नेकपा(मसाल) जसले आफूलाई उसको जन्मदेखि नै रुपमा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुंगविचारधारा मान्ने भन्दै आएको छ । तर सारमा उसको त्यसप्रति खासगरी त्यसको क्रान्तिकारी स्प्रीरिटलाई सधै पछाडि धकेल्ने नभए यथास्थितिमा नै राख्नेमा जोड रहंँदै आएको इतिहास छ । २०४८सालको निर्वाचनमा बहिष्कार गरेको पार्टीले त्यसपछिका आजसम्मका सबै निर्वाचनलाई उपयोगको नाममा भागलिंदै आएको छ, सारमा संसदवादलाई बलियो बनाउँदैछ । त्यसभित्रका क्रान्तिकारीलाई भ्रममा पारिहन सधभरि लेख र दस्तावेजमा जनवादी क्रान्तिको कुरा गर्दछ र त्यसप्रतिको पहलकदमीमा सधै यो वा अर्को वाहनामा त्यसलाई टाढाको विषय बनाउँदै आएको छ ।
र, २०५२ सालदेखि आजसम्म उसले नेकपा एमालेको सहयोग र समर्थनमा संसद र संसबाहिर कामगर्दै आएको इतिहास साक्षी छ । उसको यो क्रमझन बढदै गएको छ । वर्तमानमा हरतरहबाट ओली सरकारको बचाउ उसको अभिष्ट रहदै आएको छ । यद्यपि रकमी भाषामा उसले बीचबीचमा सरकारका नीति र कार्यक्रमको विरोध पनि गर्ने गर्दछ । ताकि, पार्टीभित्रका क्रान्तिकारी कमरेडको प्रश्नमाथि छेकवार ल्याउन काम गरोस् ।
भरखरै उक्त पार्टीले ३८ जना प्रगतिशील लेखक तथा कलाकारको सरकारी नेकपा अब सामन्तवाद तथा साम्राज्यवाद विरोधीशक्ति रहेन र एउटा देशभक्तको शक्ति पनि रहेन । त्यो अब एउटा दलाल तथा नोकरशाहको चाकडीमा सरकार चलाउनेको जमात हो । त्यसैले सरकारवादी लेखक तथा कलाकारहरु सितमिलेर प्रलेस निर्माण गर्दा माओवादी साहित्यकार तथा कलाकारमा काफीभ्रम पर्न जाने भएकाले सरकारी प्रलेस नबन्ने बक्तब्य निकालेको सन्दर्भमा मसालको यो यथास्थितिवादी बक्तब्य आएको हो र उसले साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत प्रलेसवारे पनि त्यही नीति कार्यान्वयनमाजोड दिएर बक्तब्य निकाल्ने काममात्रै गरेको छैन् ।
सरकारी नेकपासित मिलेर प्रलेसमा भागबण्डाबाट प्राप्त हिस्सा पाएको छ । उक्त पार्टीको वक्तब्यमा भनिएको छ– “प्रलेसको एकताबद्ध परम्परालाई कायम राख्न”मसालले अनुरोध गरेको छ । उक्त बक्तब्यमा पार्टीका प्रबक्ता रामप्रकाश पुरीले भनेका छन्– पार्टीले सामन्तवाद तथा साम्राज्यवादविरोधी साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत भएको बताइएको छ । यो भनाइले दुई अर्थ लाग्दछ । पार्टीले यस्तो कार्यलाई विरोधीपक्षलाई फाइदा पुग्ने बताइएको छ । को हो यहांनेर विरोधीपक्ष स्पष्ट छैन ।
क्रान्तिकारी कम्युनिस्टका लागि त वर्तमानका लागि विरोधीपक्ष भनेको सरकारी नेकपा नै हो । तर त्यसको विरोधमा लागेका प्रगतिशील लेखकलाई उसले भन्दछ– “केहीप्रगतिशील साहित्यकारहरुले प्रलेसबाट बाहिरिएको घोषणा गरेको सन्दर्भमा पार्टीले प्रलेसको एकतावद्ध परम्परालाई कायम राख्नप्रलेसमा नै आबद्ध भएर अगाडि बढन अनुरोध” गरेकोछ । यहा“ नेर प्रलेसमा नै आबद्ध भएर अगाडि बढने भनेको मसालकै शब्द सापटी लिएर भन्दा सरकारी नेकपाको पुच्छर समाएर सरकारी प्रलेसको एक हिस्सा बन्ने हो ।
उल्लेखित बक्तब्य आफैमा विरोधाभाषपूर्ण छ । मसालका महामन्त्रीले सधैभरी पार्टीमा विरोधाभाषपूर्ण लेख तथा वाक्यहरु राखेर दुई अर्थ लाग्ने किसिमले लेख्ने परम्परालाई त्यसका प्रबक्ताले पनि पच्छाएको पाइयो । यहा“ भनिएको छ– “पार्टीले सामन्तवाद तथा साम्राज्यवादविरोधी साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत भएको
बताइएको छ ।” यसको सहज अर्थ प्रलेस सामन्तवाद तथा साम्राज्यवादविरोधी साझा मान्यता बोकेको एउटा संस्था हो । त्यसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलतहुन जान्छ भनेपछि त्यसपछि के गर्ने त ? भन्नेमा उनको उत्तर छ– पार्टीले यस्तो कार्यलाई विरोधीपक्षलाई फाइदा पुग्ने हुन्छ । त्यसैले प्रलेसको एकतावद्ध परम्परालाई कायम राख्नप्रलेसमा नै आबद्ध भएर अगाडि बढन अनुरोध गरेको छ । घुमीफिरी रुम्जाटार भनेको यहि हो– घुमाइफिराई सरकानरी नेकपाभक्ति ।
यहा“ प्रलेसलाई एकतावद्ध गर्ने आधार के रहदै आएको छ । प्रबक्ता भन्दछन् –सामन्तवाद तथा साम्राज्यवादविरोधी साझा मान्यता नै त्यसको आधार हो । उनको विचारमा सरकारी नेकपाले त्यो चरित्र बोकेको छ । त्यसैले त्यसका लेखक तथा संस्कृतिककर्मीले सरकारी नेकपाको नेतृत्वमा सामन्तवाद तथा साम्राज्यवादविरोधी आन्दोलनमा भाग लिने छन् । सारांशमा मसालको दृष्टिकोणमा वर्तमान सरकारी नेकपा एउटा सामन्तवाद तथा साम्राज्यवादविरोधी शक्तिको सरकार सञ्चालन गरिरहेको छ । यो कस्तो माक्र्सवादी विश्लेषण हो ।
मसालका लागि यो कुनै नया“ होइन । विगतमा पनि माक्र्सको दुई सय वर्षको बार्षिक उत्सव मनाउने कायक्रममा माके र एमाले, विशेषत एमालेसित मिलेर माक्र्सको प्रशंसा गर्दै तर त्यसका मूलमान्यता–सर्वहारा वर्गको अधिनायकत्व, वर्गसंघर्ष र बलप्रयोगको माक्र्सवादी सिद्धान्तमाथि आक्रमण गर्दै हातमाहात र कांधमाकांध मिलाएर त्यसको नाममा लाखौं डलरको आम्दानी र नेपालमा ठूला ठूला होटेलहरुको मेजमानीमा सहभागी बन्यो ।
विगतमा मोहनविक्रम सिंहले पुष्पलाले नेपाली कांग्रेससित मिलेर नेपालबाट राजतन्त्रको अन्त्य गर्नु पर्दछ भनेकोमा पुष्पलाललाई कांग्रेसको पुच्छर र गद्दार समेत भनेका थिए । बिपिलाई भारतीय दलाल भनेका थिए । तर अहिले वीपीभन्दा कैयौ गुणा भारतीय र अमेरिकीदलाल बनेकोछ ओली सरकार, जसलाई मोनविक्रम राष्ट्रवादी दखिरहेका छन् ।
यसरी उनका निर्णयहरुले सारमानेपालमा गणतन्त्रलाई पछि पार्ने काम गरेको इतिहास छ र यो काम उनले उक्त कार्यगत एकताले भारतलाई फाइदा हुन्छ भनिरहे र अहिले पनि नेपालका कम्युनिस्ट अब यो दलाल तथा नोकरशाही वर्गको सरकार र राज्यसत्ताका विरुद्ध जनगणतन्त्रको नारा अगाडि ल्याउनु पर्छ भन्दा यसो गर्न हु“दैन, यसो गरे राजतन्त्रले पुन स्थापित हुन बल पुग्दछ भनेर फेरि एक पटक यथास्थितिवादको पुच्छर समाउन पुगेका छन । नेकपा (मसिाल)का प्रबक्ताले चैत्र २४ गते काठमाण्डौको भृकुटी मण्डपमा आयोजित देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलनको उद्घाटन भाषणको क्रममाभने– “अहिले जनगणतन्त्रको नारा दिने समय भाछैन्, यसले नेपालमा राजतन्त्रको पुनस्थापनामा बल पुग्दछ ।
अहिले त भएका उपलब्धीलाई जोगाएर राख्नु पर्छ ।” यो भन्दा हद दर्जाको यथास्थितिवाद के हुन सक्छ । मोहनविक्रम सिंहको नेतृत्वको पार्टीको इतिहास सधै भरी यस्तै चरम यथास्थितिवादी धरातलमा जकडिदै आएको छ । रुपमा क्रान्तिकारी तर सारमा यथा स्थितिवादी दक्षिणपन्थी वर्तमानमा सारमा ओली सरकारको समर्थन । उनको यो इतिहास र वर्तमानको यथास्थितिवादलाई पहिचानगर्न सक्ने क्रान्तिकारी कार्यकर्ताले यसका विरुद्ध आवाज उठाउने र नेपालमा जनगणतान्त्रिक व्यवस्थाको स्थापनामा जोड दिनु आवश्यक देखिएको छ ।
लेखक रमेश विकल नेतृत्वको प्रलेसको केन्द्रीय समितिका एकजना सदस्य हुन ।