काठमाडौं । कांग्रेस सुरुदेखि नै विभाजित भएको थियो । मातृका र बीपी दुई दाजुभाइको बीचमा मेल थिएन । यही अन्तरविरोधमा राजतन्त्रले खेल्ने मौका पाएको थियो । भारतीय नेता जयप्रकाश नारायण मध्यस्थकर्ता बनेर दुई भाइको यो झगडा कैयौं पटक मिलाउन लागिपरेका थिए । तर पनि कांग्रस एक हुनका लागि वाह्य कारण प्रमुख हुन सक्दैनथ्यो । मातृका र वीपीमा मेल हुन सकेन ।

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टी सभापति थिए । पार्टीमा एक व्यक्ति एक पदको कुरा चलेपछि मातृका सशंकित भए । वीपी भने त्यसको पक्षमा थिए । अन्तरसंघर्ष निकै चल्यो । जयप्रकाश नारायणको निरन्तर प्रयासले मातृका प्रधानमन्त्री र बीपी पार्टीको सभापति हुने वातावरण बन्न गयो  । कोटरीको अन्तरविरोध यहीबाट सुरु भएको थियो ।

हार्दिक शुभकामना !

मातृकाले काँग्रेस छोडे र प्रजापरिषद् खोले । बीपीको हातमा सत्ता र शक्ति दुवै आयो । उनी पनि एक व्यक्ति एक पदको मान्यतामा लामो समय टिकेनन् । तर उनी र प्रजातन्त्रको रक्षाको कुरा जोडिएकाले जनताको भरोसा उनीमाथि रहन गयो । २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत आर्जन गर्यो  । यतिबेला सत्तासहित नवसंभ्रान्तहरुको चलखेल बढ्यो । काँग्रेसले जम्माजम्मी  डेढ वर्षजति सरकार चलाएको थियो होला, अन्तरिक विद्रोह र विग्रह देखिन थाल्यो । तुलसी गिरी, विश्वबन्धु थापाहरूलाई बीपीविरुद्ध हस्ताक्षर गर्न उक्साइयो ।

गुटबन्दीले चरम रुप लियो । कांग्रेसी सरकार कमजोर देखिन थाल्यो । कांग्रेसमा सत्ता भागबण्डाको कुरा निकै चल्यो । भारतीय हस्तक्षेप निकै बढेर गयो । नेपालको संसद र सकार भारतले नै चलाएको देखियो, चीनको सीमानासम्म भारतीय सेना सीमा सुरक्षाका नाममा राखियो । जनतामा असन्तुष्टि निकै नै बढेर गयो । राष्ट्रियताको प्रश्न प्रधान बनेर आयो । वीपीको एकोहोरो प्रजातन्त्रको कुराले फेल खायो । प्रजातन्त्रका नाममा अस्वाभाविक रुपमा बढिरहेको भारतीय हस्तक्षेप वीपीले देखेनन् । जनताले माटोको रक्षा गर्ने प्रजातन्त्र र प्रजातन्त्र फस्टाउने माटोको चाहना गरेका थिए ।

वीपीको सोच यसमा अन्तरविरेधी जस्तो हुन गयो । पार्टीको आन्तरिक जीवनमा निकै उतारचढाब आयो । वीपीले कांग्रेस ब्रेडले होइन, ब्रेनले बाँच्छ भन्ने कुराको प्रशिक्षण दिन थाले । तर उनी आन्तरिक रुपमा राजतन्त्रको सत्ता खेलविरुद्ध विरुद्ध र बाह्य रुपमा भारतीय विस्तारवदी हस्तक्षेपका विरुद्ध लड्ने तालमेल मिलाउन सकेनन् । राजा महेन्द्रले यसै मौका पारेर २०१७ सालमा ‘कू’ गरे । २०१७ साल पुस १ गते वीपी जेल चलान गरिए । वीपी जेलमा रहँदा कांग्रेसमा आएको निराशा र पलायनता रोक्न कलकत्तामा बसेका नेता सुवर्ण शमशेरले राजामाथि दबाब संघर्षका केही कार्यक्रमहरु गरे । तर उनको यो सोच प्रभावकारी हुन सकेन । बीपी आठ वर्षको कारावाबाट छुटेर गएपछि कांग्रेस केही पुनर्जीवित त भयो, तर दुई धारमा विभाजित हुन पुग्यो ।

०४६ साल अगाडिका कांग्रेसजनको निष्ठा पार्टी र सम्पूर्ण नेतृत्वप्रति देखिएको जस्तो त देखियो, तर क्रमशः शीर्ष नेताहरुको छहारी फेरि मन पर्न थाल्यो । कार्यकर्ताहरु बाँडिए–आफूलाई मन परेका नेता वा भेगीय नेताहरुका पछिपछि । नेताहरुलाई कांग्रेस पार्टी होइन, आफू ठूलो हुनु पर्यो । पार्टी होइन, कार्यकर्ता चाहियो । कार्यककर्ता गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईतिर बाँडिए ।

उद्गमको इतिहासलाई जोड्ने हो भने वीपी जेलबाट छुटेर राजा महेन्द्रको अनुमतिमा प्रवास गएपछि काँग्रेसमा दुई धारमा बाँडिएको थियो– वीपीको सशस्त्र क्रान्ति गर्ने धार, र कृष्णप्रसाद भट्टराईको शान्तिपूर्ण सत्याग्रहको धार । स्वदेश  र प्रवास भनी विभाजित यी दूई धार पछि आएर कोइरालापक्षधर र  कोइरालाविरोधी वा किसुनजीकोमा संगठित हुन पुगेका थिए । हाल आएर यो शेरबहादुर देउवाको धार,  कोइरालाधार, रामचन्द्र पौडेल धार र सिटौला व्यक्तित्वमा  बाँडिन आएको छ । कहिलेकाहीं त गिरिजापुत्री सुजाताको पनि छुट्टै धार देखा पर्ने गर्दछ ।

हाल कांग्रेस महासमितिमा यिनै गेट र उपगुटहरुको मारामार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर