बर्दियाको राजापुरमा भव्य जनसभा

बर्दियाको राजापुरमा भव्य जनसभा

काठमाडौं । बर्दियाको राजापुरमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको जनसभा भव्य रुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । यो जनसभासँगै मेचीमहाकाली जनजागरण अभियानको टिम प्रदेश नम्बर ७ बाट प्रदेश नम्बर ५ मा प्रवेश गरेको छ । 

जनसभालाई संबोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाले प्रदेश नम्बर ७ का उत्साहजनक अनुभवहरुसँगै प्रदेशनम्बर ५ मा प्रवेश गर्ने अवसर मिलेको बताएका थिए । थापाले देश बचाउन अब जनता उठिबस्नुपर्ने कुरामाथि प्रकाश पार्दै आफूहरु अबको परिवर्तनको अगुवाई गर्न तयार रहेको कुरामा जोड दिएका थिए ।

अर्का वक्ता तथा नेकपा क्रान्तिकारी माओवादी पोलिटव्युरो सदस्य प्रेम सुवेदीले वर्तमान दलाल व्यवस्थाको अन्त्य नगरेसम्म देश र जनताले वास्तविक जनपक्षीय शासन प्रणाली पाउन नसक्ने भन्दै आफूहरु अबको आमूल परिवर्तनको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

बर्दिया जिल्लाका जिल्ला सेक्रेटरी क. भूकम्पले टीका लगायर स्वागत गरे लगत्तै निकै उत्साहका साथ उपस्थितहरुको जमघट कोणसभामा परिणत भएको थियो ।

उक्त कोण

सभाको सन्चालन नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय समिति सदस्य तथा दाङरोल्पा जिल्लाका इञ्चार्ज हिरामणि दुखीले गरेका थिए ।