कैलाली । कैलालीको भजनीमा शुक्रवार बिहानै जनसभा भव्य रुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । विसाल जनसहभागितामा सम्पन्न उक्त जनसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परि थापाले अभियानका क्रममा सचेत जनताहरु अबको नयाँ संघर्षमा आबद्ध हुन थालेका र आफूहरु त्यसका लगि नेतृत्व दिन तयार रहेको बताएका छन् । उनले देश सोचेको भन्दा कैयौं गुणा खतरामा फसिसकेको र जनताका जनजीविकाका समस्याहरु पनि धान्न नसकिने अबस्थामा पुगिसकेको कुरामा जोड दिएका छन् । उनका अनुसार कम्युनिष्ट नामधारी दुईतिहाईको सरकारले यो डरलाग्दो अवस्था सिर्जना गराउन पुगेको छ ।

टिमका अर्का नेता तथा बक्ता चन्द्रहरि सुवेदी अटलले देश वास्तवमा जनताको नै भएकाले जनताले यसको रक्षाका खातिर उठिबस्नु पर्छ भन्ने कुरामा जोड दिए । जनताले त्यतिबेला एमालेमाकेको नक्कली अनुहारमा विश्वास गर्न पुगेकाले यो धोखा पाएको कुरा पनि स्पष्ट पारे । जनताले यो कुरा महसुस गरिसकेका र आफ्नो पार्टी तथा मोर्चा जनताका माझमा आएकाले अब जनताले आँटेर नै आफूहरुलाई साथ दिनु पर्ने कुरामा विश्वस्त बनाउन प्रयास गरे । सुदुर पश्चिमका जनता आफैमा विद्रोही स्वभावका भएका र केन्द्रीय तथा वर्तमान सरकारले कहिल्यै पनि पश्चिमका जनताको साथ नदिएको भन्दै उनीहरुको साथमा अहिले क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा मात्र रहेको कुरामा जोड दिएका थिए ।

कार्यक्रमका सञ्चालक रामबहादुर केसीले अबका दिन जनताका दिन हुने र त्यसका लागि जनता स्वयम् एकपटक उठिबस्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर