जाडोयाममा गाडीको स्टार्टमा समस्या आए के गर्ने ?

प्राय जाडोको समयमा बिहानीपख गाडी स्टार्ट गर्न खोज्दा स्टार्ट नहुने समस्या प्राय गाडीमा देखिन्छ । यो समस्या जाडोमा गाडी तथा मोटरसाइकल जभाभाबी पार्किङ गर्दा इन्जिन जमेर आउने गर्दछ ।

आजभोलि तर कतिपय गाडीले बाहिरको वातावरणबारे कम्प्युटरबाट जानकारी लिएर त्यहीअनुसारको फ्युल माग्ने गर्छन् । तर पनि गाडीलाई कन्डिसनमा राख्न चिसोबाट जोगाउन सचेत हुन आवश्यक छ । यस्तो छ उपाय :

–चिसो ठाउँमा पार्किङ गर्दा वाटर ट्रिटमेन्ट राख्नुपर्छ ।

–पानीमा एन्टी फ्रिजी मिसाएर रेडिएटरमा राख्नुपर्छ ।

–यसको प्रयोगले रेडिएटर चिसोमा पनि जम्दैन ।

–रेडिएटरलाई प्वाल पर्न, फुट्नबाट बचाउनुपर्छ ।

–अत्यधिक चिसोका कारण ब्याट्री ड्यामेज हुने खतरा हुन्छ । त्यसैले ब्याट्रीको रेखदेख गरिरहनुपर्छ ।