काठमाडौं । विशाल जनसभाका बीच मशाल बालेर देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले मशाल बालेर मोर्चाको सम्मेलनको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव किरणले मशाल बालेर सम्मेलनको उद्घाटन गर्दै गर्दा जनसमुदायले गडगडाहट ताली बजाएर स्वागत गरेका थिए ।

हार्दिक शुभकामना !

मोर्चाका सचिव परि थापाले सञ्चालन गरेको सम्मेलन उद्घाटन समारोहको अध्यक्षता मोर्चाका अध्यक्ष सीपी गजुरेलले गरेका छन् भने क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, पार्टी प्रवक्ता हरिभक्त कँडेल, क्रान्तिकारी माओवादीका सल्लाहकार समितिका अध्यक्ष डा. ओम गुरुङ, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपा (माके)का अध्यक्ष गोपाल किराती, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका नेता रत्नप्रसाद जोशी, वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल‘आहुती’लगायत अतिथिको रुपमा उपस्थित रहेका छन् ।

कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका छन् ।

कार्यक्रम सुरु हुनु अघि ७ वटा आर्कबाट निकालिएको जुलुस वर्तमान सरकार र व्यवस्थाका विरुद्ध चर्का नारा लगाउँदै कार्यक्रम स्थल प्रवेश गरेको थियो । कार्यक्रममा विभिन्न जातीय संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर