सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुन दैलेख र सुर्खेतबाट आउँदै गरेको चारवटा बसलाई प्रहरीले सुर्खेतको छिन्चुमा रोकेको छ । बस रोकेर व्यापक खान तलासी गरी अखिल (क्रान्तिकारी)का केस हिक्मत शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
यस विषयमा प्रहरी प्रशासनसँग सम्पर्क गर्न खोज्दा छिन्चु प्रहरी चौकीका प्रहरी निरीक्षक निरज चौलागाईले विद्यार्थी नेता शाहीलाई सुर्खेत मालपोत कार्यालयका अधिकृतलाई कालोमोसो दलेको आरोपमा पक्राउ गरिएको दावी गरे । हिरासतमा राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारीमा रहेको निरीक्षक चौलागाईले बताए ।
शाहीलाई विनाकारण गिरफ्तार गरिएको भन्दै बसमा सवार क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन् र प्रहरी प्रशासनको ज्यादती र हस्तक्षेपका विरुद्ध नाराबाजी समेत गरेको पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्लाका इन्चार्ज दिपक शाहीले बताए । नेता शाहीले विद्यार्थी नेता शाहीको अविलम्ब रिहाइका लागि जोडदार माग गरेका छन् । उनले तत्काल रिहाई नगरिए कडा प्रतिरोध गरिने समेत चेतावानी दिएका छन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर