काठमाडौं । काठमाडौंमा सत्तासिन नव संभ्रान्त वर्गले आलिहान महलभित्र घुम्ने कुर्सीमा ढल्कदै अर्बौका हेलिकप्टर र करोडौंका गाडीहरु किनेर शयर गर्ने स्वर्णिम सपना देखिरहेका बेला तराइमा शीतलहरले सताउन थालेको छ । पुसको सुरुआतसँगै बढेको अत्यधिक चिसोका कारण तराइमा शीतलहर सुरु भएको हो ।

हार्दिक शुभकामना !

शीत लहरका चलेका बेला ठण्डी असाध्यै हुने, हुस्सुले नछाड्ने र जाडो मुटु छिचोल्ने गरी शरीरभित्रसम्म पस्ने गर्दछ । यो निकै जोखिमपूर्ण हुनुका साथै यसले जीवनयापनलाई निकै कठीन बनाउँछ । तराइवासीहरु यो समयमा आगो तापेर रातदिन कटाउने गर्दछन् ।
केटाकेटी, सुत्केरी महिला र बूढाबूढीका लागि शीतलहरको यो समय कठिनाइपूर्ण हुने हुनाले तिनको हेरचाह र सुरक्षामा बढी ध्यान दिनु पर्दछ । तर तराइवासीमा भने शीत लहर आउँछ, जान्छ भने झैं अलि बढी स्वाभाविक रुपमा लिए झैं लाग्छ । सामान्य गुइंठा बालेर, परालको आगो तापेर अनि भूसे चूल्हाहरु सल्काएर धुँवासँगै दिन बिताएको देखिन्छ ।

धेरै बूढाबूढी यही आगो तापेर बसिरहेका बेला वा निद्रा लागेर सुतिरहेका बेला कठ्याङ्ग्रिएर मरेको दुःखद क्षणहरु पनि शीतलहरले ल्याउँछ । गरीबीका कारण न्यानो कपडाको जाहो गर्न नसक्नु, चाहिन्छ भनेर आवश्यक कुराहरु पनि जोरजाम गर्न नसक्नु वा लापर्वाही गर्नुले शीतलहरको समय तराइवासीका लागि कठीन क्षण बनेर आउँछ ।

अहिले केन्द्र, प्रदेश स्थानीय गरी तीन तहका सरकारहरु बनेका छन् । तर तीनै तहका सरकारहरुको शीतलहर आउँदा जनतालाई कसरी जोगाउने भन्ने कुनै पनि सोच र नीति तथा कार्यक्रमहरु छैनन् । स्थानीय तथा प्रदेश सरकार जनतालाई तत्काल सेवा दिनसक्ने तयारी हालतमा नभए पनि केन्द्रको संघीय सरकार भने जनताका लागि तत्पर रहनु पर्ने हो, तर यो देखिएको छैन ।

बरु राष्ट्रपति र प्रधानमन्त्रीका लागि करोडौंका गाडी र अर्बौंका हेलिकोप्टरहरु किन्न देशको ढुकुटी रित्याइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर