काठमाडौं । बालाजु बाइपासमा टिप्परको ठक्करबाट एकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट ठेलागाडामा चिया बेच्ने धादिङ घर भई हाल बाइपास बस्दै आएका अन्दाजी ५८ वर्षीय दलबहादुर बिसुंखेको मृत्यु भएको हो ।

शुक्रबार बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिप्पर भित्तामा पल्टिँदा चिया बेच्ने बिसुंखे र उनकी श्रीमतीलाई थिचेर घाइते बनाएको थियो । घाइते दुबैलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्ने क्रममा बिसुंखेको भने मृत्यु भएको हो ।

हार्दिक शुभकामना !

मृतक बिसुंखेकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिप्परको ब्रेक फेल भएको र अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाटो विस्तार भएपछि बालाजु क्षेत्र हुँदै पासाङ ल्हामु राजमार्ग ओहोरदोहोर गर्ने टिपरका कारण धेरैपटक यस्तो घटना भइरहेन गरेको सो क्षेत्रका स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर