काठमाडौं । घुस खाने र घुस दिनेलाई समात्न बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक आफैले घुस खाएको भिडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएर बाहिरिए । शुक्रवार दिउँसै उज्यालो घाममा मुखमा मास्क लगाउँदै पाठक राष्ट्रपति भवन शितल निवासमा पुगे । उनले आफ्नो राजीनामा बुुझाएर मुखमा मास्क लगाएर फर्के ।

हार्दिक शुभकामना !

त्यसपछि घुसखानेलाई समात्ने पाठक आफैले घुस खाएको पक्कापक्की भयो । त्यसो त धेरै दिन अघिदेखि प्रधानमन्त्रीको सर्वोच्च कार्यालयमा पाठकको घुसकाण्डबारे गाइँयगुइँय्य निकै चलिरहेको थियो । यसले प्रधानमन्त्री ओलीका लागि तिलको पहाड बनाएर तयार पार्न थालिएको एक वर्षे शासन कालको लच्छेदार भाषणलेखनमा निकै दख्खल दिइरहेको थियो । अर्कोतिर डर पनि थियो, यो काण्ड भाषण गर्नुपूर्व सञ्चार माध्यमहरुबीच चुहिएर आफ्नो गफ चुटाइ, कथा र उखानटुक्का फिक्का हुन नजाओस् ।

प्रम ओलीको सतर्कता भाषण लेखनमा भन्दा पनि हुनेवाला पाठक काण्डमा बढी पुगिरहेको थियो । त्यो पनि आफैले सम्हालेको र व्यक्तिगत स्वत्वभित्र पारेको भण्डारमा । राज्यसत्ताका अन्य अंगमा बसेकाहरुले अख्तियार वा अधिकार दुरुपयोग गरेर धनपैसा कुम्ल्याउनेहरुलाई कुर्मुर्याएर ठेगान लगाउने अख्तियारमा पाठक आफैले गरेको यो कर्तुत नयाँ भने होइन र थिएन पनि ।

कांग्रेसी कोटाबाट आयुक्तमा परेका पाठक पाठक यस अघि पनि निकै विवादित हुने काम गरिरहेको थिए । उनका लागि कमाउ धन्दा र कमाउ कार्यालय भएको अख्तियार ‘ओखती यार’ भएको थियो । ओलीले आफ्नो एकवर्षे शासनकालको भषाण सकेपछि पाठकलाई ठीक गर्न भनेर महाअभियोगको तयारी गर्न भनेका थिए । तर उनका सांसदहरुले पैसा खाएर पाठकलाई सुइँको दिएपछि पाठकले राष्ट्रपतिसमक्ष राजीनामा दिइसकेका छन् ।

‘कुन त जोगी, झन् भाङ खाएको’ भने झैं घुस खाने काम गर्दै आएका पाठक अख्तियारमा पुगेपछि उनको कमाउधन्दा निकै फस्टाएको उनको संगत गर्नेहरु बताउन थालेका छन् । पाठकले २०५५ सालमै पाटनमा सरकारी वकिल रहँदा दुई करोड बढी भारु नोट प्रकरणमा समातिएका सुनिल मास्केको मुद्दामा भारु ५०० को नोट सरकारले अवैध घोषणा गरेकाले यो दुई करोड भारु पाँच शय सेतो र सादा कागजसरह विनामूल्यको हुने भनी अदालती निर्णय गराएका थिए ।

यसका साथै भन्सारमा समातिएको सुन पनि काण्डमा पनि पाठक मुछिएका थिए । हालको भने भक्तपुरको चाँगुनारायणस्थित इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भनेर ७८ लाख रुपैयाँ घुस लिएका थिए । यो घुस्याहा कारोबारको ९ घण्टा लामो भिडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर