संसदीय व्यवस्थामा ठेकेदार यसलाई यसरी पनि भन्न सकिन्छ यस व्यवस्थाका शासकहरुले नयाँनयाँ नाटक मञ्चन गर्दै नेपाली जनता माथि शासन गरिरहेका हुन्छन् । यही निरन्तरतमा गत आश्विन महिनामा हिन्दुहरुको ठूलोे चाड दशैंको टीकाको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले एउटा नाट्क मञ्चन गरे संविधानमा देशलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । विद्या ओलीहरुले सात दिनसम्म जनतालाई टीका लगाइदिने उर्दी जारी गर्दै सामन्तवादको झल्को दिने गरी टीका थाप्न जानेलाई भुइँमा घुँडा टेकाएर टीका लगाउने काम गरियो ।

हार्दिक शुभकामना !

अर्काे नाटक चियापान कार्यक्रम यो देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु ठूला राजनीतिक पार्टीका नेताहरु पुलिस सेनाका अफिसरहरु स्थानीय निकायका प्रमुख उपप्रमुख र वडा अध्यक्ष समेतले राष्ट्रको ढुकुटी स्वाहा पार्दै दिउँसो चियापान राती सुरापान कार्यक्रम गरेर नाटक मञ्चन गरियो ।

पछिल्लो समय २०७५ साल मंसीर ११ गते कथित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुईतिहाईको बहुमत प्राप्त प्रधानमन्त्री खड्गप्रसाद ओलीले एउटा नाटक मञ्चन गरे नाटकको शीर्षक “योगदानमा आधारित सामाजिक सुरक्षाकार्यक्रम” रङ्गमञ्च चाँही काठमाण्डौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवन दर्शन देशमा गन्य मान्य भद्रभलादमी मन्त्रीगण, हुक्के, बैठके, शुरे मञ्चको अग्रभागमा पृष्ठभागमा नेपाली जनतालाई राखियो । खर्च लगभग १० देखि १५ करोड लाग्यो यो खर्च कहाँबाट प्राप्त भयो भन्ने जिज्ञासा पनि पैदा होला ।

२०६७ चैत ७ गते स्थापना भई सञ्चालनमा आएको नेपाली मजदुरहरुको रगत पसिनाबाट प्राप्त भएको तलबबाट केही प्रतिशत काटेर जम्मा भएको सामाजिक सुरक्षा कोषबाट झिकेर खर्च गरियो । ओलीले आजका दिनबाट अथवा मंसीर ११ गतेबाट नेपाल नयाँ युगमा प्रवेश गरेको घोषणा गरें । देशका भित्ता र बिजुलीका पोलपोलमा छयाप्छाप्ती आफ्नो फोटो टाँसन लगाए । उत्ताउलो कुकुर संसाझै भनेझै हिटलरी शैली देखाए ।

जर्मनीको हिटलरको सल्लाहकार तथा प्रचार मन्त्री गोयबल्सले झुटा कुरा सयौं चोटी भनेर जनताको बीचमा सत्य जस्तो बनाएर आफ्नो तानशाहीलाई निरन्तरता दिने काम गर्दथे । यहाँ पनि केपी ओलीले देशको निम्ति सिन्को सम्म भाँच्न नसक्नेले आकाश पातालको कुरा गरेर देशको करोडौं करोड स्वाहा पार्दै आफ्नो फोटो टाँस्न लगाएका छन् । ओली अधिनायकवाद लागु गर्न खोज्दैछन् । मर्ने बेलामा कमिलाका प्वाख आँउछ अरें निम्ने बेलामा एकछिन बत्ति चहकिलो देखिन्छ ।

पञ्चायतकालमा पञ्चायती व्यवस्थाप्रति व्यापक असन्तुष्टि बडेपछि तैपनि केहीँ भरथेग गरेर बचाउन सकिन्छ की भनेर पञ्चहरुले पञ्चर्याली गर्ने सबै नेपालीलाई बलप्रयोग गरेर पञ्च भए भन भनेर भन्न लगाउने गर्थे । यस्तै ओलीका पनि पतनमा दिन गन्ती हुन सुरु गरे भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । यसकारण उनी देशभरि फोटो टाँस्न लगाउने ओली¥याली गर्न लगाउने तयारीमा छन् । उनको वृद्धिमा विपरित विपरित आएको छ । यदि होइन् भने नेपाल र नेपाली जनताको समृद्धिको लागि काम गरेको हो भने यति उत्ताउलो भएर सरकारी ढुकुटी दुरुपयोग गरेर फोटो टाँस्ने र कुप्रचार गर्नै पर्दैन ।

यसै नेपाली जनताका मनमुटुमा ओलीको फोटो टाँसिन्छ । ज्ञान, खुबी र क्षमता भएका मान्छेले यस्तो उत्ताउलो काम पनि गर्दैन । पानी थोरै भएको खहरे खोला कति हल्ला गर्दछ ? जीउ धनको नोक्सान पनि गर्दछ । त्यति नजिकैको त्यत्रो नारायणी नदी शान्त र शालिन छन् । त्यति नजिकैको त्यत्रो नारायणगढ शहरलाई कुनै हानी नोक्सानी गर्दैन ।

कुनै डर, त्रास पनि छैन । फेरि अर्काे अन्यायमा परेका पीडित जनताले पीडितको फोटो पोष्टर टाँसेर न्याय माग्न नपाइने टाँसिएका पीडितका फोटा च्यात्न र गिरफ्तार गर्न लगाउने । बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको फोटो टाँस्ने र न्याय माग्नेलाई उल्टो ओली सरकारले दमन गरेको छ ।

मंसीर ११ गतेबाट नेपालमा नयाँ युगको सुरु भएको घोषणा ओलीले गरे । मंसीर १२ गतेबाट त नेपाली जनताले नयाँ युगको अनुमूति गर्न पाउन पर्ने थियो । परिस्थितिमा त कुनै फेरबदल आएकै छैन ।

उसो भए मंसीर १२ गतेबाट

१) भारतद्वारा अतिक्रमित काला पानी लिम्पियाधुरा लिपुलेक सुस्ता लगायत सयौं ठाँउमा दशौं हजार हेक्टर नेपाली भूमि फिर्ता हुने भयो ?
२) भारतीय सुरक्षा कर्मीले सीमानामा नेपाली मजदुर लुटिने काम बन्द भयो ?
३) मंसीर १२ गतेबाट भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाउने कामको अन्त भयो ?
४) भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर सीमानामा बाँध बाँधेर नेपाली भूमि डुबानमा पार्ने कामको अन्त्य भयो ?
५) भारतका कोठीमा भएका हाम्रा छोरीचेलीहरु स–सम्मान नेपाल फिर्ता हुने भए ?
६) देशभित्र छोरी चेलीहरु बलत्कार हुने हत्या हुने दाँइजोको नाममा जीउँदै जलाउने र हत्या हुने कामको अन्त्य भयो ?
७) बलत्कारी हत्यारालाई कारबाही र पीडितले न्याय पाउने ग्याँरेन्टी भयो ?
८) सिण्डीकेट र दलालीकरणको अन्त्य हुने भयो ?
९) भ्रष्टाचार पूर्ण रुपमा अन्त्य हुने र भ्रष्टचारीलाई कारबाही गर्ने र महड्डी काला बजारी नियन्त्रण गर्ने ग्यारेन्टी भयो ?
१०) नातावाद, कृपावाद, सरकारी कार्यालयमा जनताले सेवा लिन जाँदा घुस दिनपर्ने र ढिलासुस्तिको अन्त्य भयो ?
११) नेपाली युवाहरुलाई आफ्नै देशमा रोजगारको ग्यारेण्टी भयो ?
१२) सबै नेपाली जनतालाई सर्वसुलभ वैज्ञानिक शिक्षा प्राप्त गर्ने ग्यारेण्टी भयो ?
१३) सबै नेपाली जनताको निशुल्क उपचारको ग्यारेण्टी भयो ?
१४) कर्णाली लगायत दुर्गम क्षेत्रका जनताले सर्वसुलभ तबरबाट खाद्यान्न प्राप्त गर्ने ग्यारेण्टी भयो ?
१५) जेष्ठ नागरिकले जीउन पुग्ने भत्ताको व्यवस्था भयो ?
१६) नेपाली किसानले सर्वसुलभ तबरबाट कृषि मल, बीऊ, बिजन, औजार र उत्पादित वस्तुको उचित मूल्यसहितको बजारको व्यवस्था भयो ?
१७) देशमा प्राकृतिक सम्पदा, नदी नाला राष्ट्रिय उद्योगधन्दाहरु कौंडीको मूल्यमा विदेशीलाई सुम्पने काम को अन्त्य भयो ?
१८) उपचारको नाममा र अन्य बहानामा नेता र सत्ताका पँहुचवाला व्यत्तिहरु देशको ढुकुटी राँइदाँइ गर्दै विदेश भ्रमण गर्ने चलनको अन्त्य भयो ?
१९) देशमा उद्योगधन्दाको विकास गरेर देशलाई आर्थिक समृद्धि तिर लानको लागि राष्ट्रिय उद्योग नीति बन्यो ?
२०) नातावाद र कृपावादको अन्त्य भयो ? सत्तामा आफ्ना मान्छे भर्ना गरेर राष्ट्रिय ढुकुटी दोहन गर्ने प्रथाको अन्त्य भयो ?
२१) मतपत्र च्यातेर वा धाँधली गरेर चुनाव जित्ने प्रथाको अन्त्य भयो ?

माथि विषयलाई थाति राखेर वा नजर अन्दाज गरेर कसरी नयाँ युगको सुरुआत हुन्छ ? कसरी सुखी र समृद्ध नेपाल बन्दछ ? श्रममन्त्री गोकर्ण विष्टले मलेसिया देशसंग श्रम सम्झौता गरेर बडो फुर्ति देखाए । सबै नेपाली युवा निशुल्क मलेसिया जान पाउने भए अरे∕सबै युवा मलेसिया गएर रेमीट्यान्स भित्रयाउलान र शासकहरु मोजमस्ती गर्न पाइएला भनेर रमाएछन् । होइन् भने आफ्ना देशमा युवालाई स्वदेशमै रोजगार सृजना गरेर दशकै विकासमा लगाउने दुरदर्शी र क्षमतावान नेताको कर्तव्य हुन पर्छ कि पर्दैन ?

कतिपय जनमानसले यो भन्न थालेकी गिरिजा र प्रचण्डलाई छोरीले बिगारे ओलीलाई छोराहरुले बिगारे तपाई ठान्नु होला ओलीका छोरा छोरी नै छैनन् कुन छोराले बिगार्ने ? उनका देशभरीमा सय पचास नक्कली हनुमान छोराहरुले साष्टाड्ड दण्डवत गर्ने गलत सल्लाह दिन सरकारी ढुकुटी दोहन गरेर विस्तारै ओलीलाई पतनको दिशातिर झार्दैछन् ।

महाकाली र अरुण तेस्रो भारतलाई सुम्पने लिपुलेक काला पानी लिम्पियाधुरा नेपालको नक्साबाट हटाएर भारतलाई बुझाउने र उक्त स्थान हटाएको नक्सा नेपालको प्रशासनमा पठाएर सोही मुताबिक काम गर्न जाने बजार महोत्सव सहकारी कलेज स्कूलको वार्षिक उत्सर्व उद्घाट्न गर्न हिंड्ने पानी जहाज, रेल र घरघरमा ग्याँस पाइपको हावादारी कुरा गर्ने ओलीले नयाँ युगको सुरु भयो भन्नु र गोरु व्याउँछ भनेर आशा गरेर बस्नु एउटै कुरा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार