्घको समाजवाद निर्माणको पनि आलोचनात्मक समीक्षा गर्नु भएको छ र त्यसपछि चाल्नु पर्ने कदमका रुपमा विद्रोहको लहरलाई प्रेरित गर्ने ७०को दशकमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको अभ्यास समेत गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक आन्दोलन तथा मालेमावादी कम्युनिस्ट आन्दोलनको वास्तविक विकास गर्न प्रतिक्रियावादका सामु आत्मसमर्पण गर्ने दक्षिणपन्थी संशोधनवादी अवसरवाद र क्रान्तिका गौण तर हानीकारक दुश्मन ‘वामपन्थी’ अवसरवाद, जड्सुत्रवाद तथा निम्न पुँजीवादी क्रान्तिकारीतालाई जीवन्त वैचारिक सङ्घर्ष तथा दुई–लाइन सङ्घर्षमार्फत् पराजित गर्नका निमित्त तेस्रो अन्तर्राष्ट्रियको यो विरासतलाई दह«ो गरी पक्डनु जरुरी छ ।

मई दिवसको यो अवसरमा, सच्चा मालेमावादी कम्युनिस्टहरुले :

 विश्व सर्वहारा क्रान्तिको विकासका निमित्त मालेमावाद तथा जनयुद्धको बाटोमा आधारित एकता निर्माण गर्न आह्वान गर्दछन् । यो सर्वहारा वर्ग तथा जनताका प्रत्यक्ष अनुभवका आधारमा वर्गसङ्घर्षको नेतृत्व प्रदान गर्न सक्ने सर्वहारावादी पार्टी निर्माण गर्न र नयाँ जनवादी तथा समाजवादी क्रान्तिको विकासमा आपसी सहयोग गर्न साझा कदम चलाउन सक्ने एकता हो ।

 साम्राज्यवादी तथा साम्राज्यवादद्वारा उत्पीडित दुवै खाले देशहरुमा वर्गसङ्घर्षका क्षेत्रमा कार्यगत एकता : जनयुद्धको विभिन्न चरणमा विकास भएका देशहरु भारत, फिलिपिन्स र अन्य देशहरु पेरु, टर्की आदि जनयुद्धको समर्थन, राजनीतिक तथा युद्धबन्दीहरुको जीवनरक्षा तथा रिहाईका लागि सङ्घर्ष, फासीवाद तथा साम्राज्यवाद विरोधी मोर्चाको विकास, ट्रेड युनियन सङ्गठनहरुका बीचमा एकता, महिला सङ्घर्ष तथा महिलावादी सर्वहारा सङ्गठनको विकास आदि ।

यो उद्देश्य पुरा गर्नका निमित्त आज हामीलाई वैचारिक तथा राजनीतिक विषय र कार्यभार बारे छलफल गर्न मालेमावादी पार्टी तथा सङ्गठनहरुको अन्तर्राष्ट्रिय संयुक्त सम्मेलन आवश्यक भएको छ ।

कम्युनिस्ट अन्तर्राष्ट्रियको शतवार्षिकीको यस अवसरमा आउनुस् हामी सबैले अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य राखेर यस वर्ष एउटा तयारी बैठकको आयोजन गरौं ।

नाराहरु :

विश्वका हरेक कुनामा साम्राज्यवादका विरुद्ध लडौं !

जनमुक्ति सङ्घर्षको समर्थन गरौं र साम्राज्यवादी देशहरुमा वर्गसङ्घर्षलाई तीव्र पारौं !

सबै क्षेत्रमा फासीवादी शक्तिको विकासलाई रोकौं !

आ–आफ्नो देशको विशेषता अनुसार, सुधारवादी तथा लोकप्रियतावादी संंसदीयपथका विरुद्ध सङ्घर्ष गरौ !

वर्गसङ्घर्षका ज्वालाबाट कम्युनिस्ट पार्टीहरुको निर्माण गरौं र तिनलाई जनसमुदायसँग जोडौं !

नयाँ जनवादी तथा समाजवादी क्रान्तिका लागि हरेक देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौं !

सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद !

तेस्रो अन्तर्राष्ट्रियको शतवार्षिकी तथा यसका अमर रणनैतिक तथा कार्यनैतिक शिक्षाहरु जिन्दावाद !

माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !

हस्ताक्षरकर्ता पार्टीहरु :

माओवादी कम्युनिस्ट पार्टी निर्माण कमिटी, ग्यालिसिया, स्पेनिस राज्य

कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

टर्की कम्युनिस्ट पार्टीरमाक्र्सवादी–लेनिनवादी

डेमोक्रेसी एण्ड क्लास स्ट्रगल, बृटिस स्टेट

माओइस्ट कम्युनिस्ट पार्टी फ्रान्स

माओवादी कम्युनिस्ट पार्टी – ईटली

माओवादी कम्युनिस्ट पार्टी मनीपुर

माओवादी क्रान्तिकारी लिग – श्रीलंका

नयाँ कम्युनिस्ट पार्टी – ट्युनिसिया (निर्माणाधिन)

पार्टी एल्काडेहाइन्स, ट्युनिसिए

क्रान्तिकारी कम्युनिस्ट पार्टी (पिसीआर–आरसीपी क्यानडा)

रेड युथ अफ जर्मनी

युनियन ओब्रेरा कम्युनिस्टा (एमएलएम) – कोलम्विया

वर्कर्स भ्वाईस – मलेसिया”

मई १, २०१९