कालीकोट सुदुर पश्चिममा युद्धको केन्द्र थियो । एक सशक्त फौजी किल्ला निर्माणका लागि टनेल बङ्कर खन्न थालियो । यो प्रक्रियालाई नमूनाको रुप दिएर फुन्टीवाङ बैठकबाट देशव्यापी रूपमा अघि बढायो । पश्चिमा भने यो प्रक्रिया कालीकोटबाट अछाममा सर्दै बिस्तार भइरहेको थियो । यसको मुख्य उद्देश्य भनेको गाउँमा सेना आउन नदिने र आएपछि जनतासँगै एक भएर लड्ने थियो । त्यस खालको योजनामा जनता सहमत र एकढिक्का थिए ।

विद्रोह क्रमशः पश्चिमतिर फैलदै त थियो, त्यसलाई मध्यपश्चिमतिर केही केन्द्रीकृत कार्वाहीका रुपमा विस्तार गर्ने नीति बन्यो । त्यो बढी सैन्य आक्रमणमा आधारित थियो र लिस्ने भिडन्तहुँदै गाम, थवाङ, साँखसम्म फैलियो । यो अभियान मार्फत् बन्दै गरेका अस्थायी आधार इलाकाबाट दुश्मन सैन्य शक्ति लखेटिदै थियो । तर खारामा पुग्दा अलि बढि उत्साहित हुन जानु र राज्यको सैन्य सुदृढीकरणक कारण असफलता बेहोर्नु पर्यो । यो एक ठूलो शिक्षा थियो ।

हार्दिक शुभकामना !

एकपछि अर्को फर्मेशन निर्माण गरेर अर्घाखाँचीसम्म आइपुगदा विकास निकै भएको थियो । यतिबेलासम्म ब्रिगेड निर्माण भइसकेको थियो । २०५७ मंसीर ८ गते दाङ कार्वाहीमा केवल बटालियन मात्र निर्माण भएको थियो । उता सुदूरपश्चिममा बिद्रोहात्मक लहर फैलिइरहेको थियो । जनतामा निकै उत्साह बढेको थियो । खुल्ला रुपमा दिउँसै पूरै राजमार्ग कब्जा गरेर अघिअघि जनमुक्ति सेना र पछिपछि जनताको फर्मेशन एकसाथ हिंडिरहेको थियो ।

पूर्वपश्चिम र उत्तरदक्षिण भई सञ्चालनमा आएका सैयौं किलोमिटरका ठाडा तथा तेर्सा राजमार्ग यी जनफर्मेशनहरुले कब्जा गरेका थिए । अब आम जनताका साथै तात्कालिन राज्यका आवतजावत गर्ने मार्गहरु र लाइफलाइनहरु विद्राही शक्तिको कब्जामा आएका थिए । क्षणिक र अस्थायी भएपनि कब्जाको रणनीतिक तथा सामरिक महत्व रहन गएकोमा भने कुनै पनि द्विविधा थिएन । तात्कालिन राज्यको प्रभाव तथा उपस्थितिका हिसाबले व्यारेक र सरमुकामहरुमा मात्र रहेको र अन्यत्र माओवादीको पकडमा आएको सहजै देख्न सकिन्थ्यो । राजमार्गमा मार्चपास आफैमा सशक्त उपस्थित थियो ।

यसले पहाडी तथा तराइका रणनीतिक महत्वका स्थानहरुलाई जोड्न राम्रो सघाउ पुर्याएको थियो । पत्रपत्रिका तथा जनताका बीचमा त पूरै भूगोल माओवादीको कब्जामा परेको प्रचारप्रसार थियो । पहाड तराइमा यसरी लाइफ लाइन कब्जामा लिएपछि तात्कालिन शाही सेनाका व्यारेकहरू जहाँ थिए, त्यहीं घेराभित्र पर्न थाले । उनीहरुको व्यारेक बाहिरको गतिविधि शुन्यजस्तै भयो । राजार्गहरुमा २÷३ महिनासम्म चेकपोष्टहरू राखेर बस्न सक्ने भएपछि अस्थायी आधार इलाकाका रुपमा यसलाई विकास गर्नतर्फ माओवादी शक्ति लागिपर्यो र सरकारी बल प्रयेग गरी माओवादीलाई हटाउन सक्ने स्थिति भएन ।

साथसाथै, हरेक गाउँमा जनताका फर्मेशन तयार हुँदै र सामान्य रक्षाका तालिम पनि हुँदै गयो । जनताको यो फर्मेशन पनि सेक्सन, प्लाटुनहुँदै कम्पनी र बटालियनसम्म निर्माण गरिएको थियो । गाउँमा पनि जनताको पंक्ति फर्मेशनबद्ध हुन थालिसकेपछि सुदुर पश्चिममा महिनौंसम्म महोत्सवहरुको आयोजना गरिन थालिएको थियो । यो एउटा त जनताको जनयुद्धमा जनसहभागिताको सुनिश्चितता थियो भने अर्कोतिर जनसुरक्षाका लागि स्थानीय जनफर्मेशनको परिचालन र प्रशिक्षण थियो । उता जनमुक्ति सेनाको ब्रिगेड फर्मेशन गण्डकमा म्याग्दी कार्वाहीसम्म पुगेको थियो । पश्चिममा भने कर्णार्ली महोत्सव र सेतीमहोत्सवहरु एकपछि अर्को गरी आयोजना भइरहेका थिए ।

रामारोशन सांस्कृतिक महोत्सव

अछामको रामारोशनमा भएको सांस्कृतिक महोत्सव सुदुर पश्चिमको पहिलो महोत्सव थियो । यो महोत्सव जनताको आफ्नै पहलबाट सुरु गरिएको थियो । जनमुक्ति सेना तथा पार्टी पनि यसमा आमन्त्रित थिए । जनताको उत्साह र पहलकदमी यति बेजोड बनिसकेको थियो कि लगभग आत्मनिर्भर भएर कुनै पनि कार्यक्रम सम्हाल्न खोज्दै थिए ।

आयोजनास्थलमा माथिबाट हेलिकोप्टरले बमवर्षा गरिराखेको थियो । जनताको आफ्नै रक्षा फर्मेशन प्लाटुन स्तरमा खटेको थियो । अर्कोतिर सांस्कृतिक प्लाटुनले सांस्कृति कार्यक्रम गरिराखेको थियो । जनताहरू फर्मेशनबद्ध भई देउडा गीतमा महोत्सवमा नाचिरहेका थिए । त्यो सांस्कृतिक कार्यक्रम केवल रामारोशन एक ठाउँमा मात्र केन्द्रित रहेन । यसको विस्तार हुँदै र गर्दै लगियो । फौजीकत गर्दै अघि बढाइएको सांस्कृतिक अभियान गाउँमा कुनाकुनासम्म फैलिएको थियो । जनताका सांस्कृतिक प्लाटुनहरू नाच्दैनाच्दै गाउँगाउँ र बजारसम्म पुगेका थिए ।

टोलीहरु कालीकोटबाट नाच्दै दार्चुला र त्यहाँबाट नाच्दै कैलालीसम्म पुगेका थिए । कैलालीमा यो जनलहर पुगेपछि चौधरी वस्तीहरु जुर्मुराएर उठे । चौधरी साथीहरु आफ्नै गीत र नाचको फर्मेशन बनाउँदै कार्यक्रमहरु प्रदर्शन पहाडतिर उकालो लागे । अभियानकै रुपमा नाच्दै कालीकोट पुगे । यसले जनतामा सांस्कृतिक, भावनात्मक र पहिचानको मेलजोल गरायो भने कैलालीमा लामो समय टिकेर काम गर्नसक्ने वातावरण नभएका बेला ती जुझारु जनताको रक्षा र विकास हुन पुग्यो । उनीहरु त्यहाँ प्रशिक्षित हुने मौका पाए ।

पहिलो कुरा त सैयौं वर्षदेखि जनताको अन्तरमनमा दबिएर रहेको भावना प्रस्फुटित गर्ने मौका आयो, दोस्रो कुरा त्यो पनि सामूहिक र सांस्कृतिक विद्रोहको अभिव्यक्तिको रुपमा युद्धकालमै जागृत हुन पुग्यो । यसले जनतामा एक ठूलो उभार ल्यायो र विद्रोह मार्फत् मुक्ति प्राप्त गर्ने अभिलाषाासहित माओवादीमा भर्ती हुने लहर चल्यो । सुदुर पश्चिममा हल्ला गर्दागर्दै म्याग्दीमा जनमुक्ति सेनाले ठूलो फौजी कार्वाही सम्पन्न गर्यो ।

म्याग्दी कारवाहीले एक ठूलो मोड ल्याइदियो । कार्वाहीबाट फर्किएपछि जनमुक्ति सेनाको ब्रिगेड निर्माण भयो । यो लडाइँमा बहुवीर, योद्धा र रोशन जस्ता सैन्य कमाण्डरहरुको सहादत भयो । तर यो बलिदानीले सुदुर पश्चिमको फौज भर्ती अभियानमा यति उभार ल्यायो कि सदुरपश्चिम आफैले ब्रिगेड निर्माण गर्न सफल भयो । भर्तीपश्चात् टे«निङ सञ्चालनका क्रमममा पनि निकै उभार आयो । ठूलाठूला परिमाणमा जनफर्मेशन बन्दै गए । फर्मेशन निर्माणसँगै विकेन्द्रिकरणका कामहरु अघि बढाइए । यसबीचमा साना ठूला गरी ४०० जति कार्वाहीहरू गरिएका थिए । अनगिन्ती भिडन्त भए ।

एक दिनमा एउटै जिल्लामा दर्जनौं भिडन्त हुने गर्दथे । तालीम आधा जति वैचारिक प्रशिक्षणसँगै र आधा जति तालिम त वास्तविक भिडन्तमै हुने गर्दथ्यो । किनकि तालिम सकिन पाएको हुँदैनथ्यो, पुलिस सेनासँग भिडन्त सुरु भइसक्थ्यो । यसले हाम्रो पंक्तिमा सुदृढीकरण ल्याउँदै गयो । सैन्य डिभिजनको निर्माण भयो । जनसेनाको फर्मेशन डिभिजनस्तरमा भयो । क.पासाङ डिभिजन कमाण्डर भएपछि फुन्टिवाङ बैठकबाट भारतविरुद्ध लडाइँको तीर सोझ्याइयो । देशव्यापी र सीमानाहरूमा व्यापक टनल, बङ्करहरू खनिए ।

शिक्षक विद्यार्थीको फर्मेशन

जनअभियान चलिरहेका बखत सरकारी पक्षले जनता र द्यिार्थीहरु अपहरण गरेको आरोप लगाइरहेको थियो । तर गाउँहरुमा सांस्कृतिक तथा फौजी अभियानहरु चरिहेको थियो । जनयुद्ध के हो भन्ने बारेमा गाउँगाउँमा छलफल चलिरहेको थियो । छलफल त यति व्यापक भयो कि विद्यालयमा शिक्षक तथा विद्यार्थीहरु पनि अभियानमा सरिक हुन चाहे । उनीहरु अभियानमा हिंड्न थाले । जनता र बुद्धिजीवी र विद्यार्थीलाई फौजीकृत गर्नु थियो । किनकि विद्यालयहरुमा पनि सरकारी फौजले हवाई हमला गरिरहेका थिए । शिक्षक विद्यार्थीहरुको ज्यान सुरक्षाका लागि पनि तदुरुपको सोचाइ र केही फौजी ज्ञानको जरुरी थियो ।

सबै प्राचार्य, शिक्षक, विद्यार्थीहरूसँग १५ दिनसम्म छलफल गरेपछि ती सबै हिँड्न थालेका थिए । सिङ्गो फर्मेशन बनाएर । युद्धकालमै १६३६ जना शिक्षक, विद्यार्थी र अभिभावकको फर्मेशन अघि बढेको थियो । त्यो फर्मेशन शहीद परिवार र जनताको घरघरमा पुग्यो । के हो जनयुद्ध ? भन्नेबारे व्यापक छलफल चल्यो । जनताको के संश्लेषण थियो भने जनयुद्ध भनेको अर्काे महाविश्वविद्यालय रहेछ । हामीले त बुझ्दै बुझेका रहेनछौं । हामीले धेरै सिक्यौं भनेर प्राचार्यहरूले समेत् प्रतिक्रिया दिएका थिए । नयाँ नयाँ फर्मेशन निर्माणको प्रक्रिया जारी रह्यो ।

जनताको फर्मेशन

त्यतिबेला ठूल्ठूला जनसभाहरू भइरहेका थिए । तथापि सुदूरपश्चिममा कार्यकर्ताको साह्रै अभाव थियो । परिचालनमा निकै ठूलो समस्या खडा भएको थियो । एउटा सभामा त ८ हजार जनता उपस्थित भए, तिनलाई नेतृत्व गर्न कार्यकर्ता नै थिएनन् । पार्टीको कार्यकर्ता बन्न कतिजना हुनुहुन्छ हात उठाउनुहोस् भन्ने बित्तिकै सभामा उपस्थित आधाभन्दा बढीले हात उठाउने र कार्यकर्ता हुन लामबद्ध हुने गर्दथे । उमेरका हिसाबले बूढाबूढी बाआमाहरूदेखि युवा युवतीहरूसम्म सबैले हात उठाउने गर्दथे । जनसभा सकिएपछि तुरन्तै इच्छुक नयाँ कार्यकर्ताहरुको रोलकल गरिने गरिन्थ्यो । रोलकलमा सरदर ५०० जना त हुने गर्दथे ।

उपस्थित सबैलाई जनयुद्धमा जाँदा हुने पीडा, क्षति र दुःख आदिका बारेमा कुरा गर्दा मर्ने, मारिइने कुरा गर्दा, घर छोराछोरीका कुरा गर्दा र सम्पत्तिका कुरा गर्दा पनि उनीहरु घर फर्कदैन थे । उनीहरुले कुनै पनि हालतमा जनयुद्धमा बलिदान गर्न तयार भएको र घर नफर्कने कुरा दोहर्याइरहे ।

ती नयाँ किसान कार्यकर्ताहरु जनताका बीचमा पुग्न थाले । उनीहरूले शिक्षकहरूसँग छलफल र बहस गर्न थाले । कुराकानीका क्रममा उनीहरुले शिक्षकहरुलाई ‘हामीहरू किसान हौं’ भनेर परिचय दिए । शिक्षकहरू यसबाट प्रभावित भए । शिक्षकहरु अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध भए । त्यति बेला १००५ जनाको शिक्षक सम्मेलन आयोजक समिति गठन गरिएको थियो ।

सुदुर पश्चिमको संस्कृति देउडामय थियो । देउडा नाच नाच्दा २/४ जना मात्र होइन, सारा जनता नाच्छन् । एउटै पङ्क्तिमा हजारौं लामबद्ध हुन्छन् । एउटाले लिड गर्छ, सबैले दोहोर्याउँछन् । यो सामूहिकता कमाण्ड कन्ट्रोलमा चल्ने गर्दछ ।

पिलीमा क्याम्प राखेर निकै तीव्र गतिमा सैन्य क्याम्प सुदृढ गर्दै थियो । बनाइएका क्याम्प भवनहरुमा सिमेन्ट लगाउन मात्र बाँकी थियो । त्यसैबेला यो जन फर्मेशनहरुको तयारीमा पिलीस्थित सेना क्याम्पमाथि जनसेनाले सफल आक्रमण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर