काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पश्चिम नेपालमा मेचीमहाकाली जनजागरण अभियान लिएर गएको टोलीले टीकापुरमा जनसभा भव्य रुपमा सम्पन्न गरेको बताएको छ । जनसभामा उपस्थित जनताको सहभागिता यहाँ निकै उत्साहजनक रहेको पनि बताएको छ ।

हार्दिक शुभकामना !

प्रदेश नम्बर ७ को अन्तिम जनसभाको रुपमा रहेको यो सभालाई देशभक्त जनगणतान्त्रिक मोचा नेपाल केन्द्रीय सचिव परि थापाले सम्बोधन गरेको बताइएको छ । सम्बोधनमा थापाले देश र जनताका लागि आफूहरु अहोरात्र खटिरहेको र जनताले पनि आफूहरुलाई माया ममता र साथ दिइरहेको बताउँदै अब जनता र जनताका लागि लड्ने पार्टीका बीचमा नजिकको सम्बन्ध बन्दै गएको कुरामाथि प्रकाश पारेका थिए ।

अर्का वक्ता चन्द्रहरि सुवेदी अटलले ७ नम्बर प्रदेशका जनाको घरदैलोमा अभियान लिएर जाँदा र त्यहाँका जनतासँग साक्षात्कार गर्न पाउँदा देशको यथार्थता जनताले थाह पाएको र जनताको साथ र समर्थन पार्टीले पाएको बताएका थिए । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रामबहादुर महराले युवा विद्यार्थीहरुले नेपालको वर्तमान जटिल अवस्थामा आफूहरुलाई अग्रमोर्चामा राखेर अघि बढ्न अपिल गर्दै विद्यार्थी तथा युवाहरुलाई जनताले साथ दिनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसै गरी अर्का वक्ता विष्णु दमाईले देश र जनताले वास्तविक परिवर्तनको अनुभूति गर्न नपाएकाले फेरि एकपटक अर्को आन्दोलनको अपरिहार्यता रहेको कुरामा जोड दिएका थिए । वक्ता गोविन्द अधिकारीले वाम नामको सरकारले कम्युनिष्टहरुको उल्टो बदनाम गरिरहेको सन्दर्भमा भ्रम चिरेर जनताका बीचमा जानु जरुरी रहेको कुरामाथि प्रकाश पारेका थिए । जनसभा सम्बोधन कार्यक्रमको सञ्चालन रामबहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर