धनगढी । मेचीमहाकाली जनगारण अभियान अन्तर्गत पश्चिम नेपालको धनगढीमा जनसभा भव्य रुपमा सम्पन्न भएको छ । फागुन ७ गते कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको अभियान धनगढीमा आइपुग्दा विसाल जनसहभागितामा उक्त सभा सम्पन्न गरिएको हो ।
सभालाई सम्बोधन गर्ने क्रममा अभियान टिमका नेता तथा देजमो केन्द्रीय सचिव परि थापाले ओली सरकार अब देशले धान्न नसक्ने सेतो हात्तीमा परिणत भएको कुरा जनतासामु राखेका छन् । उनका अनुसार सरकारको अति जनताले सहन नसक्ने बेला आइसकेको छ ।
अभियान टिमका अर्का नेता तथा वक्ता चन्द्रहरी सुवेदी अटलले भारतीय विस्तारवाद तथा अमरिकी साम्राज्यवादको कठपुतलीका रुपमा रहेको वर्तमान वाम भनिने ओली सरकारले कम्युनिष्टहरुको बेइज्जत गरिरहेको र नेपाल तथा नेपाली जनताका विरुद्धमा साम्राज्यवादीहरुको योजना लागु गरिरहहेकाले अब जनता उठ्नु पर्ने कुरामा जोड दिएका थिए ।
अर्का वक्ता रामबहादुर केसीले देशमा बनेका र बनाइएका भनिएका ऐन कानुनहरु विदेशीका स्वार्थसिद्धिका लागि बनाइएका र ती सबै नेपाल र नेपाली जनताका हितमा नभएको कुरामा जोड दिएका थिए ।
सभालाई संबोधन गर्दै अर्का बक्ता विष्णु दमाईले नेपालमा अब फरि अर्को आन्दोलनको उठान नगर्दासम्म देश र जनताले मुक्ति नपाउने कुरामा जोड दिएका थिए ।