सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा इकाइ कमिटी गठन

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा इकाइ कमिटी गठन

बुटवल । रुपन्देही जिल्लाको बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्यामपसमा अखिल (क्रान्तिकारी) को इकाइ कमिटी गठन गरिएको छ । इकाइ कमिटी गठनपछि इकाइका संयोजक संगम थापाद्वारा जारी एक प्रेस विज्ञप्तिमा उक्त कुरा जनाइएको हो ।

हाल संयोजक थापाको संयोजकत्वमा गठित १५ सस्यीय इकाई कमिटीमा सरोज बुमरेल, प्रदीप न्यौपाने, खुमबहादुर गाहा, प्रेम सिंह, शयामसुन्दर यादव, सुमन राना, सुरज थापा, गोविन्द सिंह, अविनाश कुँवर, बादल श्रेष्ठ, सुन्दर दर्लान, भुवन बलाल प्रवेश, प्रकाश क्षेत्री र पुरण बीसी रहेका छन् ।

देश कुशासन, अनियमितता, स्वेच्छाचारिता र दुईतिहाईको अहंकारले तहसनहस हुँदै गएको उल्ल्ेख गर्दै विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर अखिल (क्रान्तिकारी)ले संघर्ष जारि राखिरहने पनि बताइएको छ ।

दलाली, ठेकेदारी तथा शैक्षिक माफियाको विरुद्धमा वैज्ञानिक, व्यवहारिक, सर्वसुलभ तथा गुणस्तरीय शिक्षा प्राप्तिका लागि निरन्तर संघर्षमा अखिल (क्रान्तिकारी) प्रतिबद्ध रहेको कुरा पनि विज्ञप्तिमा जनाएको छ ।