चैत्र २४ को मोर्चा सम्मेलनमा ४ वटा आर्कबाट जनपरिचालन गरिने

चैत्र २४ को मोर्चा सम्मेलनमा ४ वटा आर्कबाट जनपरिचालन गरिने

काठमाडौं । नेपालबाट राजतन्त्र झुक्किएर फालिएको होइन, त्यो सचेत रुपमा जनताले नचाहेर नै फालिएको हो भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले ओली सरकार नांगिएपछि अबको विल्प भनेको जनगणतन्त्र नै हो भन्ने कुरामा जोड दिएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा मोर्चाका अध्यक्ष गजुरेलले उक्त कुरा बताएका हुन् । अबको जनगणतन्त्रको सशक्त मोर्चा हाँक्नका लागि क्रान्तिका तीन जादुगरी हतियारमध्ये एउटा क्राान्तिकारी संयुक्त मोर्चाको स्थापना र विकासका रुपमा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल स्पना गरेको बताएका छन् ।

देश अहिले गम्भीर संकटमा रहेकाले सर्वसाधरण जनताले पनि विकल्पको खोजि गरिरहेको उनले बताए । अबको विकल्प पश्चगमन वा पुनरागमन होइन, अबको विकल्प अग्रगमन र त्यसमा पनि जनगणतन्त्र नै हो भन्दै अध्यक्ष गजुरेलले भने– राजतन्त्र नेपालबाट झुक्किएर फालिएको होइन, बरु यो त सचेत किसिमले फालिएको हो, एक राजनीतिक विद्रोहबाट फालिएको हो । यसको पुनस्र्थापना न त संभव छ न त कल्पनीय नै ।

लोकतान्त्रिक गणतन्त्र भनिएको ओलीको सरकार पनि एक वर्षभित्रै बदनाम भएकाले जनताले विकल्प चाहेका हुन् । यही अग्रगामी जनगणतन्त्रात्मक विकल्पको नारा र कार्यक्रमसहित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आइतवार २४ गते काठमाडौंको भृकुटी मण्डपमा विसाल जनप्रदर्शनको आयोजन ा गरेको छ ।

यो विसाल जनप्रदर्शनमा उपत्यकाका चार ठाउँबाट जनशक्ति परिचालन गरिने छ । पूर्वमा गौशाला, पश्चिममा कालीमाटी, दक्षिणमा लगनखेल र पश्चिम उत्तरमा लाजिम्पाटबाट जनपरिचालन गरिने बताइएको छ । चारठाउँबाट जनमानस केन्द्रित भई काठमाडौंको मुटु भृकुटीमण्डपमा आइतबार दिउँसो विसाल जनसभा गरिने छ ।