ओखलढुंगा जनसम्पर्क मञ्चको भेला भव्यरुपमा सम्पन्न

ओखलढुंगा जनसम्पर्क मञ्चको भेला भव्यरुपमा सम्पन्न

काठमाडौं । ओखलढुंगा उपत्यका जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम सम्पर्क भेला भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न उक्त भेलाले अर्जुन बोगटीको अध्यक्षतामा ५१ सदस्यीय सम्पर्क समिति गठन गरेको छ ।

भेलाले समितिको उपाध्यक्षमा क्रमशः प्रेम बहादुर बुढाथोकी, कुमार पुर्वेली, कमल बुढाथोकी, चन्द्र बोगटी, फुर्तेम्बा शेर्पा र पेशल कार्कीलाई चयन गरेको छ । सचिवमा नवीन बुढाथोकीलाई चयन गरेको छ भने सहसचिवमा क्रमशः आकाश बुढाथोकी, दीपक बुढाथोकी, रामबहादुर बुढाथोकी, मिलन श्रेष्ठ, कुमार खत्री, गोविन्द थिङ्ग, दीपक दाहाललाई चयन गरेको छ । त्यसै गरी समितिको कोषाध्यक्षमा सिर्जना कार्कीलाई चयन गरेको छ ।

भेलाले कार्य समितिका निर्वाचित पदाधिकारीहरुसहित ५१ सदस्यीय कमिटी निर्वाचित गरेको छ । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथिहरुको पनि उपस्थिति पनि रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथि, विशेष अथिति तथा सहभागी सबैलाई जनगणतान्त्रिक उपत्यका जिल्ला संपर्क मञ्चका केन्द्रीय संयोजक तथा नेकपा माओवादीका केन्द्रीय समिति सदस्य वसन्त बोगटीद्वारा फेसबुक मार्फत् आभार प्रकट गर्नुका साथै सभागी सबैलाई धन्यवाद ज्ञापन गरिएको छ । साथै, अभियानमा अहोरात्र लागि रहने ओखलढुंगाका जुझारु युवा सहयोद्धाहरुलाई कार्यकालको सफलताका लागि शुभकामना समेत् व्यक्त गरिएको छ ।

सम्पर्क मञ्चको यो भेलालाई सार्थक एवम् ऐतिहासिक बनाउन युवा नेताहरु कुमार बोगटी र विष्णु खड्काको विशेष भूमिका रहेको चर्चा पनि गरिएको छ ।