काठमाडौं । चितवन बालकुमारी कलेजमा भएको इकाइ भेलाले एक सशक्त नेतृत्वसहितको इकाइ कमिटी निर्माण गरेको छ । कमिटी मिलन सुनारको अध्यक्षतामा निर्माण भएको हो । उक्त कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मनुकुमार घले, सचिव सुदर्शन तिमिल्सिना, सहसचिव प्रवीण ढकाल र कोषध्यक्ष सन्ध्या ठाकुर रहेका छन् ।

हार्दिक शुभकामना !

त्यसै गरी सदस्यहरुमा राजकुमा गुरुङ, प्रतिक कँडेल, समीक्षा ठकुरी, राजकुमार गुरुङ, भूपेन्द्र ठाकुर, समीक्षा न्यौपाने, विमल मगर, अभिषेक पौडेल, प्रकाश पाण्डे, किरण बराल, ज्योति गुरुङ, शिशिर थापा र रबिना घिमिरे रहेका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सिरहाका गोल बजारमा सम्पन्न भइसकेपछि देशव्यापी रुपमा संगठन निर्माण तथा सुदृढीकरणका क्रममा चितवन जिल्लामा जिल्लाव्यापी अखिल क्रान्तिकारी इकाइ तथा अन्य कमिटी निर्माणहरुका क्रममा बाल कुमारी कलेजमा एकाई कमिटी निर्माण भएको हो । देशव्यापी युवाहरु व्युझने र व्युँझाउने क्रममा चितवनमा भइरहेको उत्साहप्रद विद्यार्थी संगठन विस्तार देशभरका लागि प्रेरणा बन्न गएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यार्थी फ्यासन इञ्चार्ज अमृत चपाई, विशेष अतिथिहरुमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दीपक पोखरेल, क्रान्तिकारी विद्यार्थी चितवन जिल्ला अध्यक्ष कृष्ण सुनार र सप्तगण्डकी कलेज इकाई अध्यक्ष सन्तोष मिश्र रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर