बुटवल । संघीय सरकारले निर्माण गरेका ऐनकानुनहरु व्यापारमैत्री नभएका भन्दै प्रदेश नम्बर ५ का उद्योग वाणिज्य संघले बुटवलमा विरोध जनाएको छ । प्रदेश राजधानी बुटवलमा जनाइएको यो विरोधमा संघीय सरकारले तत्काल उपभोक्ता संरक्षण ऐन परिमार्जन गर्नुपर्ने कुरामा जोड दिएको छ ।

हार्दिक शुभकामना !

उपभोक्ता संरक्षण ऐनले व्यापार तथा व्यवसायमा लागेकाहरुको हित र संरक्षणलाई ख्याल नगरी एकलौटी उपभोक्ताहरुलाई मात्र ध्यान दिएको आरोप पनि लगाएको छ । ‘रोटी पनि दोहोरो पाक्छ, एकलकाँटे नीतिले देश चल्दैन’ भन्दै उद्योग वाणिजय संघको विरोध कार्यक्रममा सहभागीहरुले संघीय सरकारले वास्तवमा देश र जनताको हित होइन, फुटाऊ र शासन गर भन्ने कुरा मात्र चाहेको बताएका छन् ।

उनीहरुले देशमा लगानीमैत्री वातावरण बन्न नसकेको, छरिएर रहेका ससाना पुँजी निर्माण गरी व्यवसायमा लगाउन लगानीकर्ताहरु इच्छुक नभएको, गरिएको लगानीको कुनै संरक्षण र ग्यारेन्टी नभएको तथा लगानीकर्ताको हैसियत र अधिकारमाथि ऐन तथा नियमावलीहरुद्वारा अतिक्रमण गरिएको आरोप लगाएका छन् ।

उद्योगी व्यवसायीका अनुसार सामाजिक सुरक्षा नियमावली पनि उद्योगी व्यवसायीको अहित गर्ने कानुनका रुपमा आएको भन्दै सामाजिक सुरक्षा नियमावली, २०७५ लाई संशोधन गरिनु पर्ने मागमा जोड दिएका छन् । सरकारले यी मागहरुको वेवास्ता गरे देशमा साना तथा मझ्यौला लगानीहरु नहुने तथा देश आर्थिक रुपमा टाट पल्टिएर जाने खतरातर्फ पनि उनीहरुले औल्याएका छन् ।

नेपालको जीविकोपार्जनमुखी उत्पादन पद्धति र जीवनशैलीमा यस्ता कुराहरुले निकै गहिरो प्रभाव पार्न सक्नेतर्फ सरकारको बेलैमा ध्यान जानु जरुरी रहेको भनी अर्थविदहरुको विशलेषण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर