२००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । आज नेपाली कम्युनिष्ट आन्दोलनले ६९ वर्ष पुरा गरिसकेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको यसले विविध प्रकारका आरोह–अवरोह घुम्तिहरु तथा ऐतिहासिक अवधिमा वर्ग संघर्ष र अन्तरसंघर्ष अत्यन्तै जटिल, बाङ्गा–टिङ्गा र कहाली लाग्दा घुम्तिहरु पार गर्दै तथा विभिन्न ट्रेनहरु समेत पार गर्दै गुट तथा फूट, विभाजन, धुव्रिकरण र पुनः विभाजन अनि एकता जस्ता अत्यन्तै तीता मिठा अनुभवहरु प्राप्त गरेको भएता पनि आज क्रान्ति र प्रतिक्रान्तिका वीचबाट महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने काम भने बाँकी नै छ ।
आज नेपालमा दक्षिणपन्थी संशोधनवाद अत्यन्तै नांगो ढंगले अगाडि बढिरहेको छ । यसले कम्युनिष्ट पार्टीको नाममा दुई तिहाइको सरकार बनाएर एकातिर जनतालाई भ्रमित पारिरहेको छ भने अर्को तिर समाजवादको नारा दिँदै सामाजिक र फाँसीवादी सत्ता चलाई रहेको छ । यस प्रकारको परिस्थितिमा दक्षिणपन्थी संशोधनवादलाई परास्त गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई साँच्चिकै क्रान्तिकारी वनाई राख्नका निम्ति वैचारिक ज्वारभाटाका रुपमा उठाउन जरुरी छ । नेपालमा महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मात्र साँचो अर्थमा मार्क्सवाद–लेलिनवाद माओवादको प्रयोग, रुक्षा र विकास गर्न सकिन्छ र विचारको विकास गर्न सम्भव हुनेछ ।
नेपाली क्रान्तिको प्रमुख खतराको रुपमा दक्षिणपन्थी संशोधनवाद
सिंगो नेपाली कम्युनिष्ट आन्दोलनको ६९ वर्षको इतिहासमा आन्दोलन(पार्टी) भित्र घुस्न सफल भएको दक्षिणपन्थी संशोधनवाद महान् नेपाली क्रान्तिको प्रमुख खतराको रुपमा खडा हुँदै आएको छ । यसको चिरफार गर्न र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनबाट परास्त गर्न जरुरी छ ।
मार्क्सवादका तीनवटै अंगहरुको तोडमोड तथा अपव्याख्या गर्नु संशोधनवाट हो । अन्तर्राष्ट्रिय विरोधमा माक्र्स एंगेल्सलो जोडदार रुपमा संघर्ष चलाउँदै आउनु भयो । पुँजीवादले संशोधनवादको वर्गीय स्वरुप निम्न पुँजीवाद हो र यसले पुँजीवादको सेवा गर्दछ । संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो । माक्र्सं–एंगेल्स, लेनिन, स्टालिन, माओले संसोधनवानका विरुद्ध डटेर संघर्ष गरेर माक्र्सवादको रुक्षा, प्रयोग र विकास गर्नु भयो ।
वास्तवमा संशोधनवाद दक्षिणपन्थी मध्यपन्थी र उग्रपन्थी गरी तीन धारामा विभाजित हुँदै विभिन्न चरणमा, विभिन्न रुपमा देखिदै आएको छ ।
नेपालमा प्रकट भएको संशोधनवाद
नेपालमा प्रकट भएको संशोधनवाद दक्षिणपन्थी संशोधनवाद हो । यो अत्यन्तै अवसरवादी प्रवृत्ति व्यवहार र आचरणबाट क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र घुसेर पार्टी र क्रान्तिलाई ध्वस्त पार्दै आएको छ ।
वस्तुत: संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हुनुको कारण त्यसको असर नेपालमा पनि पर्नु स्वाभाविकै थियो र प¥यो पनि । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना प्रारम्भमा नै पार्टीले नेपालमा सामन्तवाद–साम्राज्यवाद तथा भारतीय हस्तक्षेपका विरुद्ध जनताको जनवादी क्रान्ति सम्पन्न गर्नु पर्ने आवश्यकता औल्याउँदै नेपाली नयाँ जनवादी क्रान्तिलाई न्यूनतम लक्ष्य र वैज्ञानिक समाजवाद तथा साम्यवादलाई अधिकतम कार्यक्रम ठोस गरेको थियो ।
तर वि.सं. २०१० सालदेखि नै नेपालमा संशोधनवाद विभिन्न रुपमा देखा पर्दै आएको छ । यस विषयमा मोहन वैध किरण अगाडि लेख्नुहुन्छ “२०४६ सालको जनआन्दोलनदेखि २०५२ सालमा ने.क.पा (माओवादी) द्वारा सञ्चालित महान् जनयुद्धको प्रक्रिया हुँदै अहिलेसम्म आउँदा नेपालमा मूलतः दुई प्रकारका संशोधनवाद र जडसूत्रीय संशोधनवाद बहुलवादी संशोधनवाद र जडसूत्रीय संशोधनवाद बहुलवादी संशोधनवादको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जडसूत्रीय संशोधनवादको प्रतिनिधित्व र मसाल समुहबाट हुँदै आएको छ ।
नेपालमा संच्चा क्रान्तिकारी कम्युनिष्टहरुद्वारा संशोधनवादको विरोध र माक्र्सवादको पक्षमा क्रान्तिलाई अगाडि बढाउने काम हुँदै आएका छन् ।” मोहन वैध, किरण, मार्क्सवादी दर्शन, पुष्ट ३७७, प्रगतिशील अध्ययन केन्द्र, काठमाण्डौ, २०६७ पौस ११ गते । माथि उल्लेखित मोहन वैध किरणको विश्लेषण ज्यादै सान्दर्भिक छ ।
आज तत्कालीन नेकपा(माले) नेकपा (एमाले)मा विलय भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नै बहुलवादी संशोधनवादको प्रतिनिधित्व गरिरहेको छ । यसले पार्टीको नाम पनि कम्युनिष्ट र पार्टीको झण्डा पनि फहराइरहेको छ । समाजवादलाई आफ्नो कार्यनीति बनाएको छ । मार्क्सवाद –लेनिनवाद जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार्ने वताएको छ । यी सबै भ्रम ढवाङ मात्रै हो ।
यो डब्बल नेकपा कम्युनिष्ट त के सामान्य वामपन्थी समुह पनि होइन, किनकि यसले मार्क्सवादका सम्पूर्ण सार्वभौम सिद्धान्तहरु परित्याग गरिसकेको छ । वर्ग र क्रान्तिप्रति गद्धारी गरिसकेको छ । दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवादी वर्गको रक्षा गर्ने गरि दलाल सरकारको नेतृत्व गरिरहेको छ र सामाजिक फाँसीवादी सत्ता चलाइरहेको छ ।
तर कम्युनिष्ट पार्टीको नाम दिइरहेको छ र कम्युनिष्टको दुई तिहाइ बहुमतको सरकारको नारा पनि दिइरहेको छ । यी सबै उसका क्रियाकलाप र भलाई जनतालाई झुक्याउने भ्रमजाल मात्रै हुन् । आज वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद ज्यादै मौलाएको छ, जरा गाडेको छ, र दक्षिणपन्थी संशोधनवादको हावाहुरी ज्वारभाटाको रुपमा खडा हुन पुगेको छ ।
आज नेपाली क्रान्तिको प्रमुख खतराको रुपमा दक्षिणपन्थी संशोधनवाद खडा हुन पुगेको छ । क्रान्तिकारी कम्युनिष्टहरुले कठोर संघर्ष गरेर क्रान्तिलाई विजयको शिखरमा पु¥याउनु पर्ने दायित्व आइपरेको छ । महान् नेपाली क्रान्ति अवश्यभावी छ ।
नेतृत्वमा पैदा हुँदै आएको निम्न पूँजीवादी चिन्तन
२००६ सालमा पार्टी स्थापना भए यता ६९ वर्षको यस ऐतिहासिक अवधिका विभिन्न काल खण्डहरुमा पार्टी संस्थापक महासचिव कमरेड पुष्पलाललाई छोडेर मनमोहन अधिकारी हुँदै पुष्पकमल दाहाल “प्रचण्ड” सम्म आई पुग्दा विभिन्न धारामा रहेका कम्युनिष्ट पार्टीका मुख्य नेतृत्वमा रहेको सबै नेतृत्वहरुमा निम्न पुँजीवादी चिन्तन पैदा हुँदै आयो । यस प्रवृत्तिले नेपाली कम्युनिष्ट आन्दोलन र महान् नेपाली क्रान्तिलाई गंभीर प्रकारको क्षति पु¥याउँदै आएको छ ।
निम्न पुँजीवादी चिन्तनको श्रोत पुँजीवाद अर्थात नीजि सम्पत्ति र नीति स्वार्थ नै हो । खास गरि निम्न पुँजीवादी चिन्तन भनेको क्रान्ति प्रति ठूलो आकांक्षा राखेर पनि व्यवहारमा जान नखोज्ने कठोर धैर्यपूर्ण र बलिदानीपूर्ण कामलाई केन्द्रीत गरेर हेर्न नसक्ने, व्यक्तिगत वीरता र साहसका कामलाई ठूलो देख्दै राजनीतिक लाइनलाई महत्वका साथ हेर्न नसक्ने आदि धेरै थरिका कमजोरी भएको निम्छरो मनोवृत्तिलाई निम्न पुँजीवादी चिन्तन भनिन्छ । एकपक्षीय दृष्टि, कुपमण्डुपता, संकिर्णता, आत्मवल र आत्मविश्वासको अभाव, व्यक्ति निष्ठा र व्यक्तिवाद आदिबाट पनि यसको अभिव्यक्ति हुने गर्दछ ।
पुष्पलाल वाहेक अन्य मनोमोहन अधिकारी हुदै दश वर्षे जनयुद्धको नेतृत्व गर्दै आएका पुष्पकमल प्रचण्ड समेत पहिले नेतृत्वमा पुगुन्जेल र स्थापित हुने वेला सम्म खुवै क्रान्तिकारी देखिने र जब क्रान्तिका जटिल मोड र परिस्थिहरुको सामना गर्दै क्रान्तिलाई अगाडि वढाउन निरन्तर क्रान्तिकारी नेतृत्व दिन नसकेर आत्मसमर्पण गरेर क्रान्ति र सिंगो आन्दोलनलाई गंभीर धोका दिएको उदाहरण हाम्रा सामु छर्लङ्गै छ ।
यसको पछिल्लो उदाहरण महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्वले आत्मसमर्पण गरेर पार्टीलाई एमालेमा विलप गराएर महान् दशै वर्ष जनयुद्धका सम्पूर्ण उपलब्धीहरुलाई प्रतिक्रियावादी सत्तालाई वुझाएर प्रतिक्रियावादी सत्तामा सामेल भएको उदाहरण ताजै छ विश्व जनताका सामु ।
यस प्रवृत्तिले क्रान्तिका महान् संभावनाहरु हुँदाहुदै पनि नेपालमा मालेमावादको प्रयोग, रक्षा र विकास गर्ने सवालमा गंभीर प्रकारको समस्याका रुपमा खडा हुँदै आएको छ । निम्न पुँजीवादी चिन्तन लाई भीषण वैचारिक संघर्षका माध्यमबाट परास्त गरेर मात्र साँचो अर्थमा नेपालमा मार्क्सवादलाई प्रयोग गर्न सकिन्छ ।
स्कुलिङको अभाव
क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले पार्टी स्कुलहरु निर्माण गरेर आफ्ना नेता, कार्यकर्ताहरुलाई स्कुलिङको माध्यमबाट राजनीतिक वैचारिक रुपमा लेस गराउने नीति अवलम्बन गरेका हुन्छन् । यसको राम्रो प्रयोग लेनिन माओ हो चिमिन्ह, किम इल सङ, फिडेल क््यास्त्रो, चे ग्वेभारा आदिले उदाहरण प्रस्तुत गरेको इतिहास छ । नेपाली कम्युनिष्ट आन्दोलन भित्र विभिन्न ‘स्कुल अफ थट’ को प्रचलन रहयो । तर विचारका आधारमा चल्ने भएकाले सही ढंगले कुनै पनि स्कुलिङ उदारहणीय वन्न सकेनन् ।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा विभिन्न स्कुल अफ थट देखापरेका छन् । नेपालमा धेरै पहिले कम्युनिष्ट ‘स्कुल अफ थट’ प्रवेश गरेको थियो । त्यसपछि यसमा विभिन्न समय, समाज र वर्गसङ्घर्षको गतिअनुसार विभिन्न रुझान देखापर्ने भयो । लेनिन र स्टालिनहरुको नेतृत्वमा रुसमा १९१७ भएको समाजवादी क्रान्तिले संसारभरि समाजवादको प्रचार ग¥यो । यो क्रान्तिले विश्वभर नै एक प्रकारले नयाँ प्रकारको कम्युनिष्ट‘स्कुल अफ थट’ पैदा गर्यो। नेपालमा पनि त्यसको प्रभाव नपर्ने कुरा थिएन ।
यही कम्युनिस्ट ‘स्कुल अफ थट’ देशमा रहेको कारण कमरेड पुष्पलालको नेतृव्मा कम्युनिष्ट पार्टी गठन भयो । कम्युनिष्ट पार्टीको गठन गर्नु र त्यसले जनवादी सत्ता स्थापना गर्नका लागि सङ्घर्ष तय गर्नु पनि ‘स्कुल अफ थट’ ले नै काम गरेको हो । कम्युनिष्ट पार्टीको गठन भैसकेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न प्रकारका ‘स्कुल अफ थट’ देखापरे । पुष्पलालको ‘स्कुल अफ थट’ देखाप¥यो ।
पुष्पलालको ‘स्कुल अफ थट’, तुलसीलालको ‘स्कुल अफ थट’, केशरजङग रायमाझीको ‘स्कुल अफ थट’, नेपाल कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताको ‘स्कुल अफ थट’ भए । मनमोहनहरु केशरजङ्ग रायमाझीको ‘स्कुल अफ थट’ वाट प्रभावित थिए । यो ‘स्कुल अफ थट’लाई दोस्रो पुस्ताको ‘स्कुल अफ थट’ ले विस्थापन ग¥यो । त्यसमा मोहनविक्रमको ‘स्कुल अफ थट’ निर्मल लामाको ‘स्कुल अफ थट’ र झापा विद्रोहीहरुको ‘स्कुल अफ थट’ प्रमुख रहे ।
झापा विद्रोहको क्रान्तिकारी नेता कमरेड चारु मजुमदारको ‘स्कुल अफ थट’ प्रभावित भयो । यो आफ्नै प्रकारको सोचविचार नभएर अर्काको अन्धानुकरण भएको कारण झापा विद्रोह सही भए पनि यो ‘स्कुल अफ थट’ दिगोे जान सकेन । त्यतिबेलाका नेताहरु विस्तारै पञ्चायतमा प्रवेश गरे । पछि संसदवादी बने र अहिले अहिले त्यो महान् झण्डा उठाएको इतिहासप्रति पश्चाताप गरिरहेका छन् ।
अहिले उनीहरु कुनै न कुनै तरिकाले आपसमा आफूलाई साम्राज्यवादको अब्बल दर्जाको चाकरका रुपमा देखाउन निर्लज्ज तरिकाले प्रतिस्पर्धा गर्दै आएका छन् र साम्राज्यवादको आशीर्वाद प्राप्त गरेको गर्व गर्छन् झापा विद्रोहको नेताहरु अन्ततः रायमाझी ‘स्कुल अफ थट’ मा विसर्जित भए । तर आफ्नै स्वत्वसहितको ‘स्कुल अफ थट’ निर्मल लामा र मोहनविक्रममा विकास भएको कारण त्यसले अहिले पनि समाजमा कुनै न कुनै प्रकारले प्रभाव पारी नै रहेको छ ।
कम्युनिष्ट आन्दोलनको दोस्रो पिँढीको ‘स्कुल अफ थट’लाई तेस्रो पिँढीको ‘स्कुल अफ थट’ ले विस्थापित ग¥यो किनकि दोस्रो पिँढीको ‘स्कुल अफ थट’ ले क्रान्तिकारी आन्दोलनको गुणात्मक विकास गर्न सकेन । तेस्रो पिँढीमा पनि विभिन्न रुझानहरु सोचाइहरु सही र वैज्ञानिक प्रकारका रहेनन् । नेपाली समाजमा प्रचुर प्रभाव पारेको तेस्रो पिँढीको ‘स्कुल अफ थट’ भनेको प्रचण्डको हो ।
त्यसमा बाबुराम पन जोडिन्छन् र यसलाई प्रचण्ड–बाबुराम ‘स्कुल अफ थट’भन्दा ठिक हुन्छ । यो ‘स्कुल अफ थट’ नेपालमा एउटा सशक्त प्रभाव छाडेको छ ।
यो निकै प्रभावकारी थियो । सशक्त प्रकारको थियो ।
प्रचण्ड –बाबुरामहरुको ‘स्कुल अफ थट’ पनि अन्ततः मनमोहनको बाटोमा विसर्जित भयो । एमालेमा विलीन हुन पुग्यो । यही हो प्रचण्ड ‘स्कुल अफ थट’ को प्रभाव भनेको । किनभने प्रचण्ड–बाबुराम ‘स्कुल अफ थट’ ले पछिल्लो चरणमा कार्यकर्ताहरुलाई चन्दा सङ्कलन गर्ने रुपैयाँ पैसा जम्मा गर्ने, पद र प्रतिष्ठाका लागि झगडा गर्ने, बार्गेनिङ गर्ने, सिद्धान्त र नीतिबारे पूरै वेवास्ता गर्ने बनायो । सिद्धान्तले खान दिन्छ ? खानका लागि रुपैयाँ चाहिन्छ भन्ने बनायो ? जनता –सन्ता के मतलब, पहिले आफ्नो दुनो सोझो हुनुपर्छ भन्ने बनायो ।
सकेजति लुट भन्ने गराइयो । हुन पनि किन नहोस् त्यहाँ क्रान्तिको मुद्दा समाप्त भयो । देशको परिवर्तन, समाजको आमूल रुपान्तरण समाप्त भयो । उनीहरु अहिले जनतालाई झुक्याउनका लागि विकास र निर्माणको रित्तो बाजा बजाउँदै हिँडेको छन् ।
प्रचण्ड–बाबुरामको स्कुलिङले नेता, कार्यकर्ताहरुलाई वर्ग वैरीहरुको सामु आत्मसर्पण गर, सबै सिद्धान्त र विचारलाई तिलाञ्जली देउ, एमालेमा जाऊ, कांग्रेसमा जाऊ, जहाँ जहाँ गएर खान पाइन्छ, कमाउन पाइन्छ, मोज मस्ती गर्न पाइन्छ, त्यही गएर मोज गर, गोली ठोक देऊ क्रान्तिसृष्टि भन्ने शिक्षा दिएको छ ।
आज पार्टी शिक्षा पाएका दश वर्षे जनयुद्धमा देश, जनता र क्रान्तिको निम्ती ज्यान फालेर लागेका माओवादीका हजारौ नेता कार्यकर्ताहरु एमाले छिरेर संसदीय भाषमा डुबेर मोजमस्ती गर्न रमाइरहेका छन् । यही हो प्रचण्ड–बाबुरामको स्कुलिङको परिणाम र शिक्षा ।
ड्यास माओवादी दुवै क्रान्तिकारी माओवादीले आम पार्टी पंक्तिभित्र अब्बल दर्जाका नेता, कार्यकर्ताहरु निर्माण गर्ने उद्देश्यका साथ पार्टी स्कुलिङको व्यवस्था गर्ने, कोर्ष निर्माण गर्ने जस्ता राम्रै कामको थालनी गर्यो। यदाकदा रुपमा अर्थात छिटपुट रुपमा केन्द्रीय स्तर र राज्य तथा प्रदेशस्तरमा स्कुलिङ चलायो । तर त्यो योजनाबद्ध, व्यवस्थित र नियमित छैन । राम्ररी स्कुलिङ नचल्नु पछाडि, नेतृत्वको
स्कुलिङप्रतिको उदासिनता र संकिर्णताले काम गर्दै आएको छ । नेतृत्व ले स्कुलिङका ठूला ठूला गफ गरेर पनि देशव्यापी रुपमा व्यवस्थित र योजनावद्ध ढंगले स्कुलिङ सञ्चालन गर्न चाहँदैन । जसकारण कारण कार्यकर्ताहरुको वैचारिक स्तर उठ्न सकिरहेको छैन ।
क्रान्तिको थलो सहर र आधार गाउँ बन्ने छ
पार्टीले जुन नेपाली क्रान्तिको कार्यदिशा जनयुद्धको जगमा सशस्त्र जनविद्रोह निक्र्योल गरेको छ, यसमा क्रान्तिको आधारभूत शरह नै बन्ने छ किनकी दस वर्षे जनयुद्ध गरेर पार्टी सहर केन्द्रित आन्दोलनको अवस्थामा आइपुगेको छ र शहरहरु क्रान्तिका लाल किल्ला बन्दै छन् । महान् दस वर्षे जनयुद्धले जनताको चेतनामा जुन विकास गर्यो ती ग्रामीण इलाकाहरु मात्रै नभएर राजधानी लगायत मुलुकका ठूला सहर चेतनाको सागर बन्न पुगेका छन् ।
यद्यपि औद्योगिक क्षेत्र टाट पल्टिएर बन्द हुँदै गएको अवस्था र दलाल पुँजीका कारण राष्ट्रिय पूजी र पुँजीपतिवर्गको उल्लेख्य विकास नभइरहेको अवस्था सृजना भएको भएता पनि नेपाली जनताको अत्यन्तै ठूलो हिस्सा अहिले सहरमा केन्द्रित हुन पुगेको छ र आजको विज्ञान र प्रविधिको विकासको कारणले पनि सबैलाई नजिक पुर्योइरहेको छ । श्रम बेचे जीवन निर्वाह गर्नेहरुको अत्यधिक संख्या अहिले सहर बजारमा उपस्थित छ र त्यो सबैभन्दा उपेक्षित र अभावबाट ग्रस्त छ । मुक्ति र आन्दोलन बाहेक अर्को उसको कुनै बाच्ने आधार छैन ।
पार्टीलाई कसरी क्रान्तिकारी बनाई राख्ने ?
क्रान्ति गर्नु छ भने क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको अनिवार्य आवश्यकता पर्दछ । यो नै मालेमावादको सर्वाभौम सिद्धान्त हो । हामीसित मार्क्सवाद–लेनिनवाद–माओवाद जस्तो क्रान्तिकारी सिद्धान्त छ भने नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर पुनर्गठन गरिएको नेकपा–माओवादी हुदै क्रान्तिकारी माओवादी नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरिसकेका छौं र पार्टीलाई नेपाली क्रान्तिको निर्णायक नेतृत्व प्रदान गर्ने सर्वहारावर्गीय शक्तिका रुपमा स्थापित पनि गरिसकेका छौ किनभने पार्टी लेनिनवादी जनवादी केन्द्रीयतामा आधारित भएर बनेको पार्टी हो तर यसलाई फेरी पनि नयाँ बनाइराख्नु पर्दछ । क्रान्तिकारी(मालेमावाद) वनाइराख्न सकिन्छ ।
पार्टीलाई नयाँ वनाइराख्ने भनेको दुईलाइन सङ्घर्ष र विचारधारात्मक अर्थात् दुईलाइन सङ्घर्षलाई एउटा पद्धतिसंगत ढंगले सञ्चालन गर्ने र वैज्ञानिक ढंडले हल गर्ने पद्धतिको विकास गर्न जरुरी हुन्छ । पार्टी भनेको विपरितहरुको एकत्व हो । पार्टीभित्र चल्ने दुईलाइन संघर्षबाट पार्टीलाई नयाँ ढंगको कम्युनिष्ट पार्टी बनाउनका लागि आवश्यक मद्धत पुग्दछ । अर्को जानीराख्नु पर्ने कुरा के हो भने पार्टीलाई क्रान्तिकारी बनाईराख्नका लागि माक्र्सवाद–लेनिनवाद– माओवाद सैद्धान्तिक पथप्रदर्शक र क्रान्तिकारी कार्यदिशा सांगठनिक सिद्धान्त तथा कार्यशैलीको आलम्बन गर्न अनिवार्य रुपमा आवश्यक हुन्छ । र पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि शुद्धीकरण तथा सुदृढीकरण अभियानहरु पनि सञ्चालन गरिनुपर्दछ ।
पार्टी स्कुलिङ्को व्यवस्था प्रभावकारी तुल्याउन र नयाँ स्कुलिङ विधिको विकास गर्न आवश्यक हुन्छ र पार्टी नेतृत्वलाई सर्वहाराकरण गर्दै लैजाने कार्यशैलीको विकास गर्न अनिवार्य आवश्यक हुन्छ यी सबै कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर जीवन व्यवहारमा लागु गर्दै जाने हो भने पार्टीलाई सधैंँ क्रान्तिकारी बनाईराख्न सकिन्छ । यो नै मालेमावादको सफल प्रयोग हो ।